जलवायु परिर्वतनको बढी असर कर्णालीमा परेको छ : वनमन्त्री शाही
नेपाल सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिर्वतनको बढी असर कर्णाली क्षेत्रमा परेको बताउनुभएको छ । प्रजातन्त्र दिवसको अबसरमा कर्णाली एकता समाज काठमाडौले थानकोट मातातीर्थमा आयोजना गरेको जलवायु परिर्वतन बिषयक जनतेतनामुलक सांस्कृति तथा देउडा कार्यक्रममा वनमन्त्री शाहीले यस्तो बताउनुभएको हो ।
निर्वाचनमा नागरिक सहभागिता अझै बढाउनुपर्ने
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा नागरिक सहभागिता अझै प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । उहाँले स्वतन्त्रताको सारभूत तत्व जनसहभागितामूलक निर्वाचन रहेको तर्क गर्दै सो धारणा व्यक्त गर्नुभयो ।
सात प्रदेशमा कांग्रेसको अभियान
नेपाली कांग्रेसले सातै प्रदेशमा ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ सञ्चालन गर्ने भएको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टीले गरेका सकारात्मक काम र ती कामबाट देशमा भएका परिवर्तनबारे तथ्यगत जानकारी दिन अभियान सञ्चालनको तयारी गरिएको जानकारी दिनुभएको हो ।
ओडिसा घटनाको पाठ : नेपाली विद्यार्थीको सुरक्षामा चिन्ता
भारतको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्युसँगै वैदेशिक अध्ययनमा गएका अन्य विद्यार्थीको सुरक्षाको विषयमा पनि चिन्ता र चासो बढेको छ ।
यसरी बन्यो २००७ सालमा क्रान्तिको जग
“हामी स्कुल पढ्ने केटाहरु सबैलाई यी कांग्रेसी मोराहरु भन्थे, नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले भन्नुहुन्छ, “दार्जलिङमा पढ्ने सबैले गोर्खा लिगको नारा लगाइरहेको हुन्थ्यो । २००७ सालभन्दा अगाडि दार्जलिङमा पढ्ने केटाहरुले इलाममा पर्चा छोड्दा पक्रेर धनकुटा लगेको थियो ।”
नेपाल र ओमनबिच पर्यटनसम्बन्धी समझदारी
नेपाल र ओमनकाबिच पर्यटनको विकास, प्रवर्द्धन र आवश्यक सहयोग तथा समन्वय सम्बन्धमा द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।
‘नेपाली कांग्रेस सामाजिक र आर्थिक क्रान्तिको अगुवा’
नेपाली कांग्रेसका प्रवक्ता एवम् सांसद डा.प्रकाशशरण महतले नेपाली सामाजिक र आर्थिक क्रान्तिको अगुवाई कांग्रेसले गर्दै आएको बताउनुभएको छ ।
‘सामाजिक रुपान्तरणका लागि राष्ट्रिय मेलमिलापको खाँचो’
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सामाजिक रुपान्तरणका लागि राष्ट्रिय मेलमिलापको आवश्यकता रहेको बताउनुभएको छ । प्रजातन्त्र दिवसको अवसरमा यहाँ आयोजित गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ क्रियाशील हुनुपर्ने बताउनुभयो ।
‘स्काइवाक टावर’मा प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको कमलादीस्थित स्वाइवाक टावरको अवलोकन गर्नुभएको छ।
रुकुममा माओवादीका नगर अध्यक्षसहित ६ जनाको सामूहिक राजीनामा
नेकपा (माओवादी केन्द्र) रुकुमपश्चिम चौरजहारी कमिटीका अध्यक्ष सुन्दर शर्मासहित ६ जनाले पदबाट सामूहिक राजीनामा दिनुभएको छ ।
राससको श्रीवृद्धिमा मन्त्रालय तयार छ : सचिव अर्याल
सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्यालले राससको ऐन निर्माण, नियमावली तथा विनियमावली संशोधनसहित समग्र विकासमा मन्त्रालयको तर्फबाट सक्दो सहयोग हुने बताउनुभएको छ ।
राजनीतिक स्थायीत्वका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अस्थिर सरकारबाट आजित भएका नेपाली जनतालाई राहत दिनका लागि दुई ठुला दलको सरकार बनेको बताउनुभएको छ ।
ओडिसा घटनाबारे परराष्ट्रमन्त्रीद्वारा भारतीय मन्त्रीसँग कुराकानी
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा बुधबार ओडिसाका उच्च शिक्षा मन्त्रीसँग फोनमा कुराकानी गर्नुभएको छ ।
वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्छः प्रधानन्यायाधीश राउत
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित नेपाल कानुन पत्रिका (पुरानो अङ्क), प्रधानन्यायालय २००९, विमोचन कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
मुलुकको विकासका लागि अध्यादेश ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको हित र मुलुकको समृद्धिको ख्याल गरेर अध्यादेश ल्याइएको बताउनुभएको छ। उहाँले अध्यादेशको विरोध गर्नुको औचित्य नरहेको प्रष्ट पार्नुभयो।
मतदाता शिक्षा बढाउन जरुरी छ: प्रमुख निर्वाचन आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दल र तिनका उम्मेदवार इमानदार नहुँदा निर्वाचन प्रणाली महँगो भएको बताउनुभएको छ।
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा
सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा गरेको छ ।
पत्रकारिता राज्यको चौथो अङ्ग हो : मन्त्री सार्की
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले पत्रकारिता राज्यको चौथो अङ्ग रहेको बताउनु भएको छ ।
चित्रकला र सङ्गीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छः प्रमुख साह
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले चित्रकला र सङ्गीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताउनुभएको छ ।
हाम्रो साझा लक्ष्य समाजवाद हो : उपाध्यक्ष शाक्य
नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सबैको साझा लक्ष्य समाजवाद बनेको बताउनुभएको छ । प्रजातन्त्र दिवसको सन्दर्भमा गोररखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले नागरिकको त्याग, बलिदान, संयुक्त जनआन्दोलनबाट देशमा प्रजातन्त्र स्थापना भएको भन्नुहुँदै सो कुरा बताउनुभएको हो ।
ओडिसा घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन भइरहेको छ : मन्त्री सिंह
उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले भारतको ओडिसा घटनाको सत्यतथ्य पत्ता लगाउन दिल्लीस्थित नेपाली राजदूतावासबाट दुई जना कर्मचारी खटाइएको बताउनुभएको छ । घटनाको सत्यतथ्य पत्ता लागेपछि मात्र नेपाल सरकारले एक्सन दिने उहाँले बताउनुभयो ।
अबको कार्यभार राजनीति स्थिरताको जगमा आर्थिक क्रान्ति : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अबको कार्यभार राजनीतिक स्थीरताबो जगमा आर्थिक क्रान्ति गर्नु रहेको बताउनुभएको छ ।
थ्रेसहोल्डको सीमा बढाउन खोज्नु गलत छ : नेता श्रेष्ठ
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दुईदलीय व्यवस्था ल्याउनेगरी ठुला दलले बढाउन खोजेको थ्रेसहोल्डका सीमा गलत भएको बताउनुभएको छ ।
जनतालाई परिवर्तनको महसुस गराउन आवश्यक
आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै जनतालाई परिवर्तनको महसुस गर्ने गरी जनप्रतिनिधि र कर्मचारीले काम गर्नुपर्ने वक्ताहरुले जोड दिएका छन् ।