अनिल पराजुली
हेटौँडा, वैशाख १६ गते । मकवानपुरको बागमतीमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । बागमती गाउँपालिका–३ देउजोर स्थित सूर्य किरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा सोमवार साँझ इलाम नगरपालिका–९ बस्ने ४६ वर्षीय दिलकुमार लिम्बूको रुखले च्यापिएर मृत्यु भएको हो ।
रुखले च्यापिएर मृत्यु भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । राति नै घटनास्थलमा पुगेर प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
मुचुल्काका लागि मङ्गलवार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक विश्वनाथ साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।