• १५ मंसिर २०८१, शनिबार

सभामुखलाई ताप्लेजुङ सरोकार समाजको सम्मान

blog

ताप्लेजुङ सरोकार केन्द्रको सम्मान ग्रहण गर्नुहुँदै सभामुख देवराज घिमिरे ।

काठमाडौं, फागुन १३ गते। सभामुख देवराज घिमिरेलाई ताप्लेजुङ सरोकार केन्द्रले शनिबार सम्मान गरेको छ। भक्तपुरको गुण्डुमा भएको वनभोज कार्यक्रममा सरोकार केन्द्रका अध्यक्ष टङ्क श्रेष्ठले सभामुख घिमिरेलाई सम्मान गर्नुभएको हो। वनभोजमा काठमाडौंमा बसोबास गर्दै आएका ताप्लेजुङ स्थायी घर भएका दुई हजारभन्दा बढीको उपस्थिति थियो।

सभामुखको जन्म ताप्लेजुङको सिकैचामा भएको थियो। कार्यक्रममा सभामुख घिमिरेले आफू प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि पनि ताप्लेजुङबासीले सम्मान गरेको स्मरण गर्दै जिल्लाको विकासका लागि आफू पनि सँगसँगै हिँड्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले जनताको जीवनमा परिवर्तन नभएसम्म, भौतिक निर्माणले मात्रै प्रगति मान्न नसकिने समेत धारणा राख्नुभयो। 

सभामुख घिमिरेले सबैको सहयोगबाट निष्पक्ष र तटस्थ रहेर संसद् सञ्चालन गर्ने उल्लेख गर्नुभयो।