सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ ।
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति हुनुभएका सीताराम खड्कालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
पश्चिम सेती र तल्लो सानो सेती बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री एव्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती र तल्लो सानो सेती (एसएसआर) सहितका जलविद्युत आयोजनाहरू निर्माण कार्य पूरा गर्ने बताउनु भएको छ ।
बहुउपयोगी तुलसी
आज हरिबोधिनी एकादशी तुलसीको पूजा गरेर मनाइएको छ। हिन्दु धर्मावलम्बीका प्रायः घरमा तुलसीको बोट हुने गर्छ। हिन्दु धर्मावलम्बीले हरेक बिहान तुलसीको पूजा गरेर दिनको सुरुवात गर्ने गर्दछन्। तुलसी धार्मिक हिसाबले मात्र होइन औषधिको रूपमा पनि बहुउपयोगी हुन्छ।
२४ घण्टामा थप २५ जनामा कोरोना पुष्टि, २८ जना सङ्क्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ८४५ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भएको हो।
वातावरण अनुकूलन विकास आवश्यक : राष्ट्रपति भण्डारी (फोटो फिचरसहित)
राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण सुहाउँदो प्रकारको विकास अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । हिमालपारिको जिल्ला मुस्ताङको हिन्दु तथा बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शन एवम् भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति निर्माण प्रक्रियाको शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
लिस्तिकोट दुगुनागढी माउण्ट ट्रेल रेस सम्पन्न
भोटेकोशी गाउँपालिकामा तेस्रो लिस्तिकोट दुगुनागढी माउण्ट ट्रेल रेस २०७९ सम्पन्न भएको छ । जिल्ला र जिल्ला बाहिरको २४१ जना धावकले सो रेसमा सहभागी भएका थिए । २४ दशमलव ५ किलोमिटरको टे«ल रेस भोटेकोशी गाउँपालिकाको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयको प्राङ्गणबाट ऐतिहासिक भूमि दुगुनागढीमा पुगेर समापन भएको थियो ।
कैलालीमा मतदाता शिक्षाका लागि नमुना मतदान
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको तयारीका लागि कैलालीको सुख्खडमा नमूना मतदान गरिएको छ ।
चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो
हरिबोधिनी एकादशी तथा तुलसी विवाहका अवसरमा भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ ।