विधेयकमा प्रस्तावित व्यवस्थाको आलोचना
राष्ट्रिय सभाका सदस्य तथा शिक्षाविद्ले शैक्षिक संस्थाको पाठ्यक्रम निर्माणबारे प्रस्तावित व्यवस्थाको आलोचना गरेका छन् ।
वैदेशिक रोजगारीको पीडा, पाँच महिनामा १९ करोड ठगी
चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा वैदेशिक रोजगारीका क्रममा १९ करोड ३९ लाख ८६ हजारभन्दा बढीको ठगी भएको छ ।
सादगी नायक ‘किसुनजी’
प्रजातन्त्र पुनर्स्थापानाका लागि २००७ सालको जनआन्दोलनका नायक, सन्त नेता, पूर्र्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सोमबार १०१ औँ जन्मजयन्ती ।
प्याज खेतीको तयारी गर्दै कृषक
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका –१५ गोडारमा सामूहिक रूपमा प्याज रोप्नका लागि जमिन तयारी गर्दै कृषक । स्थानीय ३० जना किसान मिलेर साढे दुई बिघा जमिनमा प्याज खेती गरेका छन् ।
फूलचोकी जङ्गलमा हराएकाहरु प्रहरी सम्पर्कमा
फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा पुगेको प्रहरीले जनाएको छ । सोमबार दिउँसोदेखि बाटो भुलेर जङ्गलमा हराइरहेकाको उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।
धनगढीमा शैक्षिक महोत्सवको तयारी
मंगलबारदेखि धनगढीमा हुने ‘नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ को तयारी पूरा भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा हुने शैक्षिक महोत्सवको तयारी पूरा भएको हो ।
कारको ठक्करबाट लामाको मृत्यु
त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा उपमहानगरपालिका १ तिरतिरेधारास्थित सडकखण्डमा भारतीय कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक हेटौँडा उपमहानगरपालिका १, स्थित चौकीटोल बस्ने युवराज लामाको मृत्युभएको छ ।
ज्येष्ठ नागरिकलाई घरदैलोमै न्यानो सामग्री
सामाजिक दायित्व र ज्येष्ठ नागरिकको सम्मानका लागि दशरथचन्द नगरपालिकाले न्यानो सिरक र तातोपानी खान थर्मस बितरण गरेको छ । नगरपालिकाले न्यानो सामग्री वितरणसम्बन्धी मापदण्ड बनाएर ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर सामग्री वितरण सुरु गरेको हो ।
झापा कपको उपाधि चर्च ब्वाइजलाई
झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपियाँ प्राप्त गरेको छ ।
सङ्घर्षशील सहकारीका अध्यक्ष र सचिव पक्राउ
कास्कीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले सङ्घर्षशील बचत तथा ऋण सहकारी सञ्चालक समिति अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ ।
एघार पटक सगरमाथा उक्लेका शेर्पा किन गुमनाम भए ?
एक पटक सगरमाथा उक्लिन जीवन लगाएर प्रयास गर्नेहरु हरेश खाएर फर्किन्छन् । पटक पटक उक्लिने प्रयास गर्नेहरु पनि असफल भएर हराउँछन् । एक युवा ११ पटक सगरमाथाको शिखर चुमेर पनि गुमनाम भएको सुन्दा आश्चर्य लाग्न सक्छ ।
स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न किशोरीहरुको माग
धनुषाको जनकनन्दनी गाउँपालिकाका किशोरीले सामाजिक सरोकारका मुद्दाहरु उठान गरी स्थानीय सरकारसँग सम्बोधन गराउन पहल सुरु गरेका छन् ।
आहार खुवाएर गिद्धको स्याहार गर्दै नेपाली
कुनै समय थियो गिद्धलाई छोयो भने पाप लाग्छ, गिद्धले दिशा गर्यो भने नराम्रो हुन्छ । यस्तै, पुरातन सोंच व्याप्त रहेको बेला यामबहादुर नेपाली गिद्धको संरक्षण मात्र होइन, गिद्धलाई आहार खुवाउने काममै जुट्नुभयो ।
भरुवा बन्दुकसहित दुई पक्राउ
सुनसरीको वराहक्षेत्र नगरपालिका-१ तल्लो बगुवा टोलबाट तीन नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।
बाँकेका तीन वटा उद्योग विरुद्ध मुद्दा दायर
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षमा बाँकेका तीन वटा उद्योग विरुद्ध मुद्दा दायर गरेको छ ।
राक्सिराङ्ग गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा
मकवानपुरको राक्सिराङ गाउँपालिकाको कार्यालयले इसाई धर्मावलम्बीहरुले पर्व क्रिसमसको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
रावल बने पाँचौ क्रसकन्ट्री दौडको च्याम्पियन
नेपाली सेनाका धावक करण रावल पाँचौ क्रसकन्ट्रीको च्याम्पियन बन्नुभएको छ ।
धरानमा सङ्गीत जात्रा सुरु
मौलिक तथा जातीय भेषभुषा, साँस्कृतिक प्रर्दशनी, जातीय परिकार सहितको अर्गानिक खाद्यान्नलाई प्राथमिकता दिएर आयोजना गरिएको “सङ्गीत जात्रा–२०८१” सुरु भएको छ ।
म्याद गुज्रेको सामग्री नष्ट
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको अयोजनामा भएको बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामग्रीहरु नष्ट गरिएको छ ।
अमला बिक्री गरेर आम्दानी गर्दै सामुदायिक वन
अमलाको फल बिक्री गरेर दाङका सामुदायिक वनहरुले राम्रो आम्दानी गर्दै आएकाे छ ।
महुरे-फोक्सिन्टार सडक कालोपत्रेको काम पुनः सुरु हुने
सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–दिक्तेल खण्डको महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम पुनः सुरु हुने भएको छ ।
खानेपानी पुग्ने आशामा स्थानीय
साँगुरीगढी गाउँपालिका-७ महाभारतमा खानेपानीको चरम समस्या छ ।
भानु जन्मस्थललाई साहित्यिक तीर्थस्थल बनाउन पहल
नेपाली भाषाका आदिकवि तथा राष्ट्रिय विभूति भानुभक्तको आचार्यको जन्मथलोलाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्न महोत्सव हुने भएको छ ।
राम्दी पुल निर्माण तीव्र
पाल्पा र स्याङ्जा जिल्ला जोड्ने राम्दी पुल निर्माणले तीव्रता पाएको छ ।