• २१ वैशाख २०८२, आइतबार

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको भेट

blog

प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुहुँदै नेपालका लागि जापानका राजदूत माइदा तोरु । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, वैशाख २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले आइतबार शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो । 

आगामी वर्ष दुई देशबिचको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठ मनाइने सन्दर्भमा पनि कुराकारी भएको थियो । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।