• ८ जेठ २०८१, मङ्गलबार

विश्व बजारको उतारचढावले मल आपूर्तिमा असहज : कृषि मन्त्री

blog

काठमाडौं, जेठ ३० गते । सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि रासायनिक मल अनुदानका लागि १५ अर्ब रुपियाँ विनियोजन गरेको छ ।

प्रतिनिधिसभाको सोमबार दोस्रो बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफमा  कृषि तथा पशुपंक्षी विकास मन्त्रि महिन्द्र राय यादवले सो कुरा बताउनुभएको हो ।

उहाँले थप मल आयात व्यवस्थाको लागि दुई पटक गरी १२ अर्ब ७१ करोड रुपियाँको सुनिश्चितता प्राप्त भएको समेत जानकारी दिनुभयो ।

कृषि मन्त्रालय रासायनिक मलको सहज आपूर्तिका लागि निरन्तर प्रयासरत जानकारी दिनुहुँदै मन्त्री यादवले अहिले विश्व बजारमा आएको उतारचढावका कारण मल आपूर्तिमा असहज भएको बताउनुभयो । 

कृषि सामग्री कम्पनी लिमिटेडले एक लाख पाँच हजार मेट्रिक टन र साल्ट ट्रेडिङकम्पनीले एक लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रक्रिया सुरु गरिए पनि समयमै मल ल्याउन नसकिएको उहाँको भनाइ छ ।

त्यस्तै, समयमै मल आपूर्ति नगर्ने ठेकेदारको ठेक्का रद्द गरी आवश्यक कारबाहीको प्रक्रिया सुरु गरिएको पनि उहाँले बताउनुभयो ।