• १९ असार २०८१, बुधबार

विनियोजन विधेयकमाथिको छलफल

मन्त्रीहरुले जवाफ दिने क्रम सुरु (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, जेठ ३० गते । प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा सोमबार बिहानदेखि सुरु भएको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुहुँदै छ ।

बैठकमा विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम सकिएसँगै मन्त्रीहरुले जवाफ दिने क्रम सुरु भएको हो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयसम्बनधी विनियोजन शीर्षकका छलफलका क्रममा उठेका प्रश्नका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको हो ।