हाउगुजीको चक्करमा एसइई
एसइई सुरु भएको छ । नेपालभरका ११ हजार २१६ वटा विद्यालयबाट पाँच लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । जसमध्ये १६ हजार ९४७ जना विद्यार्थी प्राविधिकतर्फ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
‘असल बुहारी’ सार्वजनिक
वरिष्ठ हाँस्यकलाकार दमन रुपाखेतीको निर्देशनमा बनेको छोटो फिल्म असल बुहारी युटुबमा सार्वजनिक भएको छ । पछिल्लो समय जदौं नामक सिरियलको निर्देशन गर्दै आएका रुपाखेतीले आफ्नै च्यालन दमन रुपाखेतीबाट असल बुहारी सार्वजनिक गरेका हुन् ।
आज विश्व कविता दिवस
काठमाडौँ, चैत ८ गते । आज पाँच अन्तरराष्ट्रिय दिवस परेका छन् । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका यी दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृतिअनुसार यी दिवस मनाइँदै छन् । आज हिमनदी, जातिवाद र जातीय भेदभावविरुद्ध सङ्घर्ष गरिरहेका जनतासँग ऐक्यबद्धता सप्ताहको प्रथम दिन, जातीय भेदभाव उन्मूलनको लागि अन्तरराष्ट्रिय दिवस अन्तरराष्ट्रिय वन दिवस, विश्व कविता दिवस अन्तरराष्ट्रिय नौरोज दिवस र विश्व डाउन सिन्ड्रोम दिवस परेका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार दुई अर्बभन्दा बढी जनसङ्ख्या स्वच्छ पेयजलका निम्ति हिमनदीमा निर्भर रहेका छन् भने बाल्कन, ककेसस, इरान, मध्य एसियाली देशमा वसन्त ऋतुको आगमन वा नयाँ दिनको प्रारम्भका रुपमा नौरोज दिवस मनाइन्छ । यो सांस्कृतिक पर्वले ती क्षेत्रका बहुसांस्कृतिक जाति र समुदायलाई एकताको सूत्रमा आबद्ध गर्दै आएको छ । डाउन सिन्ड्रोम एक मानव स्वास्थ्य समस्या हो । यसबाट विश्वका सबै क्षेत्र केहीहदसम्म प्रभावित छन् ।
सदाचार कायम गर्न इच्छाशक्ति
केही दिनका अन्तरालमा विभिन्न अन्तर्राष्ट्रिय संस्थाले नेपालका बारेका गरेका मूल्याङ्कन प्रतिवेदनले देशको सार्वजनिक प्रशासन र कार्यव्यवस्थाको यथार्थ तस्बिर देखाएका छन् ।
साङ्केतिक भाषामा एकरूपताको प्रश्न
भाषा शिक्षण गर्नु भाषिक बानीको अभ्यास गराउनु र सार्थक भाषिक सिपमा दक्ष बनाउनु हो ।
मस्र्याङ्दी जलाशयसँगै फराकिलो चिटिक्क सडक
तनहुँ, चैत ८ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित मस्र्याङ्दी जलविद्युत केन्द्रको जलाशयसँगै रहेको मुग्लिन–पोखरा सडकखण्डमा पर्ने चार लेनको फराकिलो चिटिक्क कालोपत्रे सडक । पूर्वी खण्डमा सडक विस्तार कार्य करिब ८० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । तस्बिरः रासस
जोमसोम बजार
मुस्ताङ, चैत ८ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–४ पक्की पुलबाट देखिएका कालीगण्डकी नदी माथि पुनःनिर्माण पछिको व्यवस्थित काठेपुलसँगै जोमसोम बजार, हिउँसहितको धौलागिरि र निलगिरि हिमाल । तस्बिरः रासस
दलित सशक्तीकरण विधेयक सर्वसम्मतले पारित
कर्णाली, चैत ८ गते । ‘दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्द्धन गर्न बनेको विधेयक २०८१’ सर्वसम्मतले पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशनको आजको बसेको २३औँ बैठकबाट उक्त विधेयक पारित भएको हो । सभामुख नन्दा गुरुङले विधेयक पारितका लागि सदनमा प्रस्ताव गर्न समय दिएपछि कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सामाजिक विकास समितिको प्रतिवेदनमा उल्लेख भएका संशोधन प्रस्तावहरू विधेयकको अङ्ग हुनेगरी समग्र विधेयक कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १३० बमोजिम सभाबाट पारित गर्न सभामा प्रस्ताव गर्नुभयो ।उक्त प्रस्ताव सभाले सर्वसम्मतले पारित गरेको थियो । दलित समुदायमाथि हुने छुवाछूत, असमानता, विभेद अन्त्य गर्न तथा सामाजिक न्याय, मौलिक हक, मानवअधिकारको सुनिश्चितता र जीवनस्तर प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेशसभा आठ महिनाअघि सो विधेयक दर्ता भएको थियो । सभाको अर्को बैठक यही चैत ८ गते दिउँसो ३ः०० बजे बस्ने सभामुख सभामुख गुरुङले जानकारी दिनुभयो ।
के छ त ? संसदले भर्खरै पारित गरेका आर्थिक सुधारसँग जोडिएका तीन विधेयकमा
काठमाडौँ, चैत ८ गते । आर्थिक विकास तथा लगानी विस्तारसँग जोडिएका विधेयकहरू प्रतिनिधिसभामा धमाधम पारित भएका छन् । यसबाट लगानीको थप वातावरण सृजना हुने, लगानीकर्तामा थप विश्वास विस्तार भई मुलुकलाई समृद्ध बनाउन बल पुग्ने सरकारको बुझाइ छ ।बिहीबार मात्र प्रतिनिधिसभाले ‘निजीकरण ९पहिलो संशोधन विधेयक०, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ पारित गरेको छ । यी तीनवटै विधेयकले मुलुकको अर्थतन्त्रलाई थप लयमा लैजान मद्दत गर्ने सरकारको बुझाइ छ ।सरकारले ‘निजीकरण ऐन, २०५०’ लाई समयानुकूल बनाइएको छ । सो ऐनको पहिलो संशोधन गर्दै सरकारले विधेयक प्रस्तुत गरेको हो । यसमा सरकारी लगानी व्यवस्थापन तथा प्राथमिकता निर्धारण गर्ने विषयलाई महत्त्वका साथ समावेश गरिएको छ ।सरकारले यसअघि सङ्घीय संसद्को बैठक नबसेको समयमा सो विधेयकलाई अध्यादेशमार्फत कार्यान्वयनमा ल्याएको थियो । घाटामा रहेको, रूग्ण अवस्थामा भएका वा अन्य कुनै पनि कारणले समस्यामा परेको उद्योग प्रतिष्ठानलाई थप सबल बनाउने उद्देश्य राखेर सो विधेयक प्रस्तुत गरिएको अर्थ मन्त्रालयको भनाइ छ ।प्रतिनिधिसभाले पारित गरेसँगै अब सो विधेयक राष्ट्रियसभामा जानेछ । प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित राष्ट्रियसभाको शुक्रबारको बैठकमा टेबुल गर्ने कार्यसूची तय गरिएको छ । विधेयकले आवश्यक प्रक्रिया पूरा भएपछि ऐनका रूपमा कार्यान्वयन हुनेछ ।विधेयकमाथिको दफावार छलफलमा सहभागी संशोधनकर्ताहरूको प्रश्नको जवाफ दिँदै उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजीकरणलाई निर्विकल्प बनाउन नहुने बताउनुभएको थियो । उहाँले कमजोर क्षमतामा चलेका, रूग्ण र बन्द रहेका सार्वजनिक प्रतिष्ठानहरूलाई प्रभावकारी ढङ्गमा सञ्चालन गर्नका लागि निजीकरणलाई एकमात्र विकल्पका रूपमा लिनु हँुदैन भन्ने संशोधनको मूल मर्म हो भन्नुभयो । प्रतिपक्षी दलका सांसदहरूले देशको अर्थतन्त्रलाई प्रस्तुत विधेयकले सम्बोधन गर्न, विकास एवं सुशासन तथा सामाजिक न्याय सुनिश्चित गर्न नसक्ने टिप्पणी गर्नुभएको थियो । यसैगरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक, २०८१ प्रतिनिधिसभाले बहुमतले पारित गरेको छ । सो विधेयकले बजेट निर्माण प्रक्रियालाई सहज बनाउने सरकारको बुझाइ छ ।विधेयकले नेपालको संविधानको मर्म र सङ्घीयताको मर्मअनुरूप नै बजेट निर्माण गर्ने विषयलाई सूत्रबद्ध गरेको छ । राष्ट्रिय आवश्यकता र राष्ट्रिय प्राथमिकतायुक्त आयोजनाको छनोट गरी लगानीको स्रोत सुनिश्चितताका लागि विधेयकले मार्गप्रशस्त गरेको अर्थमन्त्री पौडेलले विश्वास व्यक्त गर्नुभएको थियो । प्रदेश र स्थानीय तहलाई के–कसरी बजेट परिचालन गर्ने, त्यसको आधार के–कस्ता रहने भन्ने विषय विधेयकमा समेटिएको छ । त्यस्तै प्रतिनिधिसभाले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ पनि पारित गरेको छ । सो विधेयकले पनि आर्थिक तथा व्यावसायिक वातावरण निर्माण गरी लगानी अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।विभिन्न ऐनलाई सरकारले समयानुकूल र लगानीमैत्री बनाउने उद्देश्य राखेर सो विधेयक प्रस्तुत गरेको हो । सो विधेयकले विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९, राजस्व न्यायाधीकरण ऐन, २०१३, कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२, राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ का केही प्रावधान संशोधन गरेको छ । यसैगरी, मध्यस्थता ऐन, २०५५, कम्पनी ऐन, २०६३, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३, विशेष आर्थिक क्षेत्र ऐन, २०७३, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५, औद्योगिक व्यवसाय ऐन, २०७६ पनि सो विधेयकमार्फत संशोधन गरिएको छ ।विधेयकमाथिको दफावार छलफलमा सहभागी संशोधनकर्ताको प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले आर्थिक तथा व्यावसायिक वातावरण निर्माण गरी लगानी अभिवृद्धि गर्न विधेयक ल्याइएको बताउनुभएको थियो ।“राम्रो नियत र असल उद्देश्यले देशको आर्थिक समस्याको समाधान गर्दै आर्थिक र व्यावसायिक वातावरण सुधार गर्न तथा स्वदेशी र लगानी प्रवर्द्धनका लागि विधेयक ल्याइएको छ । यसको अहिले सकारात्मक प्रभाव देखिन थालेको छ”, उहाँले भन्नुभयो ।विधेयकमार्फत उपभोक्ताको हकहित सुनिश्चित गर्न उपभोक्ता अदालतको व्यवस्था गरिएको, कालोबजारी व्यवस्था ऐनलाई आवश्यक परिमार्जन गरी उपभोक्ता हितका लागि कानुन बनाइएको उहाँको भनाइ थियो ।विधेयकमा राजस्व चुहावट नियन्त्रण, हदभन्दा बढी जग्गाको व्यावसायिक प्रवर्द्धनका लागि उक्त जग्गाको ५० प्रतिशतसम्म धितो राख्न पाउने व्यवस्था गरिएको छ । सो धितोबापतको ऋण चुक्ता गर्ने दायित्वबाट उम्किन नसक्ने प्रावधान विधेयकमा छ ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, चैत ८ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५० रुपैयाँ १७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५७ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९६ रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ २८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा निर्धारण भएको छ । यस्तै, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३ रुपैयाँ ६० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ०४ पैसा र बिक्रीदर २० रुपैयाँ १३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७ रुपैयाँ ८२ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ४० पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ७४ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
भँगेराको सङख्या बर्सेनि घट्दो
कञ्चनपुर, चैत ८ गते । तीव्र रूपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थान मासिँदै जान थालेको हो । भँगेराको चिरबिर आवाज सुनिएपछि बिहान भएको थाहा हुन्थ्यो । “घरका आँगनमा खेल्दै रमाउँदै गरेका भँगेरा देखिने गरेका थिए । अहिले ती सबै विगत भइसके”, शुक्लाफाँटा नगरपालिका–३ का पहरू दहितले भन्नुभयो, “अब न भँगेराको चिरबिर आवाज सुनिन्छ, न त पहिलेजस्तो भँगेरा आँगनमा राखेको बिस्कुन खान आउँछन् ।” आक्कलझुक्कल मात्र भँगेरा देखिने गरेको उहाँ बताउनुहुन्छ ।तीव्र रूपमा भइरहेको सहरीकरणलाई उहाँ भँगेरा विनासको कारण मान्नुहुन्छ । भँगेरालाई गुँड लगाउन ठाउँ नै नभएपछि सङ्ख्या घट्दै जानु स्वाभाविक भएको उहाँको भनाइ छ । भँगेराको सङ्ख्या घट्दै जानु चिन्ताको विषय भएको उहाँ बताउनुहुन्छ ।चराविज्ञ हिरूलाल डगौराका अनुसार मोबाइलका टावरबाट निस्कने विकिरणले भँगेराको दिशा पत्ता लगाउने प्रणालीलाई असर गर्छ । प्रजनन क्षमतामा प्रतिकूल असर पर्छ । विकिरणले मष्तिष्कमा असर गर्दा भँगेराको मृत्यु हुने गरेको समेत पाइएको छ । “ध्वनि प्रदूषणले पनि भँगेरालाई असर गर्छ”, उहाँले भन्नुभयो, “खेतबारीमा किसानले विषादिको अत्यधिक प्रयोग गर्दा भँगेराको मृत्यु हुने गरेको छ ।”खेतबारीमा हुने कीरा विषादीका कारण मर्ने गरेकाले भँगेरालाई आहारा पनि कम हँुदै गएको उहाँले बताउनुभयो । काग, बिरालो, अन्य सिकारी चराले भँगेराको सिकार गर्ने भएकाले पनि सङ्ख्यामा कमी देखिएको उहाँको भनाइ छ । उहाँका अनुसार भँगेरा जैविक विविधता र इकोसिस्टमका लागि महत्त्वपूर्ण छ । भँगेरा जोगाउन घरघरमा गुँड लगाउन सक्ने व्यवस्था गरिनुपर्छ । गुँड लगाउने वातावरण बनाउने कार्यसँगै छानामा दाना र पानीको व्यवस्थाजस्ता ससाना कार्य गरे भँगेरालाई जोगाउन सक्छौँ । भँगेरालाई जोगाउन किसानले संयमतापूर्वक विषादीको प्रयोग गर्नुपर्ने उहाँ सल्लाह दिनुहुन्छ । चेतना जगाउने उद्देश्यले प्रत्येक वर्षको मार्च २० मा भँगेरा दिवस मनाउने गरिन्छ । यस वर्षको भँगेरा दिवसको नारा ‘म भँगेरालाई माया गर्छु’ [आइ लभ स्प्यारो] रहेको छ ।चरा संरक्षणका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले भँगेराबारे चेतना फैलाउने काम गरेका छन् । चराप्रेमीले आआफ्नो घर वरिपरि २० मिनेट भँगेरा गणनाको काम गरेका छन् । कञ्चनपुरमा भँगेरालाई गुँड बनाउन सहजताका लागि घरको बरण्डा, घर वरिपरिका रूखमा कागजका बट्टा राख्ने कार्य गरिएको चरा संरक्षणकर्मी सुभन चौधरीले बताउनुभयो । विद्यार्थीमाझ छलफल, अन्तरक्रियालगायत कार्यक्रम पनि गरिएका छन् ।
ललितपुरका यी स्थानमा आज बिजुली काटिने
काठमाडौँ, चैत ८ गते । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार, भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुन्डोल, पुरानो मन्त्री क्वाटर, सम्झिखेल, अरूण थापा चोक क्षेत्रमा आज दिउँसो १२ देखि २ बजेसम्म लाइन काटिने छ । पाटनको एक सय ३२ केभी सबस्टेशनको प्राविधिक कामका लागि लाइन काटिन लागेको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख गरेको छ । ती स्थानमा बिजुली काटिँदा ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले माफी मागेको छ । निर्धारित कार्य तोकिएको समयअगावै सम्पन्न गरी नियमित बिजुली उपलब्ध गराइने प्राधिकरणले सूचनामार्फत जनाएको छ ।
‘जाले माले रुमाल’ सार्वजनिक
गायक विकास जङ्गबहादुर राणाको नयाँ गीत ‘जाले माले रुमाल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । केशवराज चौलागाईंको शब्द तथा सङ्गीत रहेको गीतलाई श्यामश्वेत रसाइलीले एरेन्ज गर्नुभएको छ ।
महोत्सवमा पाँच देशका नाटक
पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८१ को तयारी पूरा गरिएको छ । चैत ९ गतेबाट पाँच दिनसम्म चल्ने नाटकको तयारी पूरा भएको महोत्सव निर्देशक परिवर्तनले जानकारी दिनुभयो ।
‘शाम्भाला’ को प्रदर्शनसँगै निफ सुरु
आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारबाट सुरु भएको छ । विश्वभरिका कथाको उत्सव ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उद्घाटन गर्नुभयो ।
सुक्न थाले रुख कटहरका बोट
तरकारी खाँदा स्वादिलो, पाकेको खाँदा झनै मिठो र स्वस्थकर अनि सहजै बिक्री हुने रुख कटहरका बोट सुक्न थालेपछि किसान चिन्तामा परेका छन् । मध्यपहाडी काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली जिल्लामा एकै पटक कटहरका बोट सुक्ने समस्या देखिएको छ तर सबैभन्दा धेरै समस्या भने काभ्रेपलाञ्चोकमा छ ।
उद्योगमा विद्युत् नियमित दिन आग्रह
औद्योगिक क्षेत्रमा भएको विद्युत् कटौतीलाई प्राधिकरणले गरेको लोडसेडिङ भन्दै निजी क्षेत्रका दुई प्रतिनिधिमूलक संस्थाले औद्योगिक क्षेत्रमा ऊर्जाको आपूर्ति नियमित गर्न आग्रह गरेका छन् ।
चिनियाँ पर्यटकलक्षित पूर्वाधार बनाउन सुझाव
पोखरा र चीनको सिचुवान प्रान्तको छेन्दुका पर्यटन व्यवसायीले पोखरामा चिनियाँ पर्यटकलक्षित पूर्वाधार तयार पार्न सुझाव दिएका छन् ।
लयमा आउँदै अन्तर्राष्ट्रिय व्यापार
दुई वर्षदेखि खस्कँदो क्रममा रहेको अन्तर्राष्ट्रिय व्यापार केही महिनायता क्रमशः सुधारको लयमा आउन थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को फागुनसम्मको व्यापार तथ्याङ्कले विगत वर्षका तुलनामा व्यापारसम्बन्धी अधिकांश सूचक लयमा आउन थालेको देखाएको छ ।
मुख स्वास्थ्यमा बेवास्ता उपचार पनि ढिला
सरकारी अस्पतालमध्ये मुख स्वास्थ्यको सबैभन्दा सस्तो राम्रो उपचार हुने वीर अस्पतालको ओपिडीमा मात्र दैनिक दुई सय जना नयाँ बिरामी दाँतसम्बन्धी समस्या लिएर आउने गरेका छन् ।
दक्षिण एसियाकै किसान बिचौलियाको चङ्गुलमा
किसानले उत्पादनको राम्रो मूल्य नपाउने र उपभोक्ताले महँगो मूल्य तिर्ने समस्या नेपालको मात्रै होइन । बिहीबारदेखि यहाँ सुरु भएको दक्षिण एसियाली किसान सम्मेलनमा सहभागी किसान अगुवाले किसानले आफ्नो उत्पादनको मूल्य आफैँ निर्धारण गर्न नसकेको उल्लेख गरेका छन् ।
डुबेर महिलाको मृत्यु
दाङमा एक कृत्रिम जलाशयमा डुबेर एक महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका –१७ स्थित भैसाहीकी ३९ वर्षीया सिता खनालको आरोग्य ड्याममा डुबेर विहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
थारु आयोगको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुवोधसिंह थारुलाई
थारु आयोग नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुवोधसिंह थारुले पाउनुभएको छ । आयोगका अध्यक्ष विष्णुप्रसाद थारुको कार्यकाल सकिएपछि सुवोधलाई कार्यवाहकको जिम्मेवारी दिइएको आयोगले जनाएको छ ।
तीन करोड बढी ठगीको आरोपमा सहकारीका सेवा केन्द्र प्रमुख पक्राउ
झापामा एक सहकारी संस्थाका कर्मचारीलाई करिब साढे ३ करोड ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।