• १४ असार २०८१, शुक्रबार

२४ घण्टामा थप २५ जनामा कोरोना पुष्टि, २८ जना सङ्क्रमणमुक्त

blog

काठमाडौं, कात्तिक १८ गते। पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ८४५ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भएको हो।

९८३  जनाको पीसीआर परीक्षण गर्दा २२ र ८६२ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा २८ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। सङ्क्रमितको मृत्युदर शून्य रहेको छ भने  ५५ हजार २४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।  हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७९ रहेको छ।