• २२ असार २०८१, शनिबार

प्रतिनिधिसभाको अर्को बैठक आइतबार बिहान ११ बजे

blog

फाइल तस्बिर

काठमाडौं, जेठ २७ गते। प्रतिनिधिसभाको अर्को बैठक आइतबार बस्ने भएको छ। बैठकमा विनियोजन विधेयक– २०७९ अन्तरगत विभिन्न मन्त्रालयको बजेटमाथि छलफल हुनेछ। 

आइतबारको बैठकमा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकको बजेटमाथि छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। 

छलफलका लागि जेठ २९, ३०, ३१ र असार १ गतेसम्म छलफल हुनेछ।