नियमसंगत चलाएमा सहकारी डुब्दैनन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसंगत चलाएमा सहकारी नडुब्ने र यसले कसैलाई नडुबाउने बताउनुभएको छ ।
नीतिगत सुधारको पक्षमा कृषि मन्त्रालयः मन्त्री अधिकारी
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि र कृषकका पक्षमा बाधक देखिएका ऐन, नियम संशोधन गरी कृषकमैत्री कानुन ल्याउन लागेका बताउनुभएको छ।
भ्रष्टाचारविरुद्ध खबरदारी गरिरहन्छौैं : अध्यक्ष प्रचण्ड
पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले दुई तिहाइको दम्भ देखाउन खोजे सदन र सडकबाट खबरदारी गर्ने बताउनुभएको छ।
जनताको अधिकारलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादको कल्पना गर्न सकिँदैन : नेता सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादको कल्पना गर्न नसकिने बताउनुभएको छ।
राष्ट्रपति पौडेलद्वारा देउडा सांस्कृतिक उत्सवको उद्घाटन
राष्ट्रपति रामचन्द्र पौडेलले देउडा सांस्कृतिक उत्सव-२०८१ को उद्घाटन गर्नुभएको छ। शनिबार काठमाडौँमा राष्ट्रपति पौडेलले देउडा सांस्कृतिक उत्सव-२०८१ (दोस्रो संस्करण) उद्घाटन गर्नुभएको हो ।
यसै वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाइन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विसं. २०८१ भित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाउने अठोट व्यक्त गर्नुभएको छ ।
सङ्घले प्रदेशलाई अधिकार दिनै चाहँदैन : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल प्रहरीका प्रमुख महानिरीक्षक लगायतका पदीय प्रहरीहरूका कारण प्रहरी ऐन आउन नसकेको बताउनुभयो ।
नेवा: संस्कृति नेपालको वैभवशाली संस्कृति : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेवा: संस्कृति नेपालको वैभवशाली संस्कृति भएको बताउनुभएको छ ।
नागरिकतासम्बन्धी निर्देशिका परिमार्जनको काम चाँडै अघि बढ्छ : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले नागरिकतासम्बन्धी निर्देशिकालाई समयसापेक्ष ढङ्गले परिमार्जन गर्ने गरी चाँडै काम अघि बढाइने बताउनुभएको छ ।
देश र जनताका निम्ति काम गरौँ: उपराष्ट्रपति
उपराष्ट्रपति रामसहाय यादवले धर्मभन्दा माथि उठेर देश र जनताका निम्ति काम गर्न आवश्यक भएको बताउनुभएको छ ।
दसैँअघि युवा नीति घोषणा गर्दैछौँ: मन्त्री चौधरी
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा हुन लागेको दसौँ राष्ट्रिय खेलकुदका लागि भौतिक पूर्वाधार निर्माण दसैँ अघिसम्म सकिसक्ने बताउनुभएको छ ।
धवलशमशेर जबरालाई प्रश्न- सांसदको जिम्मेवारी के रहेछ ?
नेपालगञ्ज नगरका पूर्व नगर प्रमुख, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवम् बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर जबराले सडक र पूर्वाधार विकासमा नेपालगञ्ज नगर काठमाडौँभन्दा राम्रो रहेको बताउनुभएको छ।
उपसभामुखलाई हटाउन नहुने
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नहुने जिकिर गर्नुभएको छ ।
मानवता नै सर्वोच्च धर्म हो : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मानवता नै सर्वोच्च धर्म भएकाले यसमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ ।
निर्णायक राष्ट्रिय शक्तिको यात्रामा कटिबद्ध हुन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई बन्न नदिने प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणको यात्रामा कटिबद्ध हुन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीबाट होटल लेमन ट्रिको उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बुढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमन ट्रि प्रिमियरको उद्घाटन गर्नुभएको छ ।
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ । सो पार्टीको पहिलो राष्ट्रिय भेलाको अन्तिम तयारीबारे छलफल गर्न केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
सुदूरपश्चिमले आइतबार बजेट प्रस्तुत गर्ने
चालु आर्थिक वर्षको दुई महिनासम्म बजेटविहीन सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते संशोधित बजेट प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ ।
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताउनुभएको छ ।
भण्डारी प्रेस रजिस्ट्रार नियुक्त
गण्डकी प्रदेशको प्रेस रजिस्ट्रारमा विमला भण्डारी नियुक्त हुनुभएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्रेस रजिस्ट्रारमा नियुक्त गरेको हो ।
सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँ: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
कानुनमा समयसापेक्ष सुधार आवश्यक छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गणतन्त्रात्मक व्यवस्थानुसार कानुनमा पनि समयसापेक्ष विकास हुन आवश्यक रहेको बताउनुभएको छ। उहाँले बहुदलीय व्यवस्थादेखि गणतन्त्रमा आइसक्दा पनि पञ्चायतकालीन कानुनकै भरमा काम गर्नुपर्दा सदमस्या भइरहेको धारणा राख्नुभयो।
लामो समयपछि मधेश प्रदेशमा खेलकुद विधेयक पारित, खेलाडी खुशी
मधेश प्रदेशसभाको शुक्रबार बसेको प्रदेशसभाको बैठकबाट प्रदेश खेलकुद विधेयक२०८१ सर्वसम्मतले पारित भएको छ।
बालुवाटारमा संवैधानिक परिषद्को बैठक
बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा शुक्रबार साँझ बैठक बसेको हो।