बालबालिकालाई डिजिटल साक्षरता दिँदै टिकटक
सामाजिक सञ्जाल टिकटकले बागमती, गण्डकी र कोशी प्रदेशका सात जिल्लाका १४ स्कुलका बालबालिकालाई लक्षित गरेर डिजिटल साक्षरता चलाउन थालेको छ ।
जलवायु कोषबाट रकम प्राप्त गर्न नेपाल योग्य
नेपाल जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नका लागि अनुकूलन कोषबाट रकम प्राप्त गर्न योग्य ठहरिएको छ ।
भष्ट्राचार मुद्दामा विशेष अदालतले गरेको फैसला बदरको माग गर्दै अख्तियार सर्वोच्चमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मुद्दाका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
धरहरा प्रवेश सशुल्क गर्ने सरकारको निर्णय
सरकारले शुल्क लिएर धरहरा सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर असोज ३ गतेदेखि निःशुल्क रूपमा धरहरा सञ्चालन गर्दै आएको सरकारले अब भने शुल्क लिएर घरहरा सञ्चालन गर्ने भएको हो ।
गण्डकीमा कृषि भूमि घट्यो
गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनमा पाइएको छ । केन्द्रीय बैङ्कले शुक्रबार सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०-८१’ मा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब सात दशमलव सात प्रतिशतले घटेको उल्लेख छ ।
आजका विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबारको तुलनामा आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर, चिनियाँ युआन लगायतको मूल्य घटेको छ । कुवेती दिनार, थाईभाटलगायतको भने मूल्य बढेको छ ।
अनुत्तीर्णलाई माथिल्लो अवसर
पर्याप्त पेसागत सिप भए पनि शैक्षिक योग्यताका कारण माथिल्लो तहको रोजगारीमा जान नपाएका वा शैक्षिक संस्थामा पढाइका लागि भर्ना हुन नपाएका व्यक्तिलाई बाटो खुलाउने कानुनी व्यवस्था गर्न लागिएको छ ।
घुस रकमसहित सुब्बा अख्तियारको फन्दामा
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बालाई अख्तियारको टोलीले घुससहित शुक्रबार पक्राउ गरेको छ ।
‘नेपाली पत्रकारितामा मालिकहरुको रजगज छ’
वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष किशोर नेपालले नेपाली पत्रकारितामा अझै मालिकहरुको रजगज रहेको बताउनुभएको छ ।
अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनविपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट पर्नुभएको छ।
लुम्बिनीमा हजार गुम्बा विहारको उद्घाटन
बुद्ध जन्मस्थल लुम्बिनीस्थित पाल थुव्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर)को उद्घाटन गरिएको छ ।
जुम्लाका ८ वटै स्थानीय तह साक्षर घोषणा
जुम्लाका आठ स्थानीय तह साक्षर घोषणा भएका छन् ।
आगलागी पीडित परिवारलाई पालिका र वडाको राहत
रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीमा भएको आगलागी पीडित परिवारलाई वडा कार्यालय र पालिकाले राहत उपलब्ध गराएको छ ।
दलित बस्तीमा 'एक घर एक धारा'
ओखलढुङ्गा केउरिनी गाउँको दलित बस्तीमा 'एक घर एक धारा' खानेपानी सुविधा पुगेको छ ।
दस प्रतिशत अनिवार्य निःशुल्क सेवा प्रदान गर्न नगरपालिकाको निर्देशन
नेपालगन्ज उपमहानगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण निजी स्वास्थ्य संस्था तथा सबै अस्पताललाई बिरामीलाई उपचार गर्दा १० प्रतिशत अनिवार्य रुपमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन गरेको छ ।
खर्च जोहो गर्न पोखरामा राउटे समुदाय
कुनै बेला पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्ने राउटे समुदायहरु अहिले चाडपर्व मनाउनका लागि पैसा उठाउँदै हिँड्ने गरेका छन् ।
माछाका भुराको माग उच्च
मत्स्यविकास केन्द्र भण्डाराले यस आर्थिक वर्षमा छ करोड ७१ लाख माछाका भुरा बिक्रीका लागि तयार गर्दैछ । कार्यालयले चालु आवमा चारदेखि सात दिनका छ करोड भुरा, एक महिनासम्मका ६५ लाख र दुई महिनादेखि तीन महिनाका छ लाख माछाका भुरा बिक्रीवितरण गर्ने लक्ष्य लिएको छ ।
प्रथम देवचुली कप फुटबल प्रतियोगिता हुँदै
नवलपुरको देवचुलीमा शुक्रबारदेखि प्रथम देवचुली कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । आयोजक शान्तिदीप युवा क्लब देवचुली नगरपालिका –१० पृथ्वीनगरको आयोजनामा देवचुली गोल्डकप सञ्चालन हुन लागेको हो ।
बस दुर्घटनामा १७ जना घाइते
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ चुरियामाई मन्दिर नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।
सुन्तला बिक्री गर्ने तयारीमा गुल्मीका किसान
गुल्मीको धुर्कोट गाउँपालिका–२ पीपलधाराका विष्णुप्रसाद खनालको सुन्तला खेती पुर्ख्याैली पेसा हो । उहाँको अहिले २९ रोपनी बारीमा सुन्तला बगैँचा छ ।
पूर्वाधार मन्त्री राईद्वारा दुई पालिका जोड्ने मोटरेबल पुल शिलान्यास
खोटाङको जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिका जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ ।
प्रविधितर्फ आकर्षित हुँदै कृषकहरु
पाल्पाको निस्दी गाउँपालिका –४, मुढाबासका कृषकहरु थ्रेसरको सहायताले धान झार्दै । प्रविधिको प्रयोगले खर्च र समयको बचत हुने भएपछि पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रका कृषकहरु आधुनिक प्रविधितर्फ आकर्षित भएका हुन् ।
सामुदायिक विद्यालय पढ्ने छात्रालाई एक हजार
तनहुँको एक पालिकाले सामुदायिक विद्यालयमा भर्ना भएका छात्राको खातामा एक हजार रुपियाँ जम्मा गर्न थालेको छ । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्दै गुणस्तर शिक्षाका लागि खाता खोलिदिएको हो ।
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मङ्गला गाउँपालिका –५ पिपलबोटका भीमबहादुर सापकोटालाई यसपाली खेतको धान नकाट्दै पोखरा र बागलुङ गलकोटबाट पाँच मुरी ‘गौरिया’ धानको चामलको माग आयो ।