काठमाडौँ, चैत ८ गते । गायक विकास जङ्गबहादुर राणाको नयाँ गीत ‘जाले माले रुमाल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । केशवराज चौलागाईंको शब्द तथा सङ्गीत रहेको गीतलाई श्यामश्वेत रसाइलीले एरेन्ज गर्नुभएको छ ।
लोकपपको शैलीको गीतमा दुई माया गर्ने जोडीबिचको मायाप्रेमको भावलाई प्रस्तुत गरिएको छ । अञ्जली अधिकारी र सुनील क्षेत्रीको अभिनय रहेको गीतमा नवराज उप्रेतीको छायाङ्कन र अमृत चापागाईंको सम्पादन रहेको छ । सुनील क्षेत्रीले निर्देशन गर्नुभएको भिडियोमा सुनीलकै नृत्य रहेको छ । भिडियोलाई विकास राणाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।