प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
प्रतिनिधिसभा बैठक : मल उपलब्ध गराउन सबै उपाय अपनाउन सरकारलाई निर्देशन
प्रतिनिधिसभाले किसानका लागि मल उपलब्ध गराउनका लागि सम्भव सबै उपाय अपनाउन र अविलम्ब मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
विश्व बजारको उतारचढावले मल आपूर्तिमा असहज : कृषि मन्त्री
सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि रासायनिक मल अनुदानका लागि १५ अर्ब रुपियाँ विनियोजन गरेको छ ।
‘किसानले भोगेको समस्या बुझिदेउ सरकार’
प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले बीउ, मल, पेट्रोलियम उत्पादनको मूल्य वृद्धि तथा किसानले भोग्नुपरेको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।
“सरकार किसानले कहिले पाउँछन् रासायनिक मल ?”
सरकारको नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलका क्रममासमेत के सत्तापक्ष के प्रतिपक्ष सबैले सरकारको एकै स्वरमा ध्यानाकर्षण गराए र भने “सरकार किसानले कहिले पाउँछन् रासायनिक मल ?”
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
सोमबार सार्वजनिक महत्वको प्रस्तावमाथिको सांसदहरुले धारणा राखेपछि बैठक आधा घटाका लागि स्थगित भएको हो ।
मल आजै, अहिल्यै चाहियो : सांसद अधिकारी
सांसद खगराज अधिकारीले मुलुकलाई चाहिले चार लाख मेट्रिकटन मल कहिले ल्याउने हो भनी सरकारसँग प्रश्न गर्नुभयो ।
प्रधानमन्त्रीको भ्रमणबारे जानकारी माग
प्रतिनिधिसभाका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी असार अन्तिम साता संयुक्तराज्य अमेरिकामा हुने भनिएको भ्रमणबारे जानकारी माग गर्नुभएको छ ।
बजेटमाथिको छलफल स्थगन, मलबारे छलफल जारी (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभा बैठकमा किसानले मल नपाएको विषयमा छलफल भइरहेको छ ।
मन्त्रीहरुले जवाफ दिने क्रम सुरु (प्रत्यक्ष प्रसारण)
बैठकमा विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम सकिएसँगै मन्त्रीहरुले जवाफ दिने क्रम सुरु भएको हो ।
प्रतिनिधिसभाको अर्को बैठक आइतबार बिहान ११ बजे
प्रतिनिधिसभाको अर्को बैठक आइतबार बस्ने भएको छ। बैठकमा विनियोजन विधेयक– २०७९ अन्तरगत विभिन्न मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।
ममाथि दुर्व्यवहार भयो : सांसद चौधरी
सांसद चन्दा चौधरीले गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका समयमा आफूमाथि करिब १०० जना आएर दुर्व्यवहार गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रधानाध्यापक कुट्नेलाई कारबाही होस् : सांसद खतिवडा
प्रतिनिधि सभा बैठकमा सांसद घनश्याम खतिवडाले यही जेठ २४ गते मोरङको रत्नमाई नगरपालिका वडा नंं ९ का जनता माविका प्रधानाध्यापक ईश्वर खनाललाई कुटपिट गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभा बैठक : डाँचाराज वाग्लेको मृत्युबारे छानबिन गर्न माग
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद गिरिराजमणि पोखरेलले सर्लाहीका डाँचाराम वाग्लेको मृत्युका सम्बन्धमा गहनरुपले छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभयो ।
दुई विधेयक स्वीकृत
प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गरेको छ ।
शुक्रबारको प्रतिनिधि सभा बैठक
नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधि सभा बैठक जारी छ ।
महिला हिंसा अन्त्य गर्न माग
राष्ट्रियसभा सदस्य बीना पोखरेलले समतामूलक र न्यायपूर्ण सुन्दर समाज निर्माण गर्न पुरानो राजनीतिक प्रणाली परिवर्तन गरिए पनि सामाजिक मान्यतालाई अपेक्षा गरेअनुसार परिवर्तन गर्न नसक्दा महिलामाथि उत्पीडन, अत्याचार नरोकिएको बताउनुभएको छ ।
नेपाल र अमेरिकाबीच हुन लागेको सैन्य भ्रमणबारे सदनलाई जानकारी गराउन माग
नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले नेपाल र अमेरिकाबीच हुन लागेको सैन्य भ्रमणको उद्देश्य र एजेण्डाबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताउनुभएको छ ।
विपद्जन्य घटना र क्षति न्यूनीकरण तथा राहतको व्यवस्थापन गर्न ध्यानाकर्षण
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले मनसुन सुरु भइसकेकाले विपद्जन्य घटना तथा त्यसबाट उत्पन्न हुने असर न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
मल आपूर्ति र फोहाेर व्यवस्थापन गर्न सांसदद्वारा ध्यानाकर्षण
प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बजेटमा मन्त्रालयगत छलफल
प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि बिहीबार पनि मन्त्रालयगत छलफल जारी छ ।
‘किसानलाई मल, विद्यार्थीलाई पुस्तक र पीडितलाई न्याय खोइ ?’
जनताका आवाजलाई जनप्रतिनिधिले मुखरित गर्ने सार्वभौम संसदमा सांसदहरुले निकै गम्भीरतापूर्वक यस्ता प्रश्न उठाइरहेका छन् । संसदीय प्रणालीअनुसार व्यवस्थापिकाको जिम्मेवारी पाएको संसदमा उठेका आवाज र दिइएका निर्देशनलाई कार्यान्वयन गर्नु कार्यपालिका (सरकार) को दायित्व हुन्छ ।
राष्ट्रियसभामा चार प्रतिवेदन पेस
सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय सूचना आयोग र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७७/७८ पेस गर्नुभएको हो ।
मलको आपूर्तिका लागि भारतसँग कूटनीतिक पहल गरौं : डा. सङ्ग्रौला
नेपाली कांग्रेसकी सांसद डा. डिला सङ्ग्रौलाले देशमा भइरहेको मल अभाव आपूर्तिका लागि भारतसँग कूटनीतिक पहल गर्नुपर्ने बताउनुभएको छ ।