गण्डकी प्रदेशसभा बैठक बस्दै
गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्दै छ । चालु आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गरेपछि स्थगन भएको प्रदेशसभा बैठक दुई महिनापछि बस्न लागेको हो ।
वडाध्यक्ष यादवको मृत्युबारे तत्काल अनुसन्धान गर्न अध्यक्ष प्रचण्डको आग्रह
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारलाई आग्रह गर्नुभएको छ । यादवको स्मृतिमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
लुम्बिनी प्रदेश सभा बैठक बस्दै
लुम्बिनी प्रदेश सभा बैठक आज बस्दै छ । बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । आज बस्ने बैठक चौंथो अधिवेशनको २९ औं बैठक हो ।
माओवादी केन्द्रप्रति देशैभरि आकर्षण बढ्दै छ : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताउनुभएको छ ।
आज संविधान सभा अध्यक्ष नेम्वाङको पहिलो स्मृति दिवस
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति सभामा बुधबार उहाँलाई स्मरण गरिँदैछ । गत वर्ष आजकै दिन नेम्वाङको हृदयघातका कारण निधन भएको थियो ।
प्रतिनिधि सभा बैठक बस्दै
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयवाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
कांग्रेस पदाधिकारी बैठक बस्दै
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ ।
‘देश बनाउन स्पष्ट नीति र दृष्टिकोण आवश्यक’
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देश बनाउन स्पष्ट नीति र दृष्टिकोण आवश्यक रहेको बताउनुभएको छ । नेकपा (एमाले) युवा विद्यार्थी विशेष जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल नेपालीले नै बनाउने हो भन्ने स्पष्ट दृष्टिकोण राख्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
समिति सभापतिको निर्वाचन सोमबार
राष्ट्रिय सभामा रिक्त रहेको दुई समितिका सभापतिको निर्वाचन भदौ ३१ गते सोमबार हुने भएको छ । माथिल्लो सदन अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिको कार्यकाल भदौ २३ गते सकिएको छ । राष्ट्रिय सभा नियमावली (दोस्रो संशोधन)–२०८० मा पद रिक्त भएको १५ दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।
उपसभामुख प्रकरण : सत्तापक्ष–प्रतिपक्ष आमनेसामने
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षका सांसदहरू आमनेसामने भएका छन् । रानालाई सत्तारूढ दलहरूले आचारण अनुकूल काम नगरेको आरोप लगाउँदा प्रतिपक्ष दलहरूले त्यसको प्रतिवाद गरेका छन् । रानाविरुद्ध आचारणविपरीत काम गरेकोमा प्रस्ताव दर्ताको तयार भएको सार्वजनिक भएको भन्दै नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले आपत्ति जनाएका छन् । सत्तापक्षका सांसदहरूले रानालाई राजीनामा दिन सुझाएका छन् ।
पूर्व मुख्यमन्त्री कार्की प्रहरी नियन्त्रणमा : केही बेर झडप
निषेधित क्षेत्रमा आमरण अनसन बसेको भन्दै प्रहरीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई अनसनस्थलबाट हटाएको छ ।
नारायणी अस्पतालबाट क्यान्सर रोगको उपचार सुरु
पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा विस्तार गरिएको क्यान्सर उपचार सेवाको स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मंगलबार एक कार्यक्रमका बिच उदघाट्न गर्नुभएको छ।
लुम्बिनी प्रदेशका विवादित वन मन्त्रीद्वारा राजीनामा
लुम्बिनी प्रदेशका वन मन्त्री बादशाह कुर्मीले मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।
वडाध्यक्ष वैदेशिक रोजगारीका लागि हङकङमा, खोजी गर्दै वडाबासी
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचाका बासिन्दाले वडाध्यक्षको खोजी गर्न थालेका छन्। विगत १० महिनादेखि वडा कार्यकक्षमा अनुपस्थित रहनुभएका वडाध्यक्ष दिलप्रसाद बोखिमको वडाबासीले खोजी गर्न थालेका हुन्।
मन्त्रिपरिषद् बैठक : भूउपयोग नियमावली, २०८१ स्वीकृत
सरकारले भूउपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी गराउनुभएको हो।
उपत्यका विकास प्राधिकरणको पुनर्संरचना गरिनेछ : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यका विकास प्राधिकरणको संस्थागत पुनर्संरचना गरिने बताउनुभएको छ ।
बिपीबारे अझै धेरै खोज, अनुसन्धान हुन जरुरी छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामानव बिपी कोइरालाको सन्दर्भमा अहिले पनि व्यापक अध्ययन र अनुसन्धान हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
‘उपसभामुखको अपमान भयो’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभाका उपसभामुखमाथि राजीनामाको विषय उठाएर उहाँलाई अपमान गर्न खोजिएको बताउनुभएको छ ।
विदेशी काठ आयात प्रतिस्थापनमा सांसदको जोड
सांसदहरुले स्वदेशी काठको उत्पादन बढाएर विदेशी काठ प्रतिस्थापनमा जोड दिनुभएको छ । मङ्गलबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसदहरुले मुलुकको आर्थिक विकासका लागि काठलगायत वन पैदावारको आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीद्वारा राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेश
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ।
अर्काको वैशाखीमा हिँडेर गन्तव्यमा पुगिँदैन : अध्यक्ष प्रचण्ड
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्काको वैशाखीमा हिँडेर गन्तव्यमा पुग्न नसक्ने बताउनुभएको छ ।
‘ममाथि लगाइएको आरोपको निष्पक्ष छानबिन होस्’
नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सहकारी ठगीको विषयलाई लिएर आफूमाथि लगाइएको आरोपको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ ।
भ्रष्टाचार नियन्त्रण गर्न सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : मुख्यन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ।
मन्त्री पाण्डे भारत प्रस्थान
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भारत प्रस्थान गर्नुभएको छ । मन्त्री पाण्डे भारतको राजधानी नयाँदिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मङ्गलबार भारत प्रस्थान गर्नुभएको हो ।