महानगर अपडेटः काठमाडौं प्रमुखमा बालेन र उपप्रमुखमा सुनिता अगाडि
काठमाडौं, जेठ २ गते। काठमाडौं महानगर प्रमुखमा ६३ सय ९८ मतसहित स्वतन्त्र उम्मेदवार बालेन साह पहिलो स्थानमै हुनुहुन्छ। प्रमुखमा नेकपा (एमाले)का केशव स्थापित ३३ सय ४७ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह २९ सय ६७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ। महानगरका निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ५९२, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ५७३ मत ल्याउनुभएको जानकारी दिनुभयो।यसैगरी, प्रमुखमा निर्वाचन चिह्न तराजुमा ७७, मादलमा आठ, चक्का पाङ्ग्रोमा छ, कुखुराको भालेमा तीन, सुगामा तीन, आँपमा एक, गुलाफको फूलमा एक, खानेपानीको धारामा १७, कैंचीमा एक, लाल्टिनमा एक, क्यापमा २८, अर्नामा एक, तिल्हरीमा एक मत प्राप्त भएको छ। सोमबार साँझ ५ः४५ बजेसम्म १७ हजार ८०८ मतगणना हुँदासम्म सो मत प्राप्त भएको हो। महानगर उपप्रमुखमा गठबन्धनतर्फका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १८ सय ५५ मत प्राप्त गर्नुभएको छ। एमालेका सुनीता डङ्गोलले ६५ सय ५७ मत ल्याउनुभएको छ। उपप्रमुखमा निर्वाचन चिह्न तराजुमा २९३, हलोमा १३ सय ७८ पुतलीमा एक, खरायोमा दुई, भुइँकटरमा एक, आँपमा दुई, लौरोमा ७२५, खाने पानीको धारमा एक, कैंचीमा एक, मुढामा चार, जेब्रामा तीन, क्यापमा ४३ र आँखीझ्यालमा ४३ मत प्राप्त भएको खतिवडाले बताउनुभयो। भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको वैशाख ३१ गते बिहान साढे ९ बजेदेखि मतगणना जारी छ।
धार्मिक र सांस्कृतिक अनुभूति लिन नेपाल आउने गर्छु : मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालको धार्मिक, सांस्कृतिक सम्पदाकै कारण बेग्लै अनुभूति लिन नेपाल आउने गरेको बताउनुभएको छ।
भक्तपुर नगर प्रमुखमा प्रजापति र उपप्रमुखमा जोशी विजयी
भक्तपुर नगरपालिकाको प्रमुख पदमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति विजयी हुनुभएको छ।
छत्रदेव गाउँपालिकामा अध्यक्षमा कांग्रेस उपाध्यक्षमा एमाले विजयी
गणेश खनालअर्घाखाँची,जेठ २ गते। अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा मिश्रित परिणाम आएको छ। नेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठ गाउँपालिका अध्यक्ष र नेकपा एमालेका मनि शर्मा पन्थी उपाध्यक्षमा विजयी हुनुभएको छ। ८ वडा रहेको गाउँपालिकामा ५ मा एमाले र ३ वटा वडा अध्यक्षमा कांग्रेस विजयी भएको छ। यस्तै अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा एमाले विजयी भएको छ। पाणिनी गाउँपालिकामा अध्यक्ष पदमा एमालेबाट टेकराज न्यौपानेले ७ हजार ७ सय ४९ मतसहित विजयी हुनुभएको हो। नेपाली कांग्रेसका अच्युत गौतमले ७ हजार २८ मत ल्याएर पराजित हुनुभयो। उपाध्यक्ष पदमा पनि एमालेकै नर्मदा पौडेल ७ हजार ६ सय ६१ मतसहित विजयी हुनुभएको छ। उपाध्यक्ष पदमा कांग्रेसकी लक्ष्मी गौतमले ७ हजार ३८ मत ल्याएर पराजित हुनुभयो।
५९ स्थानीय तह प्रमुखमा विजयी हुँदै काँग्रेस पहिलो पार्टी बन्याे : एमाले दोस्रो, माओवादी तेस्रो
सोमबार दिउँसो ४ बजेसम्म स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले ५९ स्थान जितेको छ।
डोटीका छ स्थानीय तहको मत परिणाम सार्वजनिक
डिलबहादुर सिंहडोटी, जेठ २ गते। डोटीका विभिन्न छ वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। जिल्लाको जोरायल गाउँपालिकामा नेकपा (एमाले) का तर्फबाट अध्यक्ष पदमा दुर्गादत्त ओझा र नेपाल कम्युनिष्ट पार्टीकै तर्फबाट उपाध्यक्ष पदमा जमुनाकुमारी बोहरा, आदर्श गाउँपालिकामा नेपाली काँग्रेसका गणेशबहादुर खड्का अध्यक्ष र लक्ष्मी धामी उपाध्यक्ष, बोगटान फुड्सिल गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का कमलबहादुर गड्सिला अध्यक्ष र नेपाली काँग्रेसकी विष्नादेवी बम उपाध्यक्ष, निर्वाचित हुनुभएको छ। यसैगरी सायल गाउँपालिकामा नेपाली कांग्रेसका धर्मराज जोशी अध्यक्ष र नेपाली कांग्रसकै निर्मला ओली उपाध्यक्ष, पूर्वीचौकी गाउँपालिकामा नेपाली काँग्रेसका रामप्रसाद उपाध्याय अध्यक्षमा र नेपाली नेपाली काँग्रेसकै पशुपति खड्का उपाध्यक्ष र बडिकेदार गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेसका भैरवबहादुर साउँद र उपाध्यक्षमा नेपाली काँग्रेसकी डम्मरीकुमारी बिष्ट निर्वाचित हुनुभएको छ। दुई गाउँपालिकामा प्रमुख दोहोरिएडोटीको बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिला र जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा तथा उपाध्यक्ष जमुनाकुमारी बोहरा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो। बोगटान फुड्सिल गाउँपालिकामा अध्यक्ष पदमा निर्वाचित गड्सिला नेकपा (माओवादी केन्द्र) र जोरायल गाउँपालिका अध्यक्ष पदमा निर्वाचित ओझा तथा उपाध्यक्ष बोहरा नेकपा (एमाले) को तर्फबाट निर्वाचित हुनुभएको हो।
मैवाखोलामा एमालेको विरासत तोड्दै माओवादी विजयी
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एमालेको विरासत तोड्दै नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। मैवाखोलामा सत्ता गठबन्धनबाट अध्यक्ष पदका साझा उम्मेदवार विजयप्रकाश वनेम लिम्बू अत्यधिक मतका साथ विजयी हुनुभएको हो।
अछामको बान्नीगढी गाउँपालिका अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले विजयी
शिवराज ढुङ्गाना अछाम। जेठ २ गते। बान्नीगढी जयगढ गाउँपालिकामा काँग्रेस अध्यक्ष र एमाले उपाध्यक्षमा विजयी भएका छन्। सोमबार सार्वजनिक मतपरिणाम अनुसार चार सय ९८ मतान्तरले काँग्रेसका टेकबहादुर साउँद अध्यक्ष पदमा विजयी हुनुभएको हो। टेकबहादुरले तीन हजार ११२ मत प्राप्त गर्नुभएको छ भने एमालेका उम्मेदवार लोकबहादुर साउदले दुई हजार ६१४ मत पाउनुभएको छ। लोकबहादुर बान्नीगढी जयगढ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुनुहन्छ भने टेकबहादुर २०७४ को प्रदेशसभा निर्वाचनमा अछाम–१ ‘ख’ का प्रत्याशी हुनुहुन्थ्यो। उपाध्यक्षमा भने एमालेकी बिन्दु रावल १४ मतको अन्तरमा विजयी हुनुभएको छ। रावलले दुई हजार ७३१ र गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी निर्मला साउदले दुई हजार ७१७ मत ल्याएर पराजित हुनुभएको छ।
सङ्खुवासभा खाँदबारी नगरपालिकाको प्रमुखमा काँग्रेस, उपप्रमुखमा एमाले विजयी
ध्यान कुलुङ सङ्खुवासभा, जेठ २ गते। खाँदबारी नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसका महेश थपलिया र उपप्रमुखमा नेकपा (एमाले)का महेश्वरा बज्राचार्य निर्वाचित हुनुभएको छ। थपलियाले निकटतम् प्रतिद्वन्द्वी एमालेका जीतबहादुर घिमिरेलाई पराजित गर्दै विजेता बन्नुभएको हो। त्यस्तै बज्राचार्य नेकपा (माओवादी केन्द्र)का उमेदवार दिव्यराज बराललाई हराउदै उपप्रमुखमा निर्वाचित हुनुभएको हो। थपलियाले ८ हजार ३४ मत प्राप्त गर्नुभएको छ भने एमालेका घिमिरेले ५ हजार ५ सय ८९ मत प्राप्त गर्नुभएको छ। उपमेयर विजेता बज्राचार्यले ६ हजार ३ सय ८५ मत ल्याउँदा बरालले ५ हजार १ सय ४७ मतमात्र प्राप्त गर्नुभएको छ।खाँदबारी नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसलाई प्रमुख र नेकपा (माओवादी केन्द्र)लाई उपप्रमुखको उमेदवार बनाइएको थियो। उपमेयर विजेता बज्राचार्यले गठबन्धनको उमेदवारलाई पराजित गर्नुभएको हो। अघिल्लो निर्वाचनमा खाँदबारी नगरपालिकामा दुवै पद एमालेले जितेको थियो।१० स्थानीय तह रहेको सङ्खुवासभामा हालसम्म योसहित ३ पालिकाको अन्तिम मत परिणाम आइसकेको छ। सिलिचोङ गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ भने सभापोखरी गाउँपालिकामा अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्ष नेकपा एकीकृत समाजवादीले जितेको छ।