• १६ चैत २०८०, शुक्रबार

कांग्रेस नेता निधिद्वारा भारतीय नेताहरूसँग भेटवार्ता

blog

नेता निधि र भारतका अर्थराज्यमन्त्री पंकज चौधरी

काठमाडौं, साउन २२ गते  । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र  महाराष्ट्रका पूर्व मुख्यमन्त्री एवं राष्ट्रवादी कांग्रेसका अध्यक्ष शरद पवारबीच भेटवार्ता भएको छ। 

नयाँदिल्लीस्थित पवार निवासमा भएको १ घण्टा लामो भेटमा नेपालको विकास तथा नेपाल भारत सहयोगका विषयमा कुराकानी भएको थियो । निधि र पवारबीच कृषि र सहकारी तथा नेपाल भारत सम्बन्ध र विकासलगायतका विषयमा कुराकानी भएको थियो । तीन कार्यकाल महाराष्ट्रका मुख्यमन्त्री भइसक्नु  भएका पवार कृषि र सहकारीका ख्यातीप्राप्त अभियन्ता हुनुहुन्छ ।  

आधुनिक कृषिमा महाराष्ट्रको ढाँचा सह्रानीय मानिन्छ । निधिसँगको भेटमा पवारले नेपालमा कृषिका विद्यार्थीलाई उहाँको गृहनगर बारामतीमा कृषि र सहकारीको अध्ययनका लागि निम्तो दिनु भएको छ । निम्तोका लागि धन्यवाद दिँदै निधिले निकट भविष्यमा नेपाली विद्यार्थीलाई अध्ययन भ्रमण गराउने बताउनु भएको जानकारी उहाँको निजी सचिवालयले दिएको छ  । 

यसैबीच, नेता निधि र भारतका अर्थराज्यमन्त्री पंकज चौधरीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित मन्त्री चौधरीको निवासमा भएको भेटमा नेपाल भारत सम्बन्ध र द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो।