'टुक्रे योजना' कटौती गर्दै भीरकोट नगरपालिका
स्याङ्जाको भीरकोट नगरपालिका टुक्रे योजनामा कटौती गरेको छ । थोरै रकम छुटाएर स-साना योजनाहरूमा बजेट खर्च गर्दा विकासका काम नदेखिने भएकाले भीरकोट नगरपालिकाले टुक्रे योजनालाई कटौती गरेको जनाएको छ ।
दुई करोड ९२ लाखको खसीबोका बिक्री
दाङमा महिला उद्यमीले करिब तीन करोड मूल्य बराबरको खसीबोका बिक्री गरेका छन् । दसैँ–तिहार पर्वको अवसरमा जिल्लाका आठवटा सामाजिक उद्यमी महिला सहकारीमार्फत दुई करोड ९२ लाख ७० हजार नौसय ५८ रुपियाँ मूल्यको खसीबोका बिक्री गरेका हुन् ।
मुक्तिनाथमा दैनिक चार हजार पर्यटकको आगमन
हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । दसैँ सकिएलगत्तै मुक्तिनाथमा दैनिक करिब चार हजार धार्मिक पर्यटकको आगमन हुन थालेको हो ।
कपिलवस्तु दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या २ पुग्यो
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा भएको स्काेर्पियो र अटो दुर्घटनामामा थप एक जनाको मृत्यु भएको छ ।
बाढीपहिरोबाट २१ वटा झोलुङ्गे पुलमा क्षति
सिन्धुली जिल्लामा असोजको दोस्रो साता गएको बाढीपहिरोबाट २१ वटा झोलुङ्गेपुलमा क्षति पुगेको छ ।
क्षमताभन्दा बढी भएको मेलम्चीको पानी बागमती नदीमा पठाइँदै
मेलम्ची नदीबाट काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइरहेको मध्य प्रशोधन क्षमताभन्दा बढी भएको पानी बागमती नदीमा पठाउन थालिएको छ ।
सङ्कटमा डोम जाति
पछिल्लो समय सहरदेखि गाउँसम्म शौचालय सफाइ गर्ने आधुनिक मेसिन प्रयोगमा आएपछि डोम जातिको पेसा सङ्कटमा परेको छ । डोमहरू परम्परागत रूपमै सरसफाइ सम्बन्धी काम गर्ने गर्छन् ।
सवारी दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
बिहीबार बिहान जुम्लाबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी बराहताल गाउँपालिका– ८ हुर्केमा दुर्घटना भएको हो ।
जिससद्वारा दश व्यक्तित्व सम्मानित
जिल्ला समन्वय समिति ताप्लेजुङले आफ्नो जिम्मेवारीप्रति सक्रिय तथा समाजका लागि विशिष्ट योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ ।
‘जलवायु वित्तको नयाँ लक्ष्य असफल गराउने सुविधा कसैलाई छैन’
विश्व जलवायु सम्मेलन कोप—२९ को पूर्व सन्ध्यामा जलवायु वित्तको नयाँ लक्ष्यको लागि मस्यौदा (एनसिक्युजी) सार्वजनिक भएको छ ।
म्याद नाघेका वस्तु बजारमा
जिल्लामा भइरहेको बजार अनुगमनमा म्याद नाघेका वस्तु प्रशस्त भेटिने गरेका छन् । चाडपर्वको बेला गरिएका बजार अनुगमनमा धेरैजसो पसलबाट म्याद गुज्रिएको सामान बरामद हुने गरेको छ ।
मिथिलाका शिल्पी माटामा खेल्दै, हाटबजारमा जताततै माटाका भाँडा
मिथिला परम्परामा माटाका भाँडावर्तन शुद्ध हुने विश्वास तथा प्रयोग गरिने प्रचलनले यी पर्वमा बस्तीपिच्छेका बजारमा उत्साहपूर्वक क्रयविक्रय जारी छ । अन्य पर्वका बेला प्रायः नदेखिने कुम्भकारहरू पनि छैटका बेला नयाँ उमङ्गका साथ बजारमा भेटिन्छन् ।
स्कर्पियोले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते
कपिलवस्तुमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । बिहीबार बिहान सवा ९ बजे बुद्ध भूमि नगरपालिका २ गोरुसिङ्गेमा भएको दुर्घटनामा ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले बताउनु भयो ।
मुस्ताङबाट ९२ करोड मूल्यको स्याउ निर्यात
स्याउको राजधानी भनेर चिनिने हिमालपारिको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले रु ९२ करोड बढी जिल्लामा भित्र्याएका छन् ।
काभ्रेको तामाङ एकीकृत बस्ती अलपत्र
मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमुना एकीकृत बस्ती निर्माण बजेट अभावका कारण दुई वर्षदेखि रोकिएको छ ।
पिठ्युँमा चामलको भारी
कञ्चनपुर , कात्तिक ८ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लास्थित पिठ्युँमा चामल बोकेर लग्दै गरेका महिला। विकट बस्ती खल्ला, मुसेट्टी र टँडिखेलका स्थानीय तीन घण्टा पैदल ओहोरदोहोर गरेर किनमेल गर्छन्। तस्बिरः रासस
छतबाट लडेर मजदुरको मृत्यु
आलोकनगरस्थित एक घरको चौथो तलाबाट लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका–५का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको छ ।
कमला कि ट्रम्प
अमेरिकामा सन् २०२४ को नोभेम्बर ५ मा राष्ट्रपति निर्वाचन हुँदै छ ।
प्रेम, पीडा र प्राप्ति (कथा)
गाउँमा पहिलो पटक साक्षरता कक्षा सञ्चालन भएको थियो । साक्षर बन्न चाहने पाका उमेरका गाउँलेहरू अक्षर चिन्ने रहर पूरा गर्न कक्षामा आएका थिए । सुखद आश्चर्य चाहिँ के थियो भने कक्षामा पुरुषभन्दा महिला
काठेपुलमा जोखिमपूर्ण यात्रा
जुम्ला, कात्तिक ८ गते । जुम्लाको सिंजा गाउँपालिका १ जाँच गाउँ भएर नाग्म–मुगु जोड्ने सहायक सडकको काठेपुलमा जोखिम मोलेर गाडीमा यात्रा गर्दै यात्रु । तस्बिरः रासस
स्वास्थ्यकर्मीलाई ‘लाइफ सपोर्ट’ र ‘ट्रमा केयर’ तालिम
सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयले कुरिनटारस्थित पृथ्वी हाइवे ट्रमा सेन्टरमा आयोजना गरेको दुईदिने ‘लाइफ सपोर्ट’ र ‘प्राइमेरी ट्रमा केयर’ तालिम सम्पन्न भएको छ ।
पेचिलो युवा रणनीति
विगतको राष्ट्रिय युवा नीतिको समीक्षा तथा नयाँ नीति निर्माण आरम्भिक चरण (छलफल) मै रहँदा मूल मुद्दामा मन्थन भइरहेको छ ।
जेठो बुढो धान खाद्यले किन्यो
कास्कीको पोखरा महानगरपालिकाभित्र फल्ने रैथाने धान जेठो बुढो धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किन्ने भएको छ । पोखरा र आसपासको क्षेत्रमा लगाइने जेठो बुढो यहाँका उपभोक्ताबिच लोकप्रिय छ ।
चियाको इतिहास
वर्तमान विश्वमा चिया पानीपछिको सर्वाधिक पिइने पेय पदार्थमा पर्दछ ।