• २० वैशाख २०८२, शनिबार

ज्येष्ठ नागरिक सेवा केन्द्रको विस्तार गरिने

blog

शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिरः केशब गुरुङ

काठमाडौँ, वैशाख १९ गते । सरकारले ज्येष्ठ नागरिक सेवा केन्द्रको विस्तार गर्ने घोषण गरेको छ ।  

शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषण गर्नुभएको हो । ज्येष्ठ नागरिकको सुरक्षा उपचारको व्यवस्था मिलाइने उहाँले जानकारी दिनुभयो ।