प्रधान न्यायाधीशविरुद्धको महाभियोगमाथि प्रतिनिधि सभामा छलफल हुँदै
प्रतिनिधि सभाको आजको बैठकमा निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुँदैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि शुरू बैठकमा महाभियोगको प्रस्तावबारे छलफल भइरहेकाे छ ।
कांग्रेस नेता निधिद्वारा भारतीय नेताहरूसँग भेटवार्ता
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र मध्यप्रदेशका पूर्व मुख्यमन्त्री एवं राष्ट्रवादी कांग्रेसका अध्यक्ष शरद पवारबीच भेटवार्ता भएको छ।
जसपा अध्यक्ष उपेन्द्र यादवसँग सीके राउतकाे भेटवार्ता
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भेटवार्ता गर्नुभएको छ ।
अध्यक्ष प्रचण्डद्वारा हिरोसिमास्थित सङ्ग्रहालयको अवलोेकन
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पष्पकमल दाहाल 'प्रचण्ड' जापान भ्रमणका क्रममा आइतबार हिरोसिमा शहरमा पुग्नुभएको छ ।
सम्मानजनक सिटसहित गठबन्धन बनाउने प्रयासमा दलहरू
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनमा चुनावी तालमल हुने सहमति बनेपछि गठबन्धनभित्र सिट बाँडफाटको गृहकार्य भएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये दलहरुमा सिट भागबण्डा गरेर आगामी निर्वाचनमा जानेमा गठबन्धनका दलहरु छन् । प्रतिनिधिसभाको समानुपातिक निर्वाचत अन्तर्गत ११० सिटमा प्रतिस्पर्धा हुँदैछ ।
प्रतिनिधिसभा विशेष समयः ‘नाफा हुँदा निगमको, घाटाको भार उपभोक्तामा’
भारतबाट दुई–दुई पटक इन्धनको मूल्य घटेर आयो तर नेपाल आयल निगमले सार्वजनिक सूचना नै जारी गरी घाटा रहेको जनाउँदै उपभोक्ताका लागि मूल्य नघटाएको जनायो ।
सङ्कल्पका साथ चुनावमा होमिनुस् : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले दृढ सङ्कल्प साथ चुनावमा खटिन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । स्थानीय तहको निर्वाचनमा हिजोका दिनमा एक्लाएक्लै चुनाव लड्दा २९४ सिटमा जितेकोमा अहिले गठवन्धनसँग लड्दा २०६ जितेको आधारमा दृढ संकल्पकासाथ चुनाव लड्दा जित्न सकिन्छ भन्ने आधार प्रष्ट भएको उहाँको भनाइ छ ।
जगदीप धनखर भारतका नयाँ उपराष्ट्रपति निर्वाचित
पश्चिम बंगालका पूर्व गभर्नर जगदीप धनखर भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।
राजनीतिमा अझ धेरै प्रयोग गर्न बाँकी रहेको दाबी
जनता समाजवादी पार्टी (जसपा) नेपालसँग अलग्गिएर बनेको नेपाल समाजवादी पार्टीले केन्द्रीय कमिटी गठनपछिको पहिलो बैठक बसेको छ। काठमाडौँमा शनिबार बसेको बैठकलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको राजनीतिमा अझै धेरै प्रयोग गर्न बाँकी रहेको बताउनुभयो। उहाँले आफ्नो पार्टी नयाँ भएकाले देशव्यापी बनाउन नेता र कार्यकर्तालाई निर्देशन दिनुभयो।