नारायणघाट–बुटवल दाउन्नेको सडक १५ दिन बन्द
बोमलाल गिरीनवलपुर, वैशाख १६ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड थप १५ दिन राति ६ घण्टा बन्द हुने भएको छ । यसअघि वैशाख १५ गतेसम्म राति ६ घण्टा बन्द गर्ने भनिए पनि बाटो विस्तारको काम नसकिएको भन्दै सडक आयोजना निर्देशनालयले थप १५ दिन बाटो बन्द गर्ने जनाएको हो । निर्देशनालयले आज मङ्गलवार एक सूचना निकाली वैशाख ३१ गतेसम्म राती ११ देखि बिहान ५ बजेसम्म बाटो बन्द गरिने जनाएको छ । यसअघि चैतमा ५ दिन दिउँसो चार घण्टा सवारी आवागमन रोकेर काम गरिएको थियो । बाटो बन्द भएको बेला बुटवल तर्फ जाने बस, मिनिबस, माइक्रो, बस तथा साना सवारी साधनलाई होङ्सी सिमेन्ट गेट दुम्किबास बजार खण्डमा र नारायणघाटतर्फ जाने सवारी साधनलाई चिसापानी बर्दघाट खण्डमा रोकिने आयोजनाले जनाएको छ । त्यस्तै बुटवल तर्फ जाने मालवाहक सवारी साधनलाई चोरमारा–आरुणखोला बजार खण्डमा र नारायणघाट तर्फ जाने मालवाहक साधनलाई ज्यामिरे हकुई खण्डमा रोकिनेछ । घाम लाग्दा दुई फिटसम्म धुलो र हल्का पानी पर्ने बित्तिकै हिलोले गाडी गुड्नै नसक्ने अववस्था रहेकोमा यो खण्ड भएर यात्रा गर्नेहरुले थप सास्ती पाउने भएका छन् । दाउन्ने खण्डको १४ किलो मिटर पार गर्न घण्टौँ लाग्ने गरेको यात्रुले बताएका छन् ।सवारी साधन नै रोकेर बाटो विस्तारको काम गर्ने भएपछि वैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले चालकलाई अनुरोध गरेको छ । पूर्वबाट पश्चिम जाने सवारी साधनले गैँडाकोटदेखि कालिगण्डकी करिडोरको सडक र पूर्वबाट पश्चिम नारायणघाट तर्फ आउने सवारी साधनले बुटवलबाट पाल्पा हुँदै कालिगण्डकी कोरिडोरकै सडक प्रयोग गर्न सक्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनक बन्जाराले बताउनुभयो ।
रुखले च्यापिएर लिम्बूको मृत्यु
अनिल पराजुलीहेटौँडा, वैशाख १६ गते । मकवानपुरको बागमतीमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । बागमती गाउँपालिका–३ देउजोर स्थित सूर्य किरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा सोमवार साँझ इलाम नगरपालिका–९ बस्ने ४६ वर्षीय दिलकुमार लिम्बूको रुखले च्यापिएर मृत्यु भएको हो । रुखले च्यापिएर मृत्यु भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । राति नै घटनास्थलमा पुगेर प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । मुचुल्काका लागि मङ्गलवार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक विश्वनाथ साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।
रोकिएको जग्गा नापजाँचको काम सुरु
तुलसीपुर उपमहानगरपालिकाले भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोवासीको जग्गा नाप नक्साङ्कनको काम सुरु गरेको छ । राष्ट्रिय भूमि आयोग दाङको समन्वयमा उपमहानगरले जग्गा नाप्न सुरु गरेको हो ।
भुक्तानी नपाए बाँकी काम रोकिने
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरमा निर्माण व्यवसायीले भुक्तानी नपाए काम रोक्ने जनाएको छ ।
खुल्न थाले सामुदायिक विद्यालय
नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण पच्चिस दिनदेखि बन्द रहेका सामुदायिक विद्यालय खुल्न थालेका छन् ।
आगलागीका घटना बढ्दै, छैन दमकल
स्थानीय सरकार सञ्चालन भएको आठ वर्ष पूरा भइसक्दासमेत बर्दियाका कतिपय स्थानीय तह अझैसम्म पनि दमकलविहीन छन् ।
लौकाखेतीबाट चार लाख आम्दानी
सुनसरीगढी गाउँपालिका–५ का अनुरुप उराँवले सात कठ्ठा जग्गामा लौकाखेती गरी एक याममा रु चार लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।
अपेक्षित नतिजा नआउँदा मुख्यमन्त्री असन्तुष्ट
कर्णालीमा पूर्वाधार विकासले अपेक्षित गति लिन सकेको छैन ।
लेकतर्फ लाँदै भेडीगोठ
बेँसीका भेडीगोठमा रहेका भेडाका बथान चरनका लागि लेक र हिमाली भेगतर्फ लागेका छन् । चिसो मौसममा चरनमा समस्या भएपछि बेँसी झरेका भेडा गर्मी सुरु भएसँगै फेरि लेकतर्फ गएका हुन् ।
भजहरमा रमाउँदै कैलालीका थारू समुदाय
लस्करै खाना पकाउन चुलो लगाइएको थियो । कोही खाना पकाउन व्यस्त देखिन्थे भने कोही खाना भाग लगाउन व्यस्त देखिन्थे । छेउमै थारू समुदायले गाउने ‘सजना’ सुकमैया र रामलाल चौधरी गीत गाउनमा व्यस्त थिए ।
विदेशी पर्यटकले भरिभराउ मन्थली
यतिबेला सर्वोच्च शिखर सगरमाथामा वसन्त ऋतुको आरोहण चलिरहेको छ । यही कारण रामेछापको मन्थली विमानस्थल आरोहण तथा ट्रेकिङमा जाने विदेशी पर्यटकले भरिभराउ छ । सरकारले वसन्त ऋतुको मौसम चैतदेखि जेठसम्म र शरद ऋतुको असोज पहिलो सातादेखि मङ्सिर १५ सम्म मन्थली विमानस्थलबाट सगरमाथा क्षेत्र भ्रमणका लागि आएका पर्यटकलाई सोलुखुम्बुको लुक्ला लैजाने र ल्याउने व्यवस्था गरेको छ ।
झोरेनीमा पर्यटन महोत्सव
ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा ‘सिरिजङ्घा पर्यटन महोत्सव–२०८२’ सोमबार सम्पन्न भएको छ । कञ्चनजङ्घा क्षेत्र अन्तर्गत करिब तीन हजार चार सय मिटर उचाइ रहेको सिरिजङ्घा गाउँपालिका–८, याम्फुदिनको झोरेनीमा महोत्सव आयोजना गरिएको हो ।
अपाङ्गताले छेकेन उद्यमी बन्न
अपाङ्गता भएका बैतडीका ५६ वर्षीय गजेन्द्रसिंह कार्की आफ्नै साहस र हिम्मतले उद्यमी बन्नुभएको छ । बैतडीमै पहिलो पटक चप्पल उद्योग खोलेर उहाँ आफैँ मेसिन उपकरण चलाउँदै आत्मनिर्भर बन्नुभएको छ ।
महिला नेतृत्व स्वीकार्न आनाकानी
कैलारी गाउँपालिका–३ की शान्तिदेवी चौधरीले शिव सामुदायिक वन उपभोक्ता समूहको नेतृत्व गरेको केही वर्ष बितेको छ ।
रेस्क्यूलाई उडेको हेलिले यात्रु र सामान बोकेमा कारबाही
नेपाली सेनाका बाहेक निजी कम्पनीका करिब ३० वटा बढी हेलिकप्टर नेपालका आकाशमा उड्ने गर्छन् । यी कम्पनीहरूको प्रतिस्पर्धा र कमाऊ धन्दाले गर्दा उद्धार प्रयोजनमा उडेका हेलिकप्टरहरू उड्ने र बस्ने दुवै ठाउँमा प्यासेन्जर र सामाग्रीहरू खोजी गर्ने गर्छन् । यो तितो सत्य आम सेवाग्राही र बिरामीले भोग्नु परेको भन्दै सरकारले हेलिकप्टरको प्रयोग बारे गम्भीर भएर नियमन गर्नु पर्ने जरुरी भएको लाक्पा शेर्पाको माग छ ।
सरकारी विद्यालय सुनसान निजीमा धमाधम भर्ना
शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयमा भर्ना अभियान र पठनपाठन बन्द भएपछि विद्यार्थीहरू संस्थागत (निजी) विद्यालयमा भर्ना हुन थालेका छन् ।
अर्थतन्त्रका सूचकमा सुधार
विश्व अर्थतन्त्र अहिले सङ्कटमा छ । लक्षित आर्थिक वृद्धि पूरा हुन कठिन हुँदै छ ।
अवसरसँगको चिनियाँ सहयात्रा
गत मार्च २८ तारिखका दिन चिनियाँ राष्ट्रपति सी चिनफिङले पेइचिङस्थित पिपल्स ग्रेट हलमा अन्तर्राष्ट्रिय उद्योग तथा वाणिज्य सेक्टरका प्रतिनिधिसँग भेटवार्ता गर्नुभयो ।
नेपालको भूराजनीतिक चुनौती
कुनै पनि देशको भौगोलिक अवस्थितिका कारण विशेष गरी अन्तर्राष्ट्रिय सम्बन्ध प्रभावित हुन्छ भने त्यसलाई भूराजनीति भनिन्छ ।
बजेटले सम्बोधन गर्नुपर्ने विषय
अर्थतन्त्रलाई सामान्य रूपमा हेर्दा चलिरहेको जस्तो देखिन्छ ।
समावेशी विकासका आयाम
विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो ।
लघुकथा लेखन प्रशिक्षण
नेपाली लेखक सङ्घ रुपन्देहीको आयोजनामा लघुकथा र यसका आयाम विषयक एकदिने लघुकथा लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
‘बिपीको समाजवाद र स्थानीय सरकार’ लोकार्पण
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले नेपालको विकासका लागि बोक्नुभएको समाजवादी चिन्तनको सार्थक कार्यान्वयनको विषयमा लेखिएको पुस्तक ‘बिपीको समाजवाद र स्थानीय सरकार’ लोकार्पण गरिएको छ ।
सोखको काम : मनग्गे दाम
गुल्मी तम्घासका भित्तामा ४४ वर्षीय नरबहादुर विके र ३८ वर्षीय प्रदीप थारूले कोरेका चित्रले धेरैलाई लट्ठ बनाएको छ । उहाँहरूले दुई पटक गरेर करिब एक महिना तम्घासमा चित्र कोरिरहनुभएको छ ।