लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो : सञ्चारमन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न कटिबद्ध रहेको बताउनुभएको छ ।
विधेयक सर्वसम्मतिले स्वीकृत
राष्ट्रियसभाको आजको बैठकले औषधि (तेस्रो संसोधन) विधेयक, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
बिहीबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक पारित गरिसोस् भन्ने प्रस्ताव राख्नुभएको थियो ।
एसपीपीले पार्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्नेमा सांसदको जोड
सांसदहरुले रणनीतिक साझेदारी कार्यक्रम (एसपीपी)ले नेपालमा पर्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
एसपीपीमा नेपाल आबद्ध हुने निर्णय भएको छैन : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी)मा नेपाल आबद्ध हुने कुनै निर्णय नेपाल सरकारले नगरेको जानकारी दिनुभएको छ ।
करको दायरा हेरफेरमा चलखेल गरेको आरोप
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् । अर्थमन्त्री जनार्दश शर्माले करको दायरा हेरफेरमा चलखेल गरेको आरोप लगाउँदै एमाले सांसद बैठकबाट बाहिरिएका हुन् ।
एमालेका सांसदहरुबाट संसद् अवरोध
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठकमा विरोध गरेका छन् । एमाले सांसदको विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले संसदमा जवाफ दिनुभएको छ ।
राष्ट्रियसभा बैठक सुरु
नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रियसभा बैठक सुरु भएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
सबै ठूला सहरमा वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने
काठमाडौं उपत्यकालगायत देशभरका ठूला सहरहरुमा स्रोतमा नै वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने भएको छ ।
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याइने : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रादेशिक उद्योग उत्पादनलाई प्रबर्द्धन गर्न निजीकरण गरिएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याइने बताउनुभएको छ ।
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकार प्रतिबद्ध छ : मन्त्री आले
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभामा प्रतिवेदन पेस
प्रतिनिधिसभा बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले समितिको आर्थिक वर्ष २०७७/७८ र आव २०७८/७९ वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुभएको छ ।
एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी छैन : कानुनमन्त्री कोइराला
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नेपाल सरकारको राज्य साझेदारी कार्यक्रम (एसपिपी) सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी नभएको स्पष्ट गर्नुभएको छ ।
बालकलाई दूध चुसाउँदै अनशन बस्नु राज्यका लागि लाजमर्दो : सांसद थापा
‘‘राजधानी काठमाडौंको सडकमा एउटा नेपाली चेली काखमा दुधे बालक बोकेर न्यायको माग गर्दै आमरण अनशन बसेकी छिन् । दुधे बालकललाई दूध चुसाउँदै आमरण अनशन बस्नुपर्ने कुरा राज्यको लागि लाजमर्दो कुरा हो’’
प्रधानमन्त्री देउवाले एसपीपीबारे संसदमा जानकारी दिनुपर्छ : सांसद थापा
नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)बारे संसदमा जानकारी दिनुपर्ने बताउनुभएको छ ।
नेपाली सेना कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुनुहुँदैन : सांसद ज्ञवाली
नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेर सरकारले के गर्न खोजेको भनी प्रश्न गर्नुभएको छ ।
एमालेको अवरोधपछि संसद् बैठक स्थगित : अर्को बैठक बुधबार
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध पछि मङ्गलबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
सातवटै प्रदेशमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गरिने
कक्षा १ देखि १२ सम्मको सरकारी स्वामित्वको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट छपाइ तथा वितरण हुने व्यवस्था भए तापनि कक्षा १–३ को पाठ्यपुस्तक निजी प्रकाशनबाट र कक्षा ११–१२ को साझा प्रकाशनमार्फतसमेत छपाइ तथा वितरण हुने व्यवस्था मिलाइएको छ ।
राष्ट्रियसभा बैठक असार २ गते बस्ने
संसद सचिवालयले असार १ गते बुधबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक असार २ गते बस्ने जनाएको छ ।
सहरी विकास मन्त्रालयसँग सम्बन्धित छलफल कार्यसूचीबाट हटाइयो
सहरी विकास मन्त्रालयसँग सम्बन्धी विनियोजन शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम कार्यसूचीबाट हटाइएको छ ।
मल कारखाना स्थापनाका लागि छलफल भइरहेको छ : मन्त्री यादव
स्वदेशमै रासायनिक मल कारखाना कहिले स्थापना हुन्छ भन्ने विज्ञासामा उहाँले त्यसका लागि बजेट छुट्याइएको र यो उद्योग मन्त्रालयसँग सम्बन्धित भएको साथै लगानी बोर्डमासमेत छलफल अघि बढेको स्पष्ट पार्नुभयो ।
युवालाई स्वदेशमै रोजगारी दिने विषय साझा : मन्त्री पौडेल
मङ्गलबार सांसदका जिज्ञासाको जवाफ दिँदै मन्त्री पौडेलले युवालाई स्वदेशमै रोजगारी दिने विषय साझा विषय भएको र यसमा विभिन्न मन्त्रालयअन्तर्गत धेरै कार्यक्रम रहेको बताउनुभयो ।
धान उत्पादनमा ७.७४ प्रतिशत ह्रास : कृषिमन्त्री यादव
चालु आर्थिक वर्षको ८ महिनामा ३७ अर्ब ५५ करोड रुपियाँ बराबरको धान–चामल आयात भएको छ ।