• ८ जेठ २०८१, मङ्गलबार

डोटीका छ स्थानीय तहको मत परिणाम सार्वजनिक

blog

डोटीको जोरायल गाउँपालिकामा आयोजित विजय जुलुस।

डिलबहादुर सिंह
डोटी, जेठ २ गते। डोटीका विभिन्न छ वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। जिल्लाको जोरायल गाउँपालिकामा नेकपा (एमाले) का तर्फबाट अध्यक्ष पदमा दुर्गादत्त ओझा र नेपाल कम्युनिष्ट पार्टीकै तर्फबाट उपाध्यक्ष पदमा जमुनाकुमारी बोहरा, आदर्श गाउँपालिकामा नेपाली काँग्रेसका गणेशबहादुर खड्का अध्यक्ष र लक्ष्मी धामी उपाध्यक्ष, बोगटान फुड्सिल गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का कमलबहादुर गड्सिला अध्यक्ष र नेपाली काँग्रेसकी विष्नादेवी बम उपाध्यक्ष, निर्वाचित हुनुभएको छ।

 यसैगरी सायल गाउँपालिकामा नेपाली कांग्रेसका धर्मराज जोशी अध्यक्ष र नेपाली कांग्रसकै निर्मला ओली उपाध्यक्ष, पूर्वीचौकी गाउँपालिकामा नेपाली काँग्रेसका रामप्रसाद उपाध्याय अध्यक्षमा र नेपाली नेपाली काँग्रेसकै पशुपति खड्का उपाध्यक्ष र बडिकेदार गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेसका भैरवबहादुर साउँद र उपाध्यक्षमा नेपाली काँग्रेसकी डम्मरीकुमारी बिष्ट निर्वाचित हुनुभएको छ। 

दुई गाउँपालिकामा प्रमुख दोहोरिए

डोटीको बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिला र जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा तथा उपाध्यक्ष जमुनाकुमारी बोहरा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो। बोगटान फुड्सिल गाउँपालिकामा अध्यक्ष पदमा निर्वाचित गड्सिला नेकपा (माओवादी केन्द्र) र जोरायल गाउँपालिका अध्यक्ष पदमा निर्वाचित ओझा तथा उपाध्यक्ष बोहरा नेकपा (एमाले) को तर्फबाट निर्वाचित हुनुभएको हो।