महत्त्वपूर्ण योजना अघि बढाउन मुख्यमन्त्रीको निर्देशन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको विकासका लागि तथ्य र प्रमाणमा आधारित महत्त्वपूर्ण योजनालाई अघि बढाउन प्रदेश योजना आयोगलाई निर्देशन दिनु भएको छ ।
उद्योग व्यवसायलाई प्रवर्द्धनका लागि कार्यविधि ल्याउँदैछौँ : मुख्यमन्त्री सिंह
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवर्द्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ ।
प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्नुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै हुनुहुन्छ । सोमबार दिउँसोबाट सुरु हुने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै हुनुहुन्छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार दिउँसोबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
एक महिनाभित्र भूमिसम्बन्धी आयोग गठन गरिने छ : मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनका समस्या समाधान गर्न एक महिनाभित्र आयोग गठन गरिने प्रतिबद्धता जनाउनुभएको छ ।
राष्ट्रिय सभाका दुई समितिमा निर्वाचित सभापतिद्वारा शपथ ग्रहण
राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा निर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
सुदूरपश्चिम सरकारले आज सदनमा बजेट प्रस्तुत गर्ने
चालु आर्थिक वर्षको दुई महिना बजेटबिनै गुजारा चलाएको सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेश सभामा संशोधित बजेट प्रस्तुत गर्ने भएको छ ।
जसपा अध्यक्ष यादवद्वारा मुस्लिम धर्मावलम्बीलाई शुभकामना
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम धर्मावलम्बी नेपाली दाजुभाई तथा दिदिबहिनीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
विधायन समितिको सभापतिमा एमाले र एकीकृत समाजवादीबिच प्रतिस्पर्धा
राष्ट्रिय सभामा संसदीय समितिको सभापतिको नेतृत्व चयनका लागि नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारबिच प्रतिस्पर्धा हुने भएको छ ।
संसद् अधिवेशन अन्त्य गर्न सिफारिस
सङ्घीय संसद्को चालु अधिवेशन अन्त्यको सिफारिस भएको छ ।
देशको अवस्था परिवर्तन हुँदा जनताको अवस्था उस्तै भयो : अध्यक्ष राउत
जनमत पार्टीका अध्यक्ष सिके रावतले देशको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको बताउनुभएको छ ।
उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई आग्रह गर्नुभएको छ।
मङ्सिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न आयोगको प्रस्ताव
निर्वाचन आयोगले सरकारसँग मङ्सिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ। आइतबार आयोग पदाधिकारी प्रधानमन्त्रीसँग उपनिर्वाचनको मिति तोक्ने विषयमा परामर्श गरेका हुन्।
उपनिर्वाचनको मिति तोक्न प्रधानमन्त्रीसँग आयोगको परामर्श
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले भेट गरेर आगामी मङ्सिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिनुभएको छ।
संविधान दिवस जनस्तरबाट भव्य रूपमा मनाउन मुख्यमन्त्री आचार्यको आह्वान
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवस २०८१ जनस्तरबाट भव्य रूपमा मनाउन आह्वान गर्नुभएको छ।
बस्न सकेन प्रतिनिधि सभा बैठक : अर्को बैठक सोमबार
प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक स्थगन भएको छ।
प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आइतबार बिदाइ भेट गर्नुभएको छ ।
‘डिजिटल इकोनोमी’को अवधारणालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्छ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षका लागि तोकिएका वार्षिक लक्ष्यमा उत्कृष्ट नतिजा हासिल गर्नेगरी कार्यसम्पादन गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
संसद् अवरोध गर्ने/नगर्नेबारे संसदीय दलको बैठकमा छलफल गरिँदै
नेकपा (माओवादी केन्द्र) ले संसद् अवरोध जारी राख्ने भएको छ ।
‘हवाईसम्बन्धी विधेयक छिट्टै ल्याउनुपर्नेमा जोड’
राष्ट्रयसभाको आजको बैठकमा सांसद तुलसाकुमारी दाहालले हवाई व्यवस्थापन गर्न बन्न लागेका ‘नेपाल हवाई सेवा प्राधिकरण, २०७६’ र ‘नेपाल नागरिक उड्डयन विधेयक, २०७६’ यथाशीघ्र ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।
अख्तियारका काम कारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ काे वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।
बेथिति र विचलनविरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपर्याे : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बेथिति र विचलनकाविरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपरेको बताउनुभएको छ ।
राष्ट्रिय सभाका समितिमा सहमति खोजी
राष्ट्रिय सभामा रिक्त रहेको दुई संसदीय समितिको सभापतिका लागि आइतबार मनोनयन दर्ता हुँदै छ ।
बोल्न छाडेर बालक खेलाएपछि...
बाल अधिकारका लागि विभिन्न कार्यक्रमको आयोजना गरी शनिबार ६० औँ राष्ट्रिय बाल दिवस, २०८१ मनाइयो । त्यसै अनुरूप नेपाल बाल सङ्गठनले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रमको माहोल भने भिन्नै रह्यो ।