• २० वैशाख २०८२, शनिबार

प्रधानमन्त्रीसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

blog

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुहुँदै अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभ। तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, वैशाख १९ गते। प्रधानमन्त्री केपी शर्मा ओलीसँग अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले शुक्रबार साँझ शिष्टाचार भेट गर्नुभएको छ। 

प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको थियो।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो।