कोशी लगानी सम्मेलन : ७१ वटा परियोजना तयार
कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना हुन लागेको कोशी लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने भएको छ ।
कञ्चनजङ्घा बेस क्याम्पमा साइक्लिङ
कञ्चनजङ्घा आधार शिविर (बेस क्याम्प) क्षेत्रमा पहिलो पटक साइक्लिङ गरिएको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमशिखर कञ्चनजङ्घाको दक्षिणी आधार शिविर छेउको ओक्ताङ क्षेत्रमा पहिलो पटक साइक्लिङ गरिएको हो ।
निबेल-नयाँसाँघु-पालुङटार सडक कालोपत्रे सुरु
नेपालको राष्ट्रिय गौरवको आयोजनामध्ये मध्यपहाडी लोकमार्ग अन्तर्गत निबेल-नयाँसाँघु-पालुङटार-ठाँटीपोखरी सडक कालोपत्रे सुरु भएको छ ।
विद्यालयमा विपद् जोखिम न्यूनीकरण स्रोत केन्द्र सञ्चालन गरिने
त्यसका लागि तानसेन नगरपालिका, डिजास्टर एजुकेसन प्रोमोसन अफिस र सिटिनेट प्लस आर्टस् सेन्टर फर क्रियटिभ पार्टनरसिप्स डिजाइन एन्ड क्रियटिभ सेन्टर कोवे, जापानबीच त्रिपक्षीय सम्झौता भएको हो ।
नाबालक छोराको हत्या गरी गाड्ने आमा र बाबु पक्राउ
आफ्नै नौ वर्षीय छोराको हत्या गरेर शवलाई जमिनमुनि गाड्ने आमा र सौतेला बुवालाई प्रहरीले पक्राउ गरेको छ ।
बजेटमार्फत जनतालाई राहत दिनुपर्छः सचेतक पाण्डे
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आगामी आर्थिक वर्षको बजेट जनतालाई प्रत्यक्ष राहत दिने खालको हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्धः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
चित्रे पोखरी – भच्चेक सडक अनिश्चितकालका लागि बन्द
गुणबहादुर रोकासुलीकोट, वैशाख १७ गते । गोरखाको सिरानचोक गाउँपालिका – २ तारे पहरा अन्तर्गत पर्ने चित्रे पोखरी – भच्चेक सडक अनिश्चितकालका लागि बन्द भएको छ । गाउँपालिकाले सडक ढलान गर्न भन्दै चित्रे पोखरी – भच्चेक हुँदै सिरान डाँडासम्म पुग्ने सडक अर्को सूचना नआएसम्म लागि बन्द रहने सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेश अन्तर्गत पूर्वाधार कार्यकाल गोरखा मार्फत ५० लाख रुपियाँ लागतमा १९५ घन मिटर सडक ढलान, २७ घन मिटर ग्याबिन जाली र नाली मर्मत गर्नुपर्ने भएकाले गोरखाको ऐतिहासिक तथा पर्यटकीय स्थल अजिरकोटको भच्चेक सडकमा सवारी आबगमनमा पुर्ण रूपमा बन्द गरिएकाले वैकल्पिक मार्गको खोजी गरी सवारी साधन सञ्चालन गर्न सिरानचोक गाउँपालिकाले आग्रह गरेको छ । गर्मी बढेसँगै सडक बाटो भएर भच्चेक पुग्ने आन्तरिक पर्यटकहरू अत्यधिक मात्रामा आवतजावत गर्ने मुख्य सडक बाटो भएकाले पनि सडक मर्मत गरी सुचारु गर्न लागिएको सिरानचोक गाउँपालिकाले जनाएको छ । अहिले गोरखा सदरमुकाम देखि अन्य जिल्लाबाट भच्चेक हुँदै सिरान डाँडा जाने यात्रुलाई केही दिनको लागि असहज भएता पनि केही दिनपछि कालोपत्रे सडकबाट भएर सिरानचोकको केराबारी, नयाँ बजार थालाजुङ हुँदै प्रसिद्ध पर्यटकीय स्थल भच्चेकसम्म आवतजावत गर्न सहज यात्रा बनाइने गाउँपालिकाले विज्ञप्तिमा जनाएको छ । गाउँपालिकाले भच्चेक जाने सडक ढलान हुने भएपछि उक्त सडक खण्डमा सवारी आवतजावतमा पुर्ण रुपमा रोक लगाई सवारी प्रयोगकर्ताहरूले वैकल्पिक मार्गको रूपमा चित्रे पोखरीबाट माथिल्लो पाम –राम्चे – चिलाउने हुँदै भच्चेक सडक बाटो प्रयोग गर्न पनि गाउँपालिकाले आग्रह गरेको छ । बाटोको कारण यात्रुलाई पर्न गएको असुविधाप्रति गाउँपालिका सचेत रहेको बताइएको छ ।
दोलखा ‘रक क्लाइम्बिङ महोत्सव’ हुँदै
चरिकोट, वैशाख १७ गते । दोलखालाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न ‘सोक्ला रक क्लाइम्बिङ महोत्सव हुने भएको छ । महोत्सवमा क्लाइम्बिङ प्रतियोगितासमेत हुने आयोजकले जनाएको छ । सोक्लाश्वरी पर्यटन विकास समाजको आयोजनामा ‘एडभेन्चर क्लाइम्बिङ हब’को रूपमा दोलखाको सोक्ला भ्यालीको प्रवर्द्धन गर्ने उद्देश्यका साथ वैशाख २० र २१ गते महोत्सव आयोजना गर्न लागिएको हो । दोलखाको भीमेश्वर नगरपालिका २ स्थित सोक्ला भ्यालीमा आयोजना हुने यो तेस्रो संस्करणको महोत्सव रहेको पर्यटन विकास समाजले जनाएको छ । नेपाल पर्यटन बोर्ड र भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा दुई दिने रक क्लाइम्बिङ महोत्सव हुन लागेको पर्यटन समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिनुभयो । ‘साहसिक पर्यटनको विकास गर्ने उद्देश्यले सोक्लामा रक क्लाइम्बिङ सुरु गरिएको हो’, समाजका अध्यक्ष पाख्रिनले भने, ‘सोक्ला र चक्पा क्षेत्रमा पर्ने गुम डाँडाको भीर ४२० मिटरको पहाड हो। यही प्राकृतिक चटानमा रक क्लाइम्बिङ गन्तव्यको विकास गर्न महोत्सव आयोजना गरेका छौं ।’सोक्ला र चक्पाको भीरमा आयोजना गरिने रक क्लाइम्बिङको लागि २५-२५ मिटरको दुई वटा सिङ्गल पिचको रक रुट तयार गरिएको छ । यस वर्ष रक रुट सय मिटरको उचाइमा पुर्याउने लक्ष्य रहेको पर्यटन विकास समाजले जनाएको छ । पर्यटन विकास समाजले २०७८ देखि सोक्ला भ्यालीको चरा पर्यावरण, प्रकृतिसँगै संस्कृति, पर्यटन प्रवर्द्धन, पर्यटकीय पूर्वाधार विकासमा रचनात्मक कार्यहरू गर्दै आइरहेको छ । समाजले यसअघि जापानीज नागरिकहरूको हिकारी संङ गिफ्ट कार्यक्रम, फ्रान्सको दूतावासको सहयोगमा रक क्लाइम्बिङ हाइकिङ गरेका थिए । यसपछि समाजले साहसिक गन्तव्यको रूपमा सोक्ला भ्यालीलाई प्रवर्द्धन गर्ने क्रममा रक क्लाइम्बिङ परियोजना सञ्चालन गर्दै आइरहेको छ । समाजका अध्यक्ष पाख्रिनले सोक्ला भ्यालीमा साहसिक गन्तव्यको विभिन्न सम्भावना भएको बताए । यहाँ बन्जिजम्प, जिपलाइन, साइक्लिङ, चराका प्रजाति अध्ययन केन्द्र, मरेङ खोलामा क्यानोनिङ, सिंगटीदेखि सोक्ला भ्यालीसम्म र्याफ्टिङ जस्ता सम्भावना भएको पाख्रिनको भनाइ छ । ‘भीमेश्वरको सोक्ला भ्याली सम्भावना बोकेर पनि ओझेलमा परेको पर्यटकीय साहसिक गन्तव्य हो,’ अध्यक्ष पाख्रिनले भन्नुभयो,‘तर, स्थानीय तहले यस विषयमा अध्ययन अनुसन्धान र सम्भावनाको विषयमा खोजी गर्न सकेको छैन ।’ सदरमुकाम चरिकोटबाट आठ किलोमिटर दुरीमा रहेको सोक्ला गाउँ धार्मिक एवं सांस्कृतिक रूपमा समेत महत्त्वपूर्ण छ । सोक्ला गाउँ विशेष गरी कृषि पर्यटनसँगै, पर्यापर्यटन, साहसिक पर्यटन, चरा पर्यापर्यटन, गौरीशङ्कर शृङ्खलाको दृश्य हेर्ने गन्तव्य र धार्मिक अध्ययन अनुसन्धानका लागि यो क्षेत्र प्रसिद्ध छ ।महोत्सवका लागि माउन्टेन गाइड एसोसिएसन अफ नेपालले प्राविधिक पक्षको संयोजन गरेका छन् । रक क्लाइम्बिङ उद्घाटन समारोहमा स्थानीय झाँकी, ताम्बा, झाँक्री, मारुनीसँगै पञ्चै बाजाको समेत प्रस्तुति रहनेछ । सोक्लाश्वरी पर्यटन विकास समाजले विगत पाँच वर्षदेखि सोक्ला रक क्लाइम्बिङ प्रवर्धनमुखी कार्यक्रमहरू गर्दै आइरहेको छ । रक क्लाइम्बिङ महोत्सवमा तीन सयको सहभागिता रहने अपेक्षा गरिएको छ ।
उत्पीडित जातीय मुक्ति समाजको अध्यक्षमा सुनाम
सत्तारुढ दल नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज ताप्लेजुङको अध्यक्षमा नरबहादुर सुनाम चयन हुनुभएको छ । समाजको छैटौं जिल्ला अधिवेशनले सुनाम अध्यक्ष रहेको २५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।
एक दशकमा पनि बनेन तीन किलोमिटर सडक
एक दशक बित्दासमेत बुटवलको मुख्य सडक स्तरोन्नतिको काम सकिएको छैन ।
जाँतोमा मकै पिस्दै
म्याग्दी, वैशाख १७ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाकी वृद्धा कुटानी पिसानीको परम्परागत घरेलु उपकरण जाँतोमा मकै पिसेर पिठो बनाउँदै । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित हालसम्म सडक यातायातको सुविधा नपुगेको गुर्जाका बासिन्दाले कुटानी पिसानीका लागि जाँतो, ढिकी र घट्टको प्रयोग गर्छन् । तस्बिरः रासस
आगलागीबाट दस करोड रुपियाँभन्दा बढी क्षति
पछिल्लो समय गुल्मीमा आगलागीका घटना वृद्धि हुँदै गएका छन् । पछिल्लो चार आर्थिक वर्षको तथ्याङ्क अनुसार जिल्लामा ५७० वटा आगलागीका घटनामा १६ जनाको मृत्यु भएको छ भने १० करोडभन्दा बढीको क्षति भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित शेर्पा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित शेर्पा भाषा
फोहोरमैला व्यवस्थापन जटिल
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा फोहोर व्यवस्थापनको विषय जटिल बन्दै गएको छ । फोहोर व्यवस्थापनका लागि स्थायी संरचना नहुँदा फोहोरको दिगो व्यवस्थापन जटिल बनेको हो ।
अतिक्रमण गरिएको आठ बिगाहा जग्गा खाली
पुरुषोत्तम सुवेदीनवलपरासी पश्चिम, वैशाख १७ गते । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले अतिक्रमित सार्वजनिक जग्गामा डोजर लगाएर उक्त जग्गा खाली गराएको छ । पटक पटक ताकेता गरे पनि अटेर गरिएपछि पालिकाले विभिन्न ठाउँका अतिक्रमित जग्गा खाली गराएको हो ।अहिलेसम्म झन्डै आठ बिगाहा सार्वजनिक जग्गा खाली गराएर विभिन्न संरचना निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनु भयो । व्यक्तिहरूले विद्यालय तथा अन्य सार्वजनिक जग्गा अतिक्रमण गरी विभिन्न भौतिक संरचना निर्माण गर्न थालेपछि गाउँपालिकाले रोक लगाएर अतिक्रमित जग्गा खाली गराएको हो।वडा नम्बर ३ मा प्रशासनिक भवन निर्माणका लागि १९ कट्ठा जमिन खाली गराइएको, वडा नम्बर ५ मा १५ शय्या अस्पताल निर्माणका लागि २ बिघा १२ कट्ठा त्यसै गरी वडा नम्बर ७ मा विद्यालयको नाममा रहेको जग्गा वडा कार्यालय निर्माणका लागि जोत भोग गरिरहेको अवस्थामा खाली गराइएको अध्यक्ष चौधरीले जानकारी दिनु भयो ।यस्तै अतिक्रमित भएका अन्य स्थानहरू पनि खाली गराइएको उहाँले जानकारी दिनुभयो ।सार्वजनिक जग्गा अतिक्रमण भएका ठाउँहरूमा पालिका निर्मम भएर अघि बढ्ने अध्यक्ष चौधरीले बताउनु भयो ।अतिक्रमित जग्गा खाली गराई पालिकाले खेल मैदान निर्माणका लागि चरणबद्ध रूपमा २० लाख बजेट विनियोजन गरेर काम सुरु गरेको छ। अतिक्रमण गरेका जमिनलाई खाली गराएर विकास निर्माण र अन्य आवश्यकता अनुसारका काम अघि बढाइने र यो अभियान निरन्तर जारी रहने प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रले बताउनुभयो ।
बाह्र प्रतिशतमा मोतीविन्दु
म्याग्दीको दुर्गम बस्ती मल्कवाङमा सञ्चालन गरिएको आँखा शिविरमा परीक्षण गराएकामध्ये १२ प्रतिशतभन्दा धेरैमा मोतीविन्दुको समस्या देखिएको छ ।
सुरु भयो यो वर्षको यार्सागुम्बा सङ्कलन
यस वर्षको यार्सागुम्बा सङ्कलन सुरु भएको छ । वैशाख दोस्रो हप्तापछि सुरु हुने यार्साको समय असार अन्त्यसम्मै रहने गरेको छ ।
आकर्षणको केन्द्र बन्दै चट्टानको बगैँचा
चारैतिर ठुला ठुला ढुङ्गा, कतै ओडार त कतै गुफा देखिन्छन् । ढुङ्गाको बिचबाटै सुरुङमार्ग खनिएको छ । काला रङका ढुङ्गाले ढपक्कै ढाकिएको छ खानीगाउँ । ढुङ्गाका यी ओडार धेरै पहिला गाउँलेको शौच गर्ने थलो थियो ।
स्वास्थ्य प्रमुख नै निःशुल्क औषधी विक्री गर्छन्
स्वास्थ्य कार्यालय ओखलढुङ्गा रुम्जाटारका कार्यालय प्रमुख अहमद मन्सुरीको निजी मेडिकलमा नेपाल सरकार मार्फत निःशुल्क वितरण हुने औषधी विक्री गरिएको तथ्य फेला परेको छ ।
सामुदायिकका विद्यार्थी निजीतर्फ
शिक्षकको आन्दोलनले विद्यालय सुनसान छ । सो आन्दोलनले विद्यार्थी पनि मर्कामा परेका छन् । गत चैत २० देखि वैशाख दोस्रो हप्तासम्म सुनसान विद्यालयले विद्यार्थी पर्खेका छन् ।
राजमार्ग विस्तार हुँदा उठिबास
पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा सडकको चौडाइ १६५ फिट कायम गरिने भएपछि मोरङको पथरीशनिश्चरे–१०, जिरीखिम्तीका सात परिवारको घरबास उठ्ने भएको छ । विसं २०५८ मा तत्कालीन सुकुमवासी समस्या समाधान आयोगले १० वर्षसम्म बेचबिखन गर्न नपाइने गरी वितरण गरेको धनीपुर्जा प्राप्त गरेका सात परिवारको घरबास हुँदै सडक विस्तार हुने भएपछि उनीहरूको उठिबास हुन लागेको हो ।
कर्णाली राजमार्ग लगानी अनुसार भएन सुधार
सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग सधैँ जीर्ण छ । सरकारको लगानी अनुसारको सुधार नहुँदा राजमार्ग जीर्ण भएको हो । मर्मत गरेको एक महिनामै सडक भत्किने, राखिएको ओटासिल उप्किने भएकाले लगानी अनुसारको सुधार नदेखिने गरेको हो ।
‘ब्लड बैङ्क’ नहुँदा जोखिममा सुत्केरी
जिल्ला अस्पताल हुम्लामा ब्लड बैङ्क नहुँदा सुत्केरीको ज्यान जोखिममा पर्ने गरेको छ । सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना गरे पनि स्वास्थ्य संस्थामा ब्लड बैङ्क नभएकै कारण सुत्केरी महिलाको ज्यान जोखिममा पर्ने गरेको हो ।