म्याद गुज्रेको सामग्री नष्ट
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको अयोजनामा भएको बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामग्रीहरु नष्ट गरिएको छ ।
अमला बिक्री गरेर आम्दानी गर्दै सामुदायिक वन
अमलाको फल बिक्री गरेर दाङका सामुदायिक वनहरुले राम्रो आम्दानी गर्दै आएकाे छ ।
महुरे-फोक्सिन्टार सडक कालोपत्रेको काम पुनः सुरु हुने
सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–दिक्तेल खण्डको महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम पुनः सुरु हुने भएको छ ।
खानेपानी पुग्ने आशामा स्थानीय
साँगुरीगढी गाउँपालिका-७ महाभारतमा खानेपानीको चरम समस्या छ ।
भानु जन्मस्थललाई साहित्यिक तीर्थस्थल बनाउन पहल
नेपाली भाषाका आदिकवि तथा राष्ट्रिय विभूति भानुभक्तको आचार्यको जन्मथलोलाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्न महोत्सव हुने भएको छ ।
राम्दी पुल निर्माण तीव्र
पाल्पा र स्याङ्जा जिल्ला जोड्ने राम्दी पुल निर्माणले तीव्रता पाएको छ ।
राजनीतिक नियुक्ति सहमतिको आधारमा टुङ्ग्याउने
सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका राजनीतिक नियुक्तिहरु सहमतिका आधारमा चाँडै टुङ्ग्याउने सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच बनेको सुदूरपश्चिम स्तरीय राजनीतिक संयन्त्रले निर्णय गरेको छ ।
धरान एक्सपो हुने
धरानमा सुस्ताएको बजारलाई चलायमान बनाउने उद्देश्यका साथ धरान एक्सपो–२०८१ हुने भएको छ ।
सूर्योदय महिला क्लबले वृद्धवृद्धालाई हिटर सहयाेग
पुतलीबजार नगरपालिका –३ बाढखोलाको सूर्योदय महिला क्लबले वृद्धाश्रमलाई सहयोग गरेको छ । तिहारमा देउसी भैलो खेलेर उठेको रकमबाट गल्याङ नगरपालिका –१ रामनदी धाम राम्दीमा रहेको शिव पार्वती वृद्धाआश्रमलाई विद्युतीय हिटर तथा एक दिनको भोजन सहयोग गरेको हो ।
सिराहा कारागार प्रकरणः छानबिन समितिले बुझायो प्रतिवेदन
सिराहा कारागार प्रकरणको अनुसन्धान गर्न बनेको छानबिन समितिले झण्डै डेढ महिनापछि अनुसन्धान प्रतिवेदन बुझाएको छ । समितिले गत बिहीबार नै प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा बुझाएको छानबिन समितिका सदस्य तथा जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी रवीन्द्रकुमार महतले जानकारी दिनुभयो ।
‘असावधानीले हिटर ताप्दा ज्यानै जान सक्छ’
चिसो दिन प्रतिदिन बढ्दै गइरहेको छ । चिसो बढेसँगै शरीरलाई न्यानो बनाइराख्न दाउरा, कोइला, मकलको प्रयोग गरि आगो बाल्ने, हिटर बाल्ने गरिन्छ । त्यस्तै, तातो पानीने नुहाउन ग्यास गिजरको प्रयोग गरिन्छ । के तपाईलाई थाहा छ, चिसोबाट बच्न अपनाइने यस्ता उपकरण प्रयोग गर्दा हेलचेक्राई गरियो भने ज्यानै जान सक्छ ।
ई–रिक्सा चालकद्वारा उपमहानगर कार्यालय घेराउ
विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका स्थानीय ई– रिक्सा चालकहरुले नेपालगन्ज उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन् ।
सुनचाँदी व्यवसायी सङ्घ गुल्मी अध्यक्षमा विश्वकर्मा
सुनचाँदी व्यवसायीहरुको साझा संस्था गुल्मी सुनचाँदी व्यवसायी सङ्घको अध्यक्षमा झविन्द्र विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । चौथो अधिवेशनबाट अध्यक्षमा विश्वकर्मा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
मानवअधिकारकर्मी दनुवारको निधन
शक्ति समूहकी संस्थापक सुनीता दनुवारको सोमबार निधन भएको छ । मानव बेचबिखनविरुद्धकी अभियन्ता दनुवारको ४७ वर्षको उमेरमा घरमै सुतेकै अवस्थामा निधन भएको उहाँका पति नृप दनुवारले जानकारी दिनुभयो ।
डुङ्गा सयर
मोरङ, पुस ८ गते । मोरङको लेटाङ नगरपालिका १ स्थित धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको राजारानी पोखरीमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक । तस्बिरः रासस
हिमाली जडीबुटी माइकोपिला
ताप्लेजुङ, पुस ८ गते । ताप्लेजुङस्थित तिम्बुङ पोखरी क्षेत्रमा देखिएको माइकोपिला । समुद्र सतहदेखि ४ हजार मिटरभन्दा माथिको क्षेत्रमा पाइने माइकोपिलालाई औषधीय गुण भएको जडीबुटीका रुपमा लिने गरिन्छ । तस्बिरः रासस
माझी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा
तामाकोशी नदी किनारमा बस्दै आएका रामेछापका माझी समुदायको पुर्ख्यौली पेसा पूर्ण रुपमा विस्थापित हुने अवस्था पुगेको छ । तामाकोशीमा माछा पाउन छाडेपछि माछा मारेरै आफ्नो जीविको पार्जन गर्दै आएका युवाहरू वैदेशिक रोजगारीमा जाँदा र अन्य पेशा व्यवसायमा लाग्दा माझी समुदाय पुर्ख्यौली पेसा नै सङ्कटमा परेको हो ।
नीलगिरि हिमाल
मुस्ताङको थासाङ गाउँपालिका २ लार्जुङगाउँ नजिकैको कालीगण्डकी बगरबाट देखिएको नीलगिरि हिमाल र आसपासको क्षेत्र । पछिल्लो समय हिमालमा हिउँ घट्दै गएको छ ।
खेतीपाती
कञ्चनपुर, पुस ८ गते । शुक्लाफाँटा नगरपालिका ३ बागबजारकना किसानले खेतमा लगाएकाे आलु, गहुँलगायतका खेती । तस्बिरः रासस
एनपिएलले उघारेको सपना
देशको खेल इतिहासमै पहिलोपटक भएको नेपाल क्रिकेट लिग (एनपिएल) को भव्यताले आम खेल क्षेत्रमा एक प्रकारको उत्साह र उमङ्ग छाएको छ । यो नेपालको सबैभन्दा धेरै धनराशि लगानी गरिएको पहिलो घरेलु प्रतियोगिता हो ।
नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्र मन्त्री डा. राणा स्वदेश फर्कँदै
परराष्ट्र मन्त्री डा आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्कनुहुने भएको छ ।
व्यवसाय विकास सेवाका लागि सम्झौता
साना, मझौला तथा अन्य एक हजार व्यवसाय प्रवर्धनमा सहयोग पु¥याउने उद्देश्यले व्यवसाय विकास सेवा (बिडिएस) सम्बन्धी दुई वटा सम्झौता गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले दुई वटा संस्थासँगको सहयोगमा साना, मझौला र अन्य सबैखाले व्यवसाय प्रवर्धनका लागि (बिडिएस) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको हो ।
जमिनमुनिबाट सुन निकालिदिने भन्दै दुई करोड ठगी
जिल्ला प्रहरी कार्यालय बाँकेले जमिनमुनिबाट सुन निकालिदिने भनेर दुई करोड रुपियाँ ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पोखरामा मङ्गलवारबाट बेलुन महोत्सव
अनेक मेला, महोत्सव भइरहने पर्यटनको राजधानी पोखरामा मङ्गलवारबाट पृथक् महोत्सव सुरु हुँदै छ । फेवातालको सिरान पामेमा पुस ९ देखि १७ गतेसम्म अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल हुन लागेको हो ।