कांग्रेसकै पहलले महिलाको राजनीतिक सहभागिता बढ्योः नेता निधि
नेपाली कांग्रेसका पूर्व उपसभापति, केन्द्रीय सदस्य तथा सांसद बिमलेन्द्र निधिले नेपाली कांग्रेसकै योगदानका कारण महिलाको राजनीतिक सहभागिता वृद्धि भएको बताउनुभयो।
सबै क्षेत्रमा परिवर्तन ल्याउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री एवम् राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको पाँचौ बैठक (सिनेट) ले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।
सचिव कुट्ने वडाध्यक्ष गुरुङलाई दश दिन हिरासतमा राख्न अनुमति
वडा सचिवलाई कुटपिट गरी घाइते बनाउने तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई तनहुँ जिल्ला अदालतले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्न गृहमन्त्री लेखकको निर्देशन
नेपाल सरकारका गहृमन्त्री रमेश लेखकले बागमती प्रदेश सरकारसँग सहकार्य गरी काम गर्न सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिनुभएको छ।
संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिले आज आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ।
कांग्रेसले ‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रम गर्ने
नेपाली कांग्रेसले फागुन ९ देखि २१ गतेसम्म ‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो ।
वैदेशिक सहायताको परीक्षण हुनुपर्छ : सांसदहरु
विभिन्न राजनैतिक दलका सांसदहरुले नेपालमा भित्रिने वैदेशिक सहायताको परीक्षण गर्न माग गर्नुभएको छ । मङ्गलबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्नुहुँदै सांसदहरुले नेपाल भित्रिने सहायतालाई कडाइका साथ परीक्षण गर्न माग गरेका हुन् ।
पदीय मर्यादा विपरीत र गैरकानुनी काम गरेको भए पद छाड्न तयार छुः ऊर्जामन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आफ्नाविरुद्ध संसदबाटै विभिन्न आक्षेप र अनर्गल प्रचार हुनु दुःखद रहेको बताउनुभएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा शून्य र विशेष समयमा उठेका प्रश्नमाथि जवाफ दिँदै उहाँले कुनै पनि प्रकारका आर्थिक हिनामिना, गैरकानुनी क्रियाकलाप तथा अवैध लाभ लिएको विषयमा आफ्नो संलग्नता पुष्टि गर्न पनि चुनौती दिनुभयो ।
अध्यादेश सरोकारवाला र मुलुकको हितमा छ : सांसद थापा
सांसद सूर्यबहादुर थापाले अध्यादेश सरोकारवाला र मुलुकको हितमा रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा आज विशेष समयमा बोल्नुहुँदै सांसद थापाले सरकारले ६ अध्यादेश सरोकारवालाको हितमा ल्याएको उल्लेख गर्दै अनावश्यक विरोध गर्न आवश्यकसमेत नरहेको जिकिर गर्नुभयो ।
नेपाल धार्मिक पर्यटनको सम्भावना भएको देश हो : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा धार्मिक पर्यटनको सम्भावना रहेको बताउनुभएको छ।
तीन तहकै निर्वाचन एकै पटक हुनुपर्छ : मन्त्री लेखी
मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले तीन तहकै निर्वाचन एकै पटक हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समितिको ६४ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय समाचार समिति मधेश प्रदेश कार्यालयले मंगलबार जनकपुरधाममा आयोजना गरेको सुशासन, विकास तथा समृद्धिका लागि राससको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
अध्यादेश दुबै सदनबाट पारित हुन्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएका अध्यादेश दुवै सदनबाट पारित हुने बताउनुभएको छ । उहाँले सबै राजनीतिक दलको सहमतिमा अध्यादेश पारित हुने बताउनुभयो ।
प्राथमिकताका आधारमा विकास निर्माण : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले प्राथमिकताका आधारमा विकास निर्माणको काम गरिरहेको बताउनुभएको छ।
सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित गरिनु हुँदैन : नेता डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित गर्न नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै नेता डा. कोइरालाले सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नहुने बताउनुभयो ।
प्रकृति लम्सालको मृत्युबारे निरन्तर ‘फलोअप’मा छौँः परराष्ट्रमन्त्री देउवा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई मन्त्रालयले निरन्तर रूपमा ‘फलोअप’ गरिरहेको बताउनुभएको छ ।
बाढीपहिरोबाट क्षति भएका २६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सहमति
अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढीपहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपियाँको स्रोत सहमति प्रदान गरेको छ ।
ओडिसा घटनाको छानविन होस् : सांसद विश्वकर्मा
राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले ओडिसा घटनाले विदेशी भूमिमा नेपालीको स्वाभिमानमाथि धावा बोलिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मङ्गलबार बसेको राष्ट्रियसभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
संविधान र व्यवस्थामाथि आक्रमण हुँदैछः सांसद रोकाय
राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायले पटक पटकका आन्दोलनबाट प्राप्त संविधान र व्यवस्थामाथि आक्रमण भइहेको बताउनुभएको छ । मङ्गलबार बसेको राष्ट्रियसभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
समितिको निर्देशनले आइपिओ निष्कासन रोकिनु हुँदैनः सांसद
संसदीय समितिको निर्देशनले आइपिओ निष्कासन रोकिन नहुने भन्दै सांसदहरूले समितिको ध्यानाकर्षण गराएका छन् ।
बजेट खर्च गर्न प्रदेश सरकारहरु कमजोर
मुलुक तीन तहको संरचनामा गएपछि मुलुकले छिटो फड्को मार्ने अपेक्षा गरिएपनि प्रदेश संरचना भने कमजोर देखिएको छ । आफ्नो मौलिकतामा नभई सङ्घीय सरकारको सिको गर्दै स्रोतको सही अनुमान नगरी ठुलो आकारको बजेट ल्याएका प्रदेश सरकारहरुले चालु आर्थिक वर्ष सकिन पाँच महिना बाँकी नरहँदा आफैँले ल्याएको बजेटको ठुलो हिस्सा खर्च गर्न सकेका छैनन् ।
राष्ट्रियसभाः कर्मचारीमाथि दुर्व्यवहार भएकामा आपत्ति
राष्ट्रसेवक कर्मचारीमाथि स्थानीय तहका जनप्रतिनिधिबाट भौतिक आक्रमण तथा दुर्व्यवहारका घटना बढेकामा राष्ट्रियसभाका सांसदहरुले आपत्ति जनाउनुभएको छ ।
राष्ट्रिय स्वीकार्यलाई केन्द्रमा राखेर संविधान संशोधनः प्रमुख सचेतक बर्तौला
एक सय चार वर्षे जहानियाँ राणाशासनलाई समाप्त गरी नागरिकको अधिकार सुनिश्चित गरेको महत्त्वपूर्ण दिनका रूपमा हामीले प्रत्येक वर्ष फागुन ७ गते ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मनाउँदै आएका छौँ ।
लुम्बिनी मन्त्रिपरिषद् बैठकका चार निर्णय
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ । मङ्गलबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यक (देउखुरी)मा सम्पन्न बैठकले विभिन्न चार वटा निर्णय गरेको हो ।
प्रकृति लम्साल मृत्युबारे राष्ट्रियसभा अध्यक्षद्वारा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रकृति लम्सालको मृत्युबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मङ्गलबार बसेको राष्ट्रियसभा बैठकबाटै अध्यक्ष दाहालले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।