अध्यादेश अघि बढाउने निर्णय
सत्ता साझेदार राजनीतिक दलको बैठकले सहमतिकै आधारमा अध्यादेश स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न बैठकमा अध्यादेश संसद्मा अघि बढाउने समझदारी भएको हो ।
स्ववियु निर्वाचन चैत ५ मा, आयोग, काउन्सिल र महासङ्घबाट अनुगमन
यस पटक चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अनुगमन राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार काउन्सिल र नेपाल पत्रकार महासङ्घबाट हुने भएको छ ।
‘सबैको सहमतिमा संविधान संशोधन आवश्यक छ’
आज यहाँ आयोजित संविधान संशोधनमा सार्वजनिक संवाद कार्यक्रममा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाल, नेकपा (एमाले) नेता रुघुजी पन्त, पूर्वसञ्चार मन्त्रीरेखा शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारलगायतले संविधान संशोधन हुनुपर्ने साझा धारणा व्यक्त गरेका हुन्।
भ्रष्टाचार विरोधी अभियानले सकारात्मक सन्देश दिएको छः प्रचण्ड
पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानले जनतामा सकारात्मक सन्देश गएको बताउनुभएको छ।
उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छ : कीर्तिपुर अस्पताल
कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज आचार्यको अनुहार जलनको उपचारका लागि उच्च निगरानीमा राख्नुपर्ने बताएको छ।
राजनीतिमा कानुनी असमानता : किन हुँदैन कानुन संशोधन
‘थ्रेस होल्ड’ नराखौँ भन्दा ठुला दलले राख्नुपर्छ भनेर समर्थन गर्दा पिछडिएको समूहको नेतृत्व गर्ने साना दल कानुनी विभेदमा परेको सांसद सुवालको ठहर छ। उहाँ भन्नुहुन्छ, ‘‘राज्यको कानुन निर्माण, बहस र छलफलको तहमा सानो दललाई प्रतिनिधित्व गराउँदा प्रजातन्त्र बलियो हुन्छ नत्र त पञ्चायती व्यवस्था जस्तै भइहाल्यो नि !’
चार सभापतिको उम्मेदवारी दर्ता
सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतका चार वटा संसदीय समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भएको छ । प्रदेश सभा सचिवालयले तय गरेको निर्वाचन कार्यतालिका अनुसार चार समितिको सभापतिका लागि चार जनाको उम्मेदवारी परेको हो ।
अर्थमन्त्री पौडेलको उपचार सुरु, अवस्था जोखिममुक्त
आगोको ज्वालाले बेलुन फुट्दा घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ ।
निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यकः नेता रिजाल
नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक भएको बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा डा. रिजालले समावेशीतालाई बलियो बनाउने गरी निर्वाचन प्रणाली बदल्नुपर्ने बताउनुभएको हो ।
तीनै तहका सरकारलाई अधिकारसम्पन्न बनाउन सरकार लागिरहेको छ : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सङ्घीयताको मूल भावना अनुसार सङ्घ, प्रदेश र स्थानीय तीनै तहको सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको बताउनुभएको छ ।
अध्यादेशहरू छिट्टै पारित हुन्छन् : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएको अध्यादेशहरू छिट्टै पारित हुने बताउनुभएको छ ।फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकबाट अध्यादेशको प्रक्रिया अघि बढाइने बताउनुभएको हो ।
अध्यादेश दुवै सदनबाट पास हुन्छ:उपमहासचिव ज्ञवाली
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले ल्याएको अध्यादेश दुवै सदनबाट पास हुने बताउनुभएको छ । राजविराजस्थित पार्टी कार्यालयमा प्रेस चौतारी नेपालले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले अध्यादेश देश र जनताको हितमा भएकाले दुवै सदनबाट पास हुने विश्वास व्यक्त गर्नुभयो ।
बेलुन पड्किदा उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्य घाइते
पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन उडाउने क्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्य घाइते हुनुभएको छ । पोखरा भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुन उडाउने क्रममा शनिबार दिउँसो बेलुन पड्किएको हो ।
अर्थतन्त्रमा क्रमिक सुधार भएको छ : अर्थमन्त्री
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताउनुभएको छ । गण्डकी प्रादेशिक कार्यालय भवनको शनिबार पोखरामा उद्घाटन गर्नुहुँदै उहाँले वर्तमान सरकार गठन हुँदा अर्थतन्त्रमा देखिएको समस्याहरू हाल क्रमशः सुधार भएका बताउनुभयो ।
सरकारले ल्याएको अध्यादेश पारित हुन्छ : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने दाबी गर्नु भएको छ ।
पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि गर्नु जरुरी रहेको बताउनुभएको हो ।
‘अल्पसङ्ख्यकमाथि बहुसङ्ख्यकले विभेद गर्नु उचित होइन’
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उपाध्यक्ष तथा सर्लाही क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य रहनुभएका रामप्रकाश चौधरीले बहुसङ्ख्यकले अल्पसंख्यकमाथि जहाँ पनि विभेद गर्ने प्रबृत्ति रहेको भए पनि त्यस्तो गर्न नहुने बताउनुहुन्छ । बलियोले कमजोरलाई हेप्ने मानवीय विशेषताजस्तो देखिए पनि त्यो गलत भएको उहाँको भनाइ छ ।
सत्तासाझेदार दलको बैठक जारी
सत्तारुढ राजनीतिक दल र सरकार समर्थक दलका शीर्ष शीर्ष नेता सहितको बैठक प्रधानमन्त्री निवासमा सुरु भएको छ ।
कोशी सरकार स्थापनाको सात वर्ष : प्रदेशकै आन्तरिक राजस्व कार्यालय स्थापनाको तयारी
कोशी प्रदेश सरकार स्थापना भएको सात वर्ष पूरा भएको छ । त्यस अवसरमा शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक समारोह आयोजना गरी शुभकामना आदान प्रदान गरिएको छ ।
युएईमा नेपाली श्रमिकलाई वैधानिकीकरण श्रम स्वीकृति दिन सुरु
सरकारले संयुक्त अरब इमिरेट्स (युएई) मा कागजातविहीन भएर बसेका नेपाली श्रमिकलाई वैधानिकीकरण श्रम स्वीकृति दिन सुरु गरेको छ ।
खुला कोटामा बहालवाला कर्मचारीलाई बन्देजको प्रस्ताव
सङ्घीय निजामती सेवाको पदपूर्तिमा राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीको खुलातर्फ प्रस्तावित १० प्रतिशत कोटामा बहालवाला कर्मचारीलाई प्रतिस्पर्धा गर्न नदिने प्रस्ताव भएको छ ।
कानुन परिवर्तन गर्न सरकार तयार
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि विश्वका प्रतिष्ठित लगानीकर्तासँग सहयोग र सहकार्यका लागि आवश्यक सहजीकरणको वातावरण सिर्जना गर्ने बताउनुभएको छ ।
नेपाल तरुण दलको सदस्यता वितरण फागुन २९ गतेसम्म
नेपाल तरुण दलका अध्यक्ष विद्वान गुुरुङका अनुसार माघ ३० गते तरुण दलको महाधिवेशन निर्देशन समितिको उपस्थितीमा बसेको केन्द्रीय कार्य समिति र अध्यक्षको संयुक्त बैठकले दलको सदस्यता र नवीकरण फारम फागुन १ गतेदेखि वितरण गर्ने निर्णय गरिएको छ ।
जनताको पक्षमा सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री पौडेल
नेपाल सरकारको उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अहिलेको सरकारले देश र जनताको पक्षमा काम गरिरहेको बताउनुभएको छ ।