व्यवसायीको धर्म काँटामा प्रहरीको ताला
पश्चिमाञ्चल यातायात व्यवसायी समितिले नवलपुरको देवचुली नगरपालिका वडा नं. १७ झराईखोलामा सञ्चालन गरेको धर्म काँटामा प्रहरीले ताला लगाइदिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
गाईजात्रा पर्वमा बागमतीमा सार्वजनिक बिदा
बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
सुक्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध
सुक्खा पहिरो जाँदा आज बिहानदेखि अरनिको राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको हो ।
आजको मौसम: भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ भने बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको ।
प्रम निवासमा पिपुल्स लाइब्रेरी
प्रधानमन्त्री निवास बालुवाटारमा ‘पिपल्स लाइब्रेरी’ निर्माण गरिने भएको छ । ‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेको कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न सक्ने छन् । प्रधानमन्त्री निवासमा रहेको पुस्तकालयलाई ‘पिपुल्स लाइब्रेरी’ का रूपमा विकास गर्ने अवधारणा राधिका शाक्यको हो । पुस्तकालयमा लेखक र पाठकलाई मन परेको पुस्तक सङ्कलन गर्ने अवधारणासमेत शाक्यकै हो ।
‘हुक्काभित्र ट्वार्र! ट्वार्र!’
बालगीत ‘हुक्काभित्र ट्वार्र! ट्वार्र!’ को म्युजिक भिडियो शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ । गीतमा रामबाबु सुवेदीको शब्द, वसन्त सापकोटाको सङ्गीत र म्युजिक भिडियोमा रामचन्द्र अधिकारीको अभिनय रहेको छ । गीतमा पूजा देवकोटा, दर्शिल पन्त, टेरेशा विश्वकर्मा र प्रसन्न तामाङले स्वर दिनुभएको छ । पूर्वसांसद माया ज्ञवाली, ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्य, गायक रामेश श्रेष्ठ र बालसाहित्यकार अनन्त वाग्लेले संयुक्त रूपमा भिडियो सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्यले बालबालिकाले यस्ता गीतबाट शिक्षा लिनुपर्ने र अभिभावक पनि सचेत हुने बताउनुभयो ।
ध्याले पाटनमा चर्दै गरेका भेडा
जाजरकोटको बारेकोट गाउँपालिका–४ ध्याले पाटनमा चर्दै गरेका भेडा । जाजरकोट र जुम्लाबाट यहाँ भेडाहरु चरनका लागि ल्याउने गरिन्छ ।
रकमान्तरलाई कानुनी व्यवस्थामै राख्न प्रस्ताव
वार्षिक बजेटमा उल्लेख भएको कुनै कार्यक्रममा रकम खर्च नभए वा नहुने सुनिश्चित भएमा अर्को स्वीकृत कार्यक्रममा रकमान्तर गर्ने गरी सरकारले कानुनी व्यवस्था प्रस्ताव गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गर्ने विधेयकमार्फत सरकारले रकमान्तर तथा स्रोतान्तरलाई विधायिकी कानुनमा नै व्यवस्था गर्न प्रस्ताव गरेको हो ।
अर्थ मन्त्रालयको कार्ययोजना : अर्थतन्त्र सुधार्न उच्चस्तरीय सुझाव आयोग
मुलुकको अर्थतन्त्र सुधारका लागि अर्थ मन्त्रालयले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने भएको छ । सरकार गठनको एक सय दिनभित्र सम्पादन गर्ने कार्यहरूको कार्ययोजना अन्तर्गत मन्त्रालयले आर्थिक सुधारका क्षेत्रको पहिचान गरी अर्थतन्त्र सुधारका लागि नीतिगत र कानुनी मार्ग पहिचान गर्न यस्तो आयोग गठन गर्न लागेको जनाएको छ । एक सय दिनभित्र मन्त्रालयले सार्वजनिक खर्चलाई मितव्ययी बनाउन सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने कार्यविधि २०८१ तर्जुमा गरी कार्यान्वयन गर्ने भएको छ । यसबिचमा डिजिटल कारोबारलाई बढावा दिन उपभोक्ताले डिजिटल माध्यमबाट गरेको खरिदको भुक्तानीमा १० प्रतिशत मूल्य अभिवृद्धि कर फिर्ता गर्ने योजना मन्त्रालयको छ । बजेट रकमान्तरलाई व्यवस्थित र उपलब्धिमूलक बनाउन रकमान्तर कार्यविधि, २०८१ तर्जुमा गर्ने योजना पनि मन्त्रालयले सार्वजनिक गरेको छ ।
हरित करबापत सत्ताइस करोड सङ्कलन
पेट्रोलियम पदार्थमा लगाइएको हरित करबापत २७ करोड रुपियाँ सङ्कलन भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत डिजेल र पेट्रोलमा हरित करबापत प्रतिलिटर एक रुपियाँ सङ्कलन गर्ने घोषणा गरिएको थियो । त्यसै अनुसार इन्धन आयात हुने भन्सार विन्दुुमा हरित कर सङ्कलन गरिँदै आएको छ ।
ज्यानै लिने ट्राफिकका सडक ‘एम्बुस’ कारबाहीमै रमाएको ट्राफिक
सवारीसाधनको गति मापन गर्न ट्राफिक प्रहरी बिहीबार दिउँसो राडार गनसहित बसेको स्थाननजिकै भक्तपुरको गट्ठाघरमा बीभत्स दुर्घटना भयो । कोटेश्वर–भक्तपुर सडकखण्डमा बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई तीव्र गतिमा पछ्याएको ना ६ ख २१७३ नम्बरको मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिई झन्डै एक सय मिटर परसम्म लतारेर लग्यो ।
सोलुको थामे गाउँमा प्राकृतिक विपत्ति, भेलबाढी पस्दा सिङ्गो गाउँमा क्षति
सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामे गाउँमा भेलबाढी पस्दा सिङ्गो गाउँमा क्षति पुगेको छ । बाढीले कैयौँ घर, होटल र विद्यालयसमेत बगाएको छ । गाउँमा बाढीले १६ घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार अरू सात वटा घर बाढीको उच्च जोखिममा परेका छन् । सात वटामध्ये पाँच वटा होटल बगाएको छ । ताल फुटेर बाढी गाउँ पसेको अनुमान गरिएको उहाँले बताउनुभयो । खुट्याउन माथिल्लो क्षेत्रमा जाने प्रयास गरे पनि प्रतिकूल मौसमका कारण जान नसकेको जानकारी उहाँले दिनुभयो । पाण्डेले भन्नुभयो, “सोलु सदरमुकामबाट हिँडेर जाँदा चार÷पाँच दिन लाग्छ, मोटर बाटो छैन, यहाँ हेलिकोप्टर पनि जान सकेन, स्थानीयको ज्यान जोगाउन यहीँबाट प्रयास गरिरहेका छौँ ।”
जरिबानाकेन्द्रित ट्राफिक प्रहरी
नागरिकलाई सुरक्षित रूपमा सडक प्रयोग गर्न समन्वय गर्ने र दुर्घटना न्यूनीकरण गर्नेभन्दा पनि झाडीमा लुकेर ‘गल्ती गर्न उत्प्रेरित गर्ने’ ट्राफिक प्रहरीको प्रवृत्तिको सवालमा दुई दिनदेखि बहस तीव्र भएको छ । काठमाडौँ उपत्यकाभित्रै ट्राफिक प्रहरीकैअगाडि भएको सडक दुर्घटनामा नागरिकले ज्यान गुमाइरहेका घटनाले सडक सुरक्षाका सन्दर्भमा गम्भीर प्रश्न उठाएको हो । भक्तपुरको गट्ठाघर चोकमै ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएपछि सडक सुरक्षाका सन्दर्भमा राज्यका संयन्त्रबाट भइरहेका कामप्रति नागरिक पङ्क्तिबाट औँला उठेको छ ।
प्रकृति संरक्षण कोषको अध्यक्षमा वनमन्त्री शाही
राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई जिम्मेवारी दिइएको छ ।
नेपाली भाषा साहित्य संस्कृति र दर्शनको अनुसन्धान गर्ने सहमति
नेपाल प्रज्ञाप्रतिष्ठान र काशी हिन्दु विश्वविद्यालय वाराणसी भारतअन्तर्गत कला सङ्घ सङ्कायको भारतीय भाषा विभागबीच नेपाली भाषा साहित्य, संस्कृति तथा दर्शनको अध्ययन अनुसन्धान गर्नेसम्बन्धी प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको छ ।
एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक भदौ ९ गतेदेखि
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक भदौ ९ गतेदेखि बस्ने भएको छ ।
हात्तीमैत्री बन्यो बाहुनडाँगी
तीस वर्षअघि थोत्रे टिन ठटाउँदै आगोको पुल्ठो बालेर जङ्गली हात्तीलाई लखेटेका त्रासद रातहरु बाहुनडाँगीका नीलकण्ठ तिवारीले अझै बिर्सनु भएको छैन । उसबेला गाउँका बासिन्दाका लागि हात्ती धपाउने योभन्दा अर्को उपाय नै थिएन ।
जलवायु क्षेत्रका ५० अभियान्ताका पाँच प्रतिबद्धता
वातावरणीय न्यायमा काम गर्ने ५० जना अभियान्ताहरुले जलवायु परिवर्तनको जोखिम कम गर्दै र चाडपर्वलाई वातावरणमैत्री बनाउन देशव्यापी अभियान सुरु गर्ने घोषणा गरेका छन् ।
गृहमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट
गृहमन्त्री रमेश लेखकसँग संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको उक्त भेटवातार्मा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।
प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ
महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले प्रतिबन्धित लागूऔषध नाइट्रोभेट ट्याबलेटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सरकारले निराशालाई आशामा बदल्नुपर्छ : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले जनतामा उत्पन्न भएको निराशालाई आशामा बदल्दै राजनीतिक स्थायित्वको आधार तयार गर्नुपर्ने बताउनुभएको छ ।
सामाजिक सञ्जालको दुरुपयोगले बैकिङ प्रणालीमा असर पुर्यायो : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कतिपय व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दा बैकिङ प्रणालीमा असर हुँदात्यस्ता व्यक्तिमाथि कानुनी कारबाहीको व्यवस्था राख्नुपर्ने बताउनुभएको छ ।