• १३ साउन २०८१, आइतबार

एमाले सचिवालय बैठक बस्दै

blog

काठमाडौं, फागुन १३ गते । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा अहिले बिहान बैठक बस्दैछ । 

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो । आज राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ ।