सङ्क्रमणकालीन न्याय : काम अघि बढाउँदै दुई आयोग
द्वन्द्वकालीन घटनामा अनुसन्धान, परिपूरण तथा कारबाहीको सिफारिसको अधिकार पाएका दुई आयोगले झन्डै तीन वर्षदेखि रोकिएका काम पदाधिकारी पाएसँगै अघि बढाएका छन् ।
एक सय आठ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
राजावादी समूहले गत चैत १५ गते काठमाडौँको तीनकुने घटनामा गरेको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका आरोपितमाथिको अनुसन्धान पूरा गरी प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
गरिबी चमत्कारी ढंगले घटेको छ : महामन्त्री थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा पछिल्ला दुई दशकमा चमत्कारी ढंगले गरिबी घटेको बताउनु भएको छ।
लुम्बिनी प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफल सुरु
लुम्बिनी प्रदेश सभामा प्रदेश सरकारको तर्फबाट प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ । शुक्रबार छैठौं अधिवेशनको सातौं बैठकबाट आर्थिक वर्ष २०८२८३ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको हो ।
सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्छः अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनपछि सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्ने बताउनुभएको छ ।
आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले बौद्ध धर्मले आत्मानुशासन, करुणा, सहिष्णुता र अहिंसाको अमूल्य शिक्षा प्रदान गर्दै आएकाले यसलाई हामी सबैले व्यवहारमा उतार्न सक्नुपर्ने बताउनुभएको छ ।
‘एमाले सबै प्रकारको प्रतिगमन रोक्ने अभियानमा छ’
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधिनताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताउनुभएको छ।
वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता
चीन भ्रमणमा रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग चीनको राष्ट्रिय वन तथा घाँसेमैदान प्रशासनका प्रशासक लिउ गुओहोङले भेटवार्ता गर्नुभएको छ ।
शिक्षा र निजामति ऐन ल्याउने कुरामा काँग्रेस दृढ छ : सभापति देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशमै सीपको उपयोग र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको बताउनुभएको छ ।
बजेट निर्माणलाई ध्यानमा राख्दै अर्थ मन्त्रालय प्रवेशमा कडाइ
अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीका अनुसार बजेट निर्माणसम्बन्धी सबै पक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन्। अहिले बजेट तयारीको कार्य जारी रहेको उहाँको भनाइ छ।
नेपाल विश्व स्वास्थ्य सङ्गठनको कार्यकारी सदस्यमा सर्वसम्मत
नेपाल विश्व स्वास्थ्य सङ्गठनको कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ । जेनेभामा जारी सङ्गठनको ७८ औं महासभाका क्रममा नेपाल दक्षिणपूर्वी एसिया क्षेत्रबाट सदस्यमा सर्वसम्मत भएको हो ।
एआईको दुरुपयोग रोक्न आवश्यक : मन्त्री पन्त
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई रोक्नु अहिलेको मुख्य चुनौती भएको बताउनुभएको छ ।
भूमि ऐन अगाडि बढाउने काँग्रेसको निर्णय
नेपाली काँग्रेसले जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले प्रचलित कानुन बमोजिम जग्गा खरिद गर्नसक्ने तर बिक्री गर्न नसक्ने व्यवस्थालाई संशोधन गर्ने निर्णय गरेको छ ।
वन उपभोक्ताको हकहित सुरक्षित गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूको हकहित सुरक्षित गर्न सरकार दृढ रहेको बताउनुभएको छ ।
नेपाललाई पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गर्ने मन्त्री पाण्डेको उद्घोष
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध, आध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्यसहित बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बीआईटीएम) २०२५ को उद्घाटन गर्नुभएको छ ।
नेताप्रति घृणा जग्यो भने समाज अराजक हुन्छ : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ नेताप्रति बढी घृणा जगाएमा समाज अराजक बन्ने बताउनुभएको छ ।
लागु औषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस् : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले देशभर लागु औषधको समस्या डरलाग्दो रुपमा बढिरहेको बताउनुभएको छ ।जनकपुरमा शुक्रबार मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
आर्थिक सुधार प्रतिवेदन कार्यान्वयन गर्न ४०८ बुँदे कार्ययोजना
सरकारले रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन तीन वर्षभित्र कार्यान्वयनमा लैजाने गरी ४०८ बुँदे कार्ययोजना बनाएको छ ।
परराष्ट्रमन्त्री डा. राणा र जाइकाका अध्यक्षबिच भेटवार्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी, जाइकाका अध्यक्ष डा. तानाका अकिहिकोसँग शुक्रबार भेटवार्ता गर्नुभएको छ ।
उपमेयर क्षेत्रीको लोभलाग्दो काँक्राखेती, राजनीतिमा पनि सक्रिय
पर्वत, जेठ ९ गते । कुनै पनि राजनीतिक पदमा निर्वाचित भएपछि वा नियुक्त भएपछि कृषि या अन्य पेशालाई चटक्कै छाडेर भ्रष्टचार गरी आम्दानी गर्ने लोभतिर लागेको पाइन्छ तर यो उदाहरणको विपरीत निर्वाचित जनप्रतिनिधिसँगै जनताको काम सकेर कृषि पेसा अँगाल्ने उदाहारण पनि भेटिएको छ । पर्वतको फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले राजनीति र जनप्रतिनिधिसँगै आफ्नो कृषि पेसालाई समेत निरन्तरता दिनुभएको छ । फलेवास नगरपालिका–१० कुर्घाकी क्षेत्रीले व्यावसायिक काँक्राखेती गर्दै आउनुभएको छ । उहाँको काँक्राखेती हरियो काँक्रा उपभोग गर्नका लागि नभई भक्तपुरे लोकल जातको काँक्राको मूल बीउ उत्पादनका लागि हो ।विगत दुई दशकदेखि व्यावसायिक कृषिमा होमिनुभएकी क्षेत्रीले तीन वर्षअघिसम्म व्यावसायिक गाईपालन गर्नुहुन्थ्यो । उहाँले १५ वटासम्म गाई पालेर दैनिक झण्डै एक सय लिटर दूध बिक्री गर्नुहुन्थ्यो । जब २०७९ सालको निर्वाचनमा फलेवास नगरपालिकाको उपप्रमुखमा विजयी हुनुभयो त्यसपछि व्यस्तताका कारण व्यावसायिक गाईपालन छाडेर व्यावसायिक काँक्राखेतीमा लाग्नुभएको हो । क्षेत्रीले २०५६ सालदेखि व्यावसायिक गाईपालन र तरकारीखेती गर्दै आउनुभएको हो । अहिले उहाँले सात रोपनी क्षेत्रफलमा व्यावसायिक काँक्राखेती गर्नुभएको छ । उहाँले हरेक वर्ष रू. पाँचदेखि सात लाखसम्म काँक्राको बीउ बिक्री गरेर आम्दानी गर्दै आउनुभएको छ । उपप्रमुख क्षेत्रीले नै काँक्राखेतीलाई निरन्तरता दिएपछि गाउँलेसमेत काँक्राको व्यावसायिक उत्पादनमा सक्रिय भएर लागेका छन् । उहाँको पेसामा श्रीमान् सोमबहादुरले साथ दिनुभएको छ । गत वर्ष केही कम आम्दानी भएकामा यस वर्ष अनुकूल हावापानी र मौसमले उत्पादन पनि बढेकाले काँक्राको आम्दानी पनि बढ्ने अनुमान सोमबहादुरले गर्नुभएको छ । “हाम्रो परिवारले मात्र रू. सात लाखसम्मको बीउ, बिक्री गर्छौँ, अरू व्यक्ति र समूहको गर्दा करोडौँको बीउ निर्यात गर्ने गरेका छौँ”, उपप्रमुख क्षेत्रीले भन्नुभयो, “जनताको सेवा गरेर बचेको समय कृषिकर्ममा लगाउने गरेकी छु” जनप्रतिनिधिको कर्मचारीजस्तो बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्मको कार्यसमय हुँदैन, साँझबिहान जतिबेला पनि जनताको सेवामा जानुपर्छ, कहिलेकाहीँ खाली रहेको समय तरकारी र गोठमा पालेका वस्तुभाउको स्याहारसुसारमा पनि लाग्ने गरेकी छु ।”कृषिकर्म गरेर कोही पनि सानो नहुने बताउँदै उपप्रमुख क्षेत्री जुन ठाउँमा जे उत्पादन हुन्छ त्यही पेसालाई व्यावसायिक रूपमा अँगाल्न आफूले सुझाव दिने गरेको बताउनुहुन्छ । उहाँले आफू उपप्रमुख भएपछि धेरैजसो कृषकमुखी कार्यक्रम नगरबाट ल्याउन सफल भएको दाबी गर्नुभयो । उहाँ तत्कालीन सत्ता गठबन्धन माओवादी केन्द्रबाट विजयी हुनुभएको हो । उहाँसँग कृषिको करिब दुई दशक लामो साइनो र सङ्घर्ष छ । क्षेत्रीले भन्नुभयो, “म दिउँसो नगरमा भए पनि साँझबिहान गाईगोठ र खेतबारीमै हुन्छु । मैले भोग्ने दैनिक समस्या नगरवासीका साझा हुन् । त्यसैले नगरमा धेरैजसो किसानकै मुद्दा र आवाज उठाउने गरेकी छु ।” क्षेत्रीको व्यावसायिक यात्रा २०६४ सालदेखि सुरू भएको थियो । सुरूमा होटल व्यवसाय गर्नुभएकी क्षेत्रीले किराना पसलसँगै सुरू गरेको होटलमा दूधको माग बढेपछि गाई पाल्न थाल्नुभएको हो । विसं २०७० मा चिर्दीमा चिसापानी दुग्ध सहकारी दर्ता गरेपछि उहाँ त्यसको संस्थापक सचिवसमेत बन्नुभएको थियो । बीस जना सेयर सदस्यबाट रु. पाँच हजारका दरले लगानी गरेर दूधलाई व्यावसायिक रूपमा बजार पठाउन सहकारीमा आबद्ध गर्नुभएकी क्षेत्रीको पहलमा अहिले उक्त गाउँका झण्डै सात सय किसानले व्यावसायिक पशुपालन गरेर दूध बिक्री गर्दै आएका छन् ।काँक्रासँगै क्षेत्रीले टनेलभित्र टमाटर र मौसमअनुसारका तरकारी उत्पादन गर्दै आउनुभएको छ । गाउँ छोडेकाको खेत भाडामा लिएर जेठो बूढो धानको बीउ उत्पादन गरेर बिक्री गर्नुहुन्छ । कुनै समय दूध, तरकारीलगायत कृषि उपजको बिक्रीबाट मासिक रु दुई लाखभन्दा बढीको आम्दानी गर्नुभएकी उहाँले उपप्रमुख भएपछि जनताको सेवामा बढी खटिनुपर्दा आम्दानी घट्दै गएको बताउनुभयो । तर पनि राजनीति र कृषिलाई सँगसँगै अघि बढाउने आफ्नो प्रयासमा कमी नआएको उहाँको भनाइ छ । आफूले कृषि र यस पेसाबाट पाएको सफलताबाट अरू किसानलाई पनि सफलताकै बाटोमा डोर्याउने उहाँको इच्छाले समेत सार्थकता पाउँदै गएको उहाँको भनाइ छ । “सबैलाई व्यावसायिक बनाउने हो, त्यसका लागि नगरपालिकामा हामी सबै हातेमालो गर्न आएका हौँ । जनप्रतिनिधि शासक नभएर सेवक हौँ भन्ने भावना भए सफल भइन्छ भन्ने लागेको छ”, उहाँले भन्नुभयो ।फलेवास नगरपालिकाका कुर्घा, देवीस्थान, पाङ्गराङ्ग र विहादी गाउँपालिकाको बाँच्छाका किसानले व्यवासायिक रूपमा भक्तपुरे लोकल जातको काँक्राको बीउ उत्पादन गर्दै आएका छन् । यहाँ काँक्राको बीउ बिक्री गरेर वार्षिक रू. छ करोड भित्रिने गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउनुहुने
माछापुच्छ्रे (कास्की), जेठ ९ गते । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार (आज) पोखरा आउनुहुने भएको छ । शुक्रवारदेखि पोखरामा सुरु हुने नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न प्रधानमन्त्री पोखरा आउनुहुने भएको हो । पोखराको अमरसिंह चौरमा प्रधानमन्त्री ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाका अनुसार ११ बजे हेलिकप्टरमार्फत प्रधानमन्त्री ओली पोखरा आउनुहुनेछ । प्रधानमन्त्री ओली पोखरा आउने भएपछि पोखराको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । युवा सङ्घको १० औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीसहित एमाले महासचिव शङ्कर पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ लगायतले सम्बोधन गर्नुहुने एमाले केन्द्रीय सदस्य तथा युवा सङ्घ नेपालका इन्चार्ज राजीव पहरीले जानकारी दिनुभयो । युवा सङ्घको महाधिवेशनमा देशभरबाट २ हजार प्रतिनिधि सहभागी हुँदै छन् । नेतृत्वमा पाँच जनाको दाबीयुवा सङ्घ नेपालको नेतृत्व लिन अहिलेसम्म अध्यक्षमा पाँच जनाले आकाङ्क्षा देखाउनुभएको छ । वर्तमान अध्यक्ष क्षितिज थेबेको दोहोरिने इच्छा छ भने उपाध्यक्षहरू कृष्णहरि केसी, महाराज गुरुङ र प्रकाश गौतम पनि अध्यक्ष बन्ने दौडमा हुनुहुन्छ । वर्तमान महासचिव सुमन पुरीले पनि आकाङ्क्षा देखाउनुभएको छ । युवा सङ्घको महासचिवमा अहिलेका सचिव निरोज पौडेल, कुवेर अधिकारी, विनय शाह, खेम शर्मा, महेश चौलागाईं, पर्वत भण्डारी लगायतको दाबी छ । अहिले राष्ट्रिय युवा सङ्घको केन्द्रीय कमिटी ३ सय ३९ सदस्यीय छ भने अब बन्ने कमिटी १ सय ५१ सदस्यीय हुनेछ ।
हल्लाप्रति नेपाली कांग्रेसको आपत्ति
नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाबारे प्रकाशित भएको भ्रामक र कपोलकल्पित समाचारप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको गम्भीर ध्यानाकृष्ट भएको बताउनुभयो ।
अहिलेकै नकारात्मक सोचले देश बन्दैनः परराष्ट्रमन्त्री
काठमाडौँ, जेठ ९ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताउनुभएको छ । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहमा उहाँले केही पनि हुँदैन र सम्भव पनि छैन भन्नेजस्ता नकारात्मक धारणा बनाउने र त्यसैलाई प्रचार गर्ने गरिएको प्रसङ्ग उल्लेख गर्दै यस्तो सोचले न समाज र न त देशकै विकास हुन्छ भन्नुभयो ।उहाँले यस्तो सोच देशभित्रका राजनीतिक पार्टी, नेपाली समाज र विदेशमा बस्ने नेपालीहरूमा समेत रहेकाले यस्तो प्रवृत्ति त्यागेर देश निर्माणका लागि सकारात्मक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले भन्नुभयो, “कुनै कुराको पनि राम्रो प्रस्तुति या अभिव्यक्ति देख्दिनँ । समाजमा, देशमा राम्रा काम पनि त भएका छन् नि तर तिनलाई राम्रो भनेको कतै सुनिँदैन । सबैलाई मिडियामा भाइरल नै हुनुपर्ने जस्तो छ, नराम्रो प्रचार गरेपछि चर्चामा आइन्छ भन्नेमात्र सबैको सोच देख्छु, यसरी देश बन्दैन ।” मन्त्री डा राणाले गैरआवासीय नेपालीहरूलाई पनि एकताबद्ध भएर सकारात्मक सोचका साथ लाग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “संसारमा रहेका नेपाली डायस्पोरासँग धेरै ठूलो शक्ति छ । तपाईँहरू एकताबद्ध हुनुभयो भने आफ्ना अधिकारका लागि लड्न ठूलो तागत मिल्ने छ । त्यसैले मेरो आग्रह छ, सानातिना कुरामा नअल्झिनुहोस्, एउटै एनआरएनए बनाउन लाग्नुहोस् ।”मन्त्री डा राणाले सर्वोच्च अदालतको परमादेशको पालना गरेर नै सरकारले हालैमात्र एनआरएनएको महाधिवेशन सम्पन्न गर्न सहजीकरण गरेको र त्यसमा सहमतिबाट नै नयाँ कार्यसमिति बनेको पनि स्पष्ट गर्नुभयो । मन्त्री डा राणाले विदेशमा आर्जन गरेको सीप, ज्ञान र पुँजीलाई नेपालको विकासमा लगाउन संसारमा रहेका नेपालीहरूलाई आग्रह पनि गर्नुभयो ।आफू परराष्ट्रमन्त्री भएपछि विश्वमा रहेका नेपाली डायस्पोरालाई कन्सुलर तथा परराष्ट्रसँग सम्बन्धित अन्य आवश्यक सेवा पुगोस् भनेर नै मन्त्रालयमा यससम्बन्धी अलग्गै महाशाखा स्थापना गरी काम अघि बढाएको जानकारी दिँदै ९उहाँले यसका लागि सबै नेपालीको सहयोग आवश्यक रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले नेपाली डायस्पोराका साथै आर्थिक कूटनीतिसम्बन्धी पनि अलग्गै महाशाखा स्थापना गरेर काम अघि बढाएका छौँ । यसका लागि संसारमा रहेका सबै नेपालीको महत्त्वपूर्ण भूमिका रहन्छ र नेपाल सरकारले पनि सोही प्रकारको सहयोगको अपेक्षा गरेको छ ।”
‘कुलिङ पिरियड’ हटाउन ‘लबिङ’
निजामती सेवाबाट अवकाश पाएपछि संवैधानिक एवं सरकारी नियुक्तिका लागि दुई वर्षको कुलिङ पिरियड राख्ने संसदीय समितिको प्रस्ताव हटाउन उच्च प्रशासकहरूले राजनीतिक लबिङ गरेका छन् ।