सरकारलाई जनउत्तरदायी बनाउन सञ्चारमाध्यमले खबरदारी गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारलाई जनउत्तरदायी र जिम्मेवार बनाउन सञ्चार माध्यमले निरन्तर खबरदारी गरिरहनु पर्नेमा जोड दिनुभएको छ ।
पहिरो विस्थापित तीन वर्षदेखि टहरामा
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका छ वटै वडा पहिरोको जोखिममा रहेका छन् । पहाडी वस्तीमा अवस्थित यस गाउँपालिकाका सबै वडाका जमिन चिराचिरा पर्ने र ध्वजा फाट्ने गरेको हुँदा प्राकृतिक विपदको जोखिम उच्च रहेको छ ।
कर्णालीमा ४ गते सार्वजनिक बिदा
भाद्र ४ गते कर्णाली प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय भएको छ । प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
सोलुको खुम्बु क्षेत्रमा हिमताल फुटेको आशङ्का
सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमताल फुटेको आशङ्का गरिएको छ । त्यहाँको थामे क्षेत्रमा अहिले ठुलो बाढी आइरहेको जनाइएको छ ।
पहिरोले दुई परिवार विस्थापित
अविरल वर्षाका कारण खोटाङमा पहिरोले दुई परिवार विस्थापित भएका छन् । घरभन्दा तलबाट पहिरो गएपछि केपिलासगढी गाउँपालिका–७ सुंदेलका शारदा राई र बिर्तमान राईको परिवार विस्थापित भएका हुन् ।
हुलाकी सडकमा वृक्षरोपण सुरु
तराई मधेशको हुलाकी सडकको पूर्वमा सिरहा सप्तरीको सीमाना रहेको बलना नदी र पश्चिममा सिरहा धनुषाको सीमाना रहेको कमला नदीसम्म ३१ किलोमिटरमा वृक्षरोपण सुरु भएको छ
ऊर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न ऊर्जामन्त्रीद्वारा निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जाको विकासका लागि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता नियमावली र संस्थाको सङ्गठन तथा व्यवस्थापन सर्भेलाई अगाडि बढाउन निर्देशन दिनुभएको छ ।
मिथिलामा गुञ्जदै झुला गीत
मधेसको मिथिलाक्षेत्र अहिले भक्तिमा डुबेको छ । शिव आराधनाको साउन र साउन शुक्लपक्षका पछिल्ला १३ दिन मनाइने झुला उत्सवले मिथिला अहिले भक्तिमय बनेको हो । अहिले मिथिला क्षेत्रका मठमन्दिर झुलनोत्सवका गीतले गुञ्जित छन् ।
डेंगु नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले सुरु गर्यो सरसफाइ अभियान
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाइ अभियान सुरु गरेको छ । ‘स्वस्थ नेपाल र निरोगी नेपाली’का लागि स्वास्थ्य मन्त्रालयले हप्ताको एक दिन कार्यालय/घर सरसफाइ अभियान सुरु गरेको हो ।
कर्णाली कोरिडोरको खच्चादेखि खार्पु सडक अवरुद्ध
कर्णाली कोरिडोरको सर्केगार्ड गाउँपालिका–१ को खच्चादेखि खार्पुनाथ गाउँपालिका-५ को खार्पु खण्डको सडक एक हप्तादेखि अवरुद्ध भएको छ । वर्षाको कारण ठाउँठाउँमा पहिरोले सडक अवरुद्ध गरेपछि सो खण्डको सडक अवरुद्ध भएको हो ।
‘आनन्द संहिता’ लोकार्पित
लेखक तथा पत्रकार घनश्याम खड्काको गैर आख्यान कृति ‘आनन्द संहिता’ लोकार्पित भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा एक समारोहबिच कृतिको लोकार्पण गरिएको हो ।
एक हप्तापछि शवको पहिचान खुल्यो
साउन २६ गते बडिगाड खोलामा फेला परेको शवको पहिचान खुलेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–८ को बडिगाड खोलामा फेला परेको शव बाग्लुङ ढोरपाटन नगरपालिका–२ ढडेनचौरकी ६५ वर्षीय जुठी सार्कीको रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
रेबिजबाट दुईको मृत्यु
पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ सात तलेमा रेबिजबाट दुई जनाको मृत्यु भएको छ । एक साता अवधिमा बागमतीका ३२ वर्षीय कमल नेगी र ९ वर्षीया रबिना थोकरको रेबिजबाट मृत्यु भएको बागमती गाउँपालिका पशुसेवा प्राविधिक राजेन्द्र गोलेले बताउनुभयो ।
पहिरोले प्राङवुङ र मेमेङ सडक अवरुद्ध
निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण पाँचथरको फालेलुङ गाउँपालिका–३ र ५ जोड्ने सडक अवरुद्ध भएको छ ।
मर्मतसम्भारको अभावमा जीर्ण बन्दै औलिया मठ
चतराधामस्थित दुई सय ६० वर्ष पुरानो औलिया बाबा मठका संरचना जीर्ण भएका छन् ।
ठेकीमा मोही पार्दै गोठाला
पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको गर्पाछेडा दहखर्कको गोठमा ठेकीमा मोही पार्दै ७४ वर्षीय लछुमन थापा । गाईबस्तुको गोठ लिएर बुकी आएका किसान दुधबाट घ्यु, छुर्पीलगायत दुधजन्य परिकार बनाउने गर्दछन् ।
सुविधा सम्पन्न अस्पताल भवन पाँच महिनादेखि उपयोगविहीन
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को डेढगाउँमा रु १५ करोड ३२ लाखमा निर्मित सुविधा सम्पन्न आधारभूत अस्पताल भवन निर्माण कम्पनीले भुक्तानी नपाउँदा पाँच महिनादेखि उपयोगविहीन भएको छ ।
राष्ट्र बैङ्कद्वारा ५२ पदमा दरखास्त आह्वान
नेपाल राष्ट्र बैकले सहायक निर्देशकसहित विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ ।
बाढीले राप्ती राजमार्ग अवरुद्ध
रुकुमपश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ र १२ मा पर्ने पितिबाङ खोलामा आएको बाढीको कारण राप्ती राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाको कारण खोलामा आएको बाढीले खोला पार गर्न सक्ने अवस्था नभएपछि सडक अवरुद्ध भएको हो ।
नयाँ पुस्तालाई कला, संस्कृति सिकाउँदै नेवार समुदायका अगुवा
बर्दघाट सुस्तापूर्वको कावासोतीका नेवार समुदायले आफ्नो परम्परागत कला, संस्कृति नयाँ पुस्तालाई सिकाउन थालेको छ । यहाँका अगुवाले तालिम सञ्चालन समुदायको सांस्कृतिक र कलाबारे नयाँ पुस्तालाई सिकाएका हुन् ।
पहिरोले जाजरकोट सडक खण्ड अवरुद्ध
अविरल वर्षाका कारण छिन्चु–जाजरकोट खण्ड पहिरोले अवरुद्ध गरेको छ । बिहीबार राति परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाका अन्तर्गत ठाउँ ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।
कृषि, सडक, शिक्षा र स्वास्थ्य क्षेत्र प्राथमिकता
सिराहाका १७ वटा स्थानीय तहमध्ये बरियारपट्टी गाउँपालिका साबिकका बरियारपट्टी, कचनारी, जानकीनगर, तेनुवापट र जिझौल गरी पाँच गाउँ विकास समितिलाई मिलाएर गठन भएको हो । यो गाउँपालिका हु
पहिरोमा पुरिएर शिक्षिकाको मृत्यु पछि शोक बिदा
पहिरोले पुरेर शिक्षिकाको मृत्यु भएको शोकमा रावा बेसी गाउँपालिकाले आज शोक बिदा दिएको छ ।
पढाइ छाडेर यार्चागुम्बा टिप्न व्यस्त
कर्णालीका विद्यार्थी हरेक वर्ष मुगुको उत्तरी भेगमा यार्चागुम्बा सङ्कलन गर्न जान्छन् । मुगुको विकट क्षेत्रमा रहेको मुगमकार्मारोङ गाउँपालिकाका पाटनमा यार्चागुम्बा पाइन्छ । हिमाली भेगका अग्ला पहाडमा रहेका सम्म परेका मैदानलाई पाटन भनिन्छ । त्यहाँ जान निकै जोखिम मोल्नु पर्छ ।