तीन अर्ब अठसट्ठी करोड लगानी
कोशी प्रदेशका ८४ अर्थोडक्स चिया उद्योगमा तीन अर्ब ६८ करोड ७४ लाख रुपियाँ लगानी रहेको छ । त्यसको ३६.४ प्रतिशत हिस्सा ऋणको रहेको छ भने ६३.६ प्रतिशत हिस्सा स्वपुँजी रहेको छ ।
उडानलाई निरन्तरता दिन सरकारले थप पहल गर्ने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको निरन्तरताका लागि थप पहल गर्ने बताउनुभएको छ ।
स्वदेशी वस्तुको प्रयोग बढाउन प्रमको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी उत्पादनको प्रयोग बढाउन आग्रह गर्नुभएको छ । नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उहाँले स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न सबैलाई आग्रह गर्नुभएको हो ।
परिपक्व छ, ढाकामा पाका हातको सिप
उमेरले ५० टेक्नुभएकी शान्तिला फुदुङले १२ वर्षको उमेर हुँदा खाँडीको कपडा तानमा बुन्ने सिप सिक्नुभयो । खाँडीलाई बिस्तारै ढाकामा रूपान्तरण गरेदेखि तेह्रथुम जिल्लाको म्याङ्लुङ–१ मा फक्ताङ्लुङ ढाका कपडा उद्योग २२ वर्षदेखि सञ्चालनमा छ ।
न्यूनतम पारिश्रमिक बढाउने गृहकार्य
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आगामी साउन १ गतेदेखि लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन गृहकार्य सुरु भएको जानकारी दिएको छ ।
दबाबमा राजनीतिक नियुक्ति
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष नियुक्ति राजनीतिक दबाबमा भएको मन्त्रीपरिषद्का तत्कालीन सदस्यले नै स्वीकार गर्नुभएको छ ।
काठमाडौँमै खेताला शिक्षक
काठमाडौँकै विद्यालयमा गैरकानुनी रूपमा खेताला शिक्षक राख्ने गरेको पाइएको छ । सम्बन्धित निकायलाई जानकारी नै नगराई विद्यालयका प्रधानाध्यापकै मिलेमतोमा यस्ता शिक्षक राख्ने गरेको अखितयार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
राष्ट्रिय दल बन्न नयाँ सर्त
राजनीतिक दलले तीन वटा प्रदेशमा कम्तीमा एक/एक सिट जितेपछि मात्रै राष्ट्रिय दलको मान्यता पाउने गरी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा निर्वाचन आयोगले संशोधनको प्रस्ताव गरेको छ ।
फोनिज कपिलवस्तुको अध्यक्षमा चौधरी
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कपिलवस्तुको अध्यक्षमा रामअवतार चौधरी सर्वसम्मत चयन हुनुभएको छ । बाणगंगा नगरपालिका –४ स्थित सामुदायिक रेडियो बुद्ध आवाजको प्रांगणमा सम्पन्न फोनिजको दोस्रो जिल्ला अधिवेशनले चौधरीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
भूराजनीतिक संवेदनशीलतालाई ध्यान दिनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालले भूराजनीतिक संवेदनशीलता बुझेर राजनीतिक गतिविधि अगाडि बढाउनुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नेकपा (एमाले) सहरी विकास विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा भूराजनीतिक संवेदनशीलता नबुझ्दा देशमा कठिन अवस्था आउनसक्ने बताउनुभएको हो ।
निःशुल्क शिक्षासम्बन्धी ऐनको कार्यान्वयन गर्न निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐनको पूर्ण कार्यान्वयन गर्न निजी तथा संस्थागत विद्यालयहरुलाई निर्देशन दिनुभएको छ । शुक्रवार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
राष्ट्रपति पौडेल सोलुखुम्बु आउनुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल सोलुखुम्बु आउनुहुने भएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन उदघाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेल चैत ११ गते सोलुखुम्बु आउन लाग्नुभएको हो ।
‘कोही किन बर्बाद होस्’ नाटक मञ्चन
बाल मनोविज्ञानमा आधारित विजय मल्लद्वारा लिखित ‘कोही किन बर्बाद होस्’ नाटक मञ्चन भएको छ। शुक्रबार थापाथलीस्थित सेन्ट जेभियर्स कलेजमा अध्ययनरत स्नातक चौंथो वर्षका विद्यार्थीहरूले उक्त नाटक मञ्चन गरेका हुन्।
दुलेगौडा–हर्कपुर मोटरमार्गको काम धमाधम
गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्रः एक रणनीतिक सडक’ अन्तर्गत दुलेगौँडा–हर्कपुर मोटरमार्गको स्तरोन्नतीको कामले तीब्रता पाएको छ । शुक्लागण्डकी नगरपालिकाले निर्माणको काम चाँडै सम्पन्न गर्न दबाब दिएपछि अलपत्र पारेर छाडेको निर्माण कम्पनी हाल काममा फर्किएर तदारुकतासाथ काममा फर्किएको छ ।
प्रदेश सरकार थप प्रभावकारी रुपमा सञ्चालन हुनुपर्ने : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश सरकार थप प्रभावकारी रुपमा सञ्चालन हुनुपर्ने बताउनुभएको छ ।
ट्रकभित्र च्यापिएर मजदुरको मृत्यु
रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदुरको मृत्यु भएको छ ।
धनगढीमा आधुनिक शौचालय निर्माण
कैलालीको धनगढीमा छ वटा आधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ ।
गुल्मी कांग्रेसको तेस्रो जिल्ला सम्मेलन हुने
नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलन हुने भएको छ ।
गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त
गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) का लागि दुई जना नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तरको निर्णयबाट दुई जनालाई बोर्ड सदस्यमा नियुक्त गरेको हो ।
भन्सार छलीका करिब २३ लाखको सामान बरामद
भारतबाट अवैध रुपमा चोरी पैठारी गरेर नेपालगन्जमा भित्र्याइएका करिब २३ लाख रुपियाँको विभिन्न सामान नियन्त्रणमा लिएको छ ।
पिएम कपमा आर्मी ६ विकेटले विजयी
विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको छ ।
सरकारी अस्पतालमा बिहानैदेखि ओपिडी सेवा सुरु
सरकारी दमक अस्पतालले बिरामीको चाप अधिक भएपछि बिहान साढे ७ बजेदेखि नै बिरामी जाँच सुरु गरेको छ ।
शीतभण्डार सञ्चालन गर्न निजी क्षेत्र खोज्दै गाउँपालिका
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ नर्सरीमा बनेकोे शीतभण्डार (चिस्यान केन्द्र) सञ्चालनका लागि गाउँपालिकाले व्यवसायी खोज्न थालेको छ ।
प्रधानमन्त्री कप क्रिकेट : आर्मीद्वारा गण्डकी पराजित
। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ । आर्मीले गण्डकीलाई ६ विकेटले हराएको हो ।