प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
तीनवटै सरकारका जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्छः जीतजङ्ग बस्नेत
राष्ट्रियसभाका सदस्य जीतजङ्ग बस्नेतले सङ्घीय सरकारका मन्त्री र मन्त्रालयको सङ्ख्या घटाएर १९ बनाउनुपर्ने बताउनुभएको छ ।
मान्छे मात्रै बदलिएर केही हुँदैन, परिस्थितिसँगै कार्यशैली पनि बदलिनुपर्छ: सञ्चारमन्त्री गुरुङ
काठमाडौँ, वैशाख १४ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले परिस्थिति बदलिएपछि कार्यशैली बदलिनुपर्ने बताउनुभएको छ ।नेपाल चलचित्र सङ्घको ५० औँ वार्षिक साधारण सभाको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले परिस्थिति बदलिएपछि ऐन, कानुन बदलिनुपर्ने, परिस्थिति बदलिएपछि कार्यशैली बदलिनुपर्ने, परिस्थिति बदलिएपछि सिस्टम बदलिनुपर्ने बताउनु भयो । मान्छे मात्रै बदलिएर केही नहुने उहाँको जिकिर छ । उहाँले राजा महेन्द्रको पालामा बनेका कानुनका कारण विकास हुन नसकेको जिकिर गर्नुभयो । उहाँले आफूले सुरुमा विकास गर्ने र सुशासन कायम गर्ने मन्त्रालय ९गृह वा भौतिक पूर्वाधार तथा यातायात० मागेको भए पनि प्रधानमन्त्रीको आग्रह सञ्चार मन्त्रालयमा गएको बताउनु भयो । उहाँले आफूले गृह मन्त्रालयको नेतृत्व गरेर अहिलेको बेथितिहरू हटाउने चाहना प्रकट गरे पनि यस पटक पूरा हुन नसकेको बताउनु भयो । मन्त्री गुरुङले भन्नुभयो, ‘मन्त्रालय आएपछि मलाई लाग्थ्यो सुरुमा यो मन्त्रालयमा बजेट नै छैन । ६-७ अर्ब छ । मैले प्रधानमन्त्रीज्यूसँग भनेको थिएँ । मलाई की सुशासन कायम गर्ने मन्त्रालय दिनुपर्छ, कि विकास गर्ने मन्त्रालय चाहिन्छ । मैले भनेको थिएँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र जुनमा डेढ खर्बभन्दा बढी बजेट छ । त्यहाँको लथालिङ्ग, भताभुङ्ग जे खालको आजको मुलुकको तस्बिर त्यहाँ देखिन्छ, त्यसलाई म सुधार र रूपान्तरण गर्न चाहन्छु । मलाई त्यो दिनुस् भनेको थिएँ । गृह मन्त्रालय दिनुस् । यो सारा बेथितिहरू जहाँ जहाँ भइरहेको छ, त्यो पहिलो चोटि सबै कुराको उद्घाटन गर्छु भनेको थिएँ । तर सरकारको प्रवक्ता पनि बन्नुपर्यो, प्रवक्ता भएको मान्छे अलि सिनियर पनि हुनुपर्यो । साना साना मान्छेलाई बनाएर भएन । तपाईँ सञ्चार मन्त्री हुनुपर्छ । त्यो पनि ठुलै क्षेत्र हो । हुन्छ भनेर मैले स्वीकारेँ । मन्त्रालयमा गइयो । त्यो मन्त्रालय कस्तो रहेछ भने अहिलेसम्म राजा महेन्द्रको कारणले चलेको मन्त्रालय रहेछ । रेडियो नेपालको कानुन २०१३ सालको, नेपाल टेलिभिजनको कानुन हेर्दा ०२६ सालको पछि ०४२ सालको । गोरखापत्रको २०१८ को, राससको २०१४÷२०१५ सालको । सबै पुरानो । नीति पुरानो । कानुन पञ्चायतको । बहुदल आयो १८ वर्ष बित्यो, गणतन्त्र आयो गणतन्त्र र बहुदल जोड्दा ३४ वर्ष भयो । ३४ वर्षसम्म एउटा नयाँ कानुन नबनेको । एउटा मात्रै कानुन ०४८ सालमा बहुदल आएपछि प्रेस काउन्सिल भन्ने संस्थाका लागि नयाँ कानुन आएको रहेछ । राजा महेन्द्रले बनाएको कानुनमा चलिरहेको छ । वीरेन्द्रले पनि होइन । धेरै जसो कानुन बनाएको महेन्द्रको पालामा छ । अनि परिवर्तन कसरी हुन्छ रु शिक्षा अनि आजको जस्तो लथालिङ्ग, भताभुङ्ग नभएर राम्रो हुन्छ रु विज्ञान र प्रविधिको धेरै विकास भइसक्यो, कानुन तदनुकल बनाउनुपर्ने की नपर्ने रु त्यहाँनेर पार्टीहरू चुकेका छन् । स्वास्थ्यको पनि त्यही हालत छ । अहिलेसम्म २०१३ सालको नेपालको प्रहरी ऐन छ, त्यहीबाट चलिरहेको छ । परिस्थिति बदलिएपछि ऐन, कानुन बदलिनुपर्छ । परिस्थिति बदलिएपछि हाम्रो कार्यशैली बदलिनुपर्छ । परिस्थिति बदलिएपछि सिस्टम बदलिनुपर्छ । मान्छे मात्रै बदलिएर केही हुँदैन ।’सञ्चार मन्त्री गुरुङले सरकारले सामाजिक सञ्जाल, प्रयोग, सञ्चालन र नियमन विधेयक पेस गरेको बताउँदै यसबाट कोही पनि तर्सिन आवश्यक नरहेको बताउनु भयो । यसबाट कसैको पनि अभिव्यक्ति स्वतन्त्रता हनन नहुने जिकिर गर्नुभयो । अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने दायित्व सरकारको भएको बताउनु भयो । आफू सरकारमा आएको ९ महिनामा धेरै साइबर अपराध बढेको बताउनु भयो । उहाँले त्यसको नियन्त्रण गर्ने दायित्व सरकारको भएको र त्यससम्बन्धी विधेयकमा छलफल चलिरहेको बताउनु भयो । उहाँले आम सञ्चार ऐन, हुलाक सञ्चार ऐन संशोधन गर्न लागिरहेको बताउनुभयो । उहाँले नेपाललाई आइटी हबको रूपमा विकास गर्न सकिने बताउनुभयो । मन्त्री गुरुङले चलचित्र ऐन राष्ट्रिय सभामा आज टेबुल गरिने पनि उल्लेख गर्नुभयो ।
नयाँ चलचित्र ऐन चाँडै ल्याइने : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’ चाँडै ल्याइने बताउनुभएको छ । उहाँले आजको राष्ट्रियसभामा ऐन पेस गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
काठमाडौँ, वैशाख १४ गते । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताउनुभएको पनि उहाँले जानकारी दिनुभयो । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुहुन्थ्यो ।
कर्मचारीको बोझ थप्दै स्थानीय तह
स्थानीय तहले आवश्यकताभन्दा बढी दरबन्दी सिर्जना गरी कर्मचारी भर्ना गर्ने तयारी गरेका छन् । अहिले ७५३ स्थानीय तहमध्ये करिब ८० प्रतिशत स्थानीय तहले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) तयार गरी कर्मचारीको दरबन्दी बढाउँदै गएका हुन् ।
नेपाल र भारतको मित्रता प्रगाढ छ : मन्त्री गुप्ता
भारतको विहार सरकारका पञ्चायती राज विभाग मन्त्री केदार प्रदास गुप्ताले नेपाल र भारतको बिचको मित्रता प्रगाढ रहेको भन्दै यसलाई अझै सुदृढ र मजवुत बनाएर अगाडि बढनु पर्ने बताउनुभएको छ।
गाउँमै स्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँमै स्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्राथामिकता रहेको बताउनुभएको छ।
फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्छः सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ । शनिबार राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
पूर्व प्रधानमन्त्री भट्टराई भारत प्रस्थान
पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई भारत प्रस्थान गर्नुभएको छ ।
नेपाल सदैव आतङ्कवादको विपक्षमा छः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताउनुभएको छ ।
शिक्षकका माग सम्बोधन गर्ने प्रयास जारी छः अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि आफ्नो पार्टीले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ ।
एक सयको कोष, तीन लाखको बिमा
समाजवाद उन्मुख बन्दै गएको लमजुङको पर्यटकीय स्मार्ट भिलेज घले गाउँवासीले आफ्नै कोषबाट स्वास्थ्य बिमा लागु गरेका छन् ।
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्ने : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
सरकार ढल्छ भन्नेहरू गल्न थालेका छन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले गलेको टिप्पणी गर्नुभएको छ।
एमाले संसदीय दलको बैठक जारी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक सुरु भएको छ । संसद्को बजेट अधिवेशन प्रारम्भ भएको सन्दर्भमा दलको बैठक प्रधानमन्त्री एवम् नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार सङ्घीय संसद् भवन, नयाँ बानेश्वररमा दलको बैठक भएको हो ।
बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन निर्माणको तयारीमा छौँः उद्योगमन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको बौद्धिक सम्पत्तिसम्बन्धी कानुनलाई सरकारले नयाँ ढङ्गबाट अगाडि बढाउने तयारी भएको बताउनुभएको छ ।
मुख्यमन्त्री शाहले उत्तर प्रदेश र उत्तराखण्डका मुख्यमन्त्रीलाई भेट्नु हुने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीलाई भेट्नु हुने भएको छ।
जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषण वैशाख १७ गते
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच यही वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने भएको छ । जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले पार्टी एकीकरणको मिति तय भएको जानकारी दिनुभयो ।
लुम्बिनीलाई विश्वकै आध्यात्मिक केन्द्रको रूपमा पहिचान गराउन सरकार प्रतिबद्ध : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन र चिन्तनको रूपमा पहिचान कायम गराउन सरकार प्रतिबद्ध रहेको उद्घोष गर्नुभएको छ ।
सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन
भारत कश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ ।
देश बनाउन विकास, शिक्षा र कृषि नीति परिवर्तन हुनुपर्छ : सांसद सुदन किराती
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य, पूर्व मन्त्री एवम् भोजपुरका प्रतिनिधि सभा सदस्य सुदन किरातीले देश विकासका लागि शिक्षा, कृषि र विकास नीति परिवर्तन हुनुपर्नेमा जोड दिनुभएको छ ।
बुद्धका शिक्षाको महत्त्व बढ्दै गएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको शान्तिका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको बताउनुभएको छ ।
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेटवार्ता
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ र मुख्यमन्त्री कमलबहादुर शाहबिच शनिबार भेटवार्ता भएको छ । प्रदेश प्रमुखको निवासमा पुगेर मुख्यमन्त्री शाहले भेट गर्नुभएको हो ।