• १५ असार २०८१, शनिबार

बालकलाई दूध चुसाउँदै अनशन बस्नु राज्यका लागि लाजमर्दो : सांसद थापा

blog

काठमाडौं, असार १ गते । नेकपा (एमाले)की सांसद थममाया थापाले दुधे बालक काख च्यापेर अनशनरत निहारिका राजपुतको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा भाग लिनुहुँदै सांसद थापाले एउटी आमाले दूध चुसाउँदै आमरण अनशन बस्ने कुरा राज्यका लागि लज्जास्पद भएको बताउनुभयो । अनशनरत निहारिकाको मुद्दामा तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न उहाँले माग गर्नुभएको छ ।

‘‘राजधानी काठमाडौंको सडकमा एउटा नेपाली चेली काखमा दुधे बालक बोकेर न्यायको माग गर्दै आमरण अनशन बसेकी छिन् । दुधे बालकललाई दूध चुसाउँदै आमरण अनशन बस्नुपर्ने कुरा राज्यका लागि लाजमर्दो कुरा हो,’’ उहाँले भन्नुभयो, ‘‘राज्यले थाहाँ नपाएर जस्तो गरेको छ । कानमा तेल हालेर बसेको छ ।’’

उहाँले राजयका हरेकजसो निकायमा पुगेर पनि निहारिकाले न्याय पाउन नसकेको बताउनुभयो ।

‘‘राज्यका हरेकजस्तो निकायमा पुगेर पनि निहारिकाले न्याय पाउन सकेकी छैनन् । उनलाई अदालतले समेत न्याय दिन सकेको छैन ।,’’ सांसद थापाले भन्नुभयो, ‘‘र, अहिले पाँचबुँदे माग राखेर उनी अनशनमा छिन् । उनको माग सम्बोधन गरियोस् ।’’