सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत यूएन मिसनहरुमा खटिई शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्याउँदै आईरहेको छ ।
सरकारी सम्पत्ति प्रयोग गरी प्रचारप्रसार गर्दा समानता र स्वच्छता कायम हुँदैन : आयुक्त भण्डारी
निर्वाचन आयोगले सरकारी सम्पत्तीको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न सम्बन्धित पक्ष र निकायलाई सचेत गराएको छ ।
विश्वव्यापी जलवायु परिवर्तनको कारण नेपाल उच्च जोखिममा : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले क्षेत्रीय तथा विश्वव्यापी जलवायु परिवर्तनको कारण नेपाल उच्च जोखिममा रहेको बताउनुभएको छ ।
ढुङगा खानी ओझेलमा पर्दा स्थानीय थामी समुदाय चिन्तित
पुर्खौदेखि जीवन जिउन सञ्चालनमा आएको दोलखाको बिगु गाउँपालिका –६ आलम्पुस्थितको ढुङ्गा (स्लेट) खानी राजनीतिक दलले खासै चासो नदिँदा ओझेलमा पर्दै आउन थालेपछि थामी समुदाय चिन्तित बनेका छन् । चुनाबताका घर–घरमा आएर खानीलाई व्यवस्थित गरी रोजगारी दिलाउने आश्वासन बाँड्ने तर जितेपछि वास्ता नगरिदिनाले खानी ओझेलमा पर्न थालेपछि चिन्तित हुनुपरेको थामी समुदायको गुनासो रहेको छ ।
झोलुङ्गे पुल निर्माणले स्थानीयलाई सहज
गुल्मीको पश्चिमी ग्रामीण भेगमा पर्ने मदाने गाउँपालिका –१ अग्लुङ्गमा झोलुङ्गे पुल निर्माण भएपछि त्यहाँका स्थानीयलाई सहज भएको छ । अग्लुङ्गको दुई खोला छहरा खोला र सङ्रेङ्ग खोलामा झोलुङ्गे पुल निर्माण भएपछि विद्यार्थी र सर्वसाधारणलाई आपत् बापतमा सहज भएको हो ।
एमालेको घोषणापत्र मङ्गलबार सार्वजनिक हुने
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी निर्वाचनको घोषणापत्र मङ्गलबार दिउँसो १ः३० बजे सार्वजनिक गर्नेभएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको घोषणापत्र भोलि सार्वजनिक हुने जानकारी दिनुभयो ।
उडान रद्द हुँदा काठमाडौँमै रोकिएका यात्रुलाई आज दिल्ली लगिँदै
आइतबार काठमाडौं–दिल्ली उडान रद्द भएका कारण नेपालमै रोकिएका यात्रुलाई नेपाल वायुसेवा निगमले आज (सोमबार) दिल्ली लैजाने भएको छ ।
दोलखाका उम्मेदवार घरदैलो भेटघाटमा
प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिएसँगै उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा केन्द्रित हुनुभइको छ । मतदातालाई आकर्षित गर्न ठूला सभा र कोणसभाभन्दा पनि अनौपचारिक भेटघाट र छलफललाई प्राथमिकता दिन थाल्नुभएको छ ।
कारको ठक्करले शिशुसहित तीन जनाको मृत्यु
रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । भैरहवाबाट परासीतर्फ जाँदैगरेको कारले ओमसतिया –४ पननीमा बिहान ठक्कर दिँदा एक शिशुसहित तीन जनाको ज्यान गएको हो ।