कडा सुरक्षाबीच मतदान हुँदै
आइतबार (आज) प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन एकैसाथ भइरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनको सुरक्षा व्यवस्था कडा रहेको नेपाल प्रहरीले जनाएको छ ।
मतदान सुरु : नायक छान्दै मतदाता
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि एकै चरणमा अहिले ७ बजेबाट देशभर मतदान कार्य सुरु भएको छ ।
गलत प्रचार गरेकामा कांग्रेस र माओवादीको आपत्ति
निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी गलत प्रचार गरिएको भन्दै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आपत्ति प्रकट गरेका छन् ।
७० वर्षपछि ज्येष्ठ नागरिक जुल्फेलाई नागरिकता
बलेफी गाउँपालिका–८ का बोल्न नसक्ने ७० वर्षीया (आवाजविहीन) जुल्फे तामाङलाई ७० वर्षपछि नेपाली नागरिकता प्रदान गरिएको छ । तामाङ २००९ जेठ २० गते जन्मेको आधारमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले नागरिकता दिलाइएको छ ।
नेपाली मजदुर मतदानका लागि स्वदेश प्रवेश
निर्वाचनमा अवाञ्छित गतिविधि रोक्नका लागि शुक्रबारदेखि सीमा बन्द गरिए पनि भारतमा कामको सिलसिलामा गएका तथा मजदुरी गरेर मत हाल्न आएकाहरुलाई स्थानीय प्रशासनको सक्रियतामा नेपाल भित्रनका लागि आवश्यक सहयोग र सहजीकरण भइरहेको पाइएको छ ।
बेल्टमा अल्झिएर एभरेष्ट पेपर मिलमा एक मजदुरको मृत्यु
धनुषाको महेन्द्रनगरस्थित एभरेष्ट पेपर मिलमा मेसिनको बेल्टमा अल्झिएर एक मजदुरको मृत्यु भएको छ । शनिबार बिहान पेपर मिलमा परालको भुसा ओसार्ने क्रममा मेसिनको बेल्टमा अल्झिएर क्षीरेश्वरनाथ नगरपालिका–९ औराहाका ३७ वर्षीय गौरीप्रसाद श्रेष्ठको मृत्यु भएको हो ।
चुनावका दिन मौसम सफा रहने
आमनिर्वाचनको दिन देशव्यापी रूपमा मौसम सफा रहने भएको छ। केही दिनयता सुदूरपश्चिमलगायतका पहाडी तथा हिमाली भेगमा आंशिकदेखि सामान्य बदली र हिमपात भइरहे पनि मङ्सिर ४ गते देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी वायुको प्रभाव कायमै रहेका बेला आमनिर्वाचनका दिन केही भूभागबाहेक अधिकांश स्थानको मौसम सफा रहने विभागले जनाएको छ।
शुक्रबार मात्र करिब डेढ लाख बाहिरिए
प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिने बढेका छन्। शुक्रबार मात्र करिब डेढ लाख मानिस बाहिरिएको अनुमान छ। बालाजु बसपार्क, कोटेश्वर, कलङ्की, गौशालालगायतका क्षेत्रबाट जिल्ला फर्कने यात्रुको शुक्रबार बिहानैदेखि भीड लागेको थियो। अघिल्लो दिनको तुलनामा शुक्रबार बढी नै रहेको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। शुक्रबार मात्रै करिब डेढ लाख यात्रु बाहिरिएको महासङ्घका वरिष्ठ उपाध्यक्ष सिटौलाको दाबी छ। उहाँका अनुसार निर्वाचनका अवसरमा करिब ४० प्रतिशत यात्रु बढेका छन्।
हातहतियारसहित तीन जना पक्राउ
विभिन्न हातहतियारसहित तीन जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । बर्दियाको बासगढी नगरपालिका-२ सिमलघारीबाट विभिन्न हातहतियारसहित तीन जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।