• १३ वैशाख २०८१, बिहिबार

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार ३ गते । प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन शुक्रबार दिउँसो १ बजेबाट बैठक सुरु भएको हो ।

बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘‘सार्वजनिक ऋण व्यवस्थापन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’’ र ‘‘बीमा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’’ पेश गर्नुहुनेछ ।

यसैगरी, गृहमन्त्री बालकृष्ण खाणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्नुहुनेछ ।