'बेंशीसहरबासीलाई चौबिसै घण्टा शुद्ध खानेपानी'
हिउँद लाग्नासाथ पानीको दुःख झेल्दै आएका लमजुङ सदरमुकाम बेसी सहरबासीले अब चौबिसै घण्टा शुद्ध खानेपानी पाउने भएका छन् ।
पालिकामा सभा सञ्चालन ऐन बाधक : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सभा सञ्चालन ऐनका कारण प्रदेशका धेरै स्थानीय तहमा सभा हुन नसकेको बताउनुभएको छ ।
अर्ग्यानिक मल उत्पादनमा कृषकको बढ्दो आकर्षण
कोरोनाको महामारीका कारण संसार घरभित्र थुनिएको थियो । तर रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका –२, केउटलियाका युवा फारुक खानाको दिमागमा एउटा योजना आयो ।
आवश्यक्ताका आधारमा योजना निर्माण गरिने
कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा.राजेन्द्र अधिकारीले विकास निर्माणका कुनैपनि योजनाहरु पहुँचका आधारमा नभएर आवश्यक्ताका आधारमा निर्माण गरिनुपर्ने बताउनुभएको छ ।
विनयीत्रिवेणीमा मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया
नवलपरासी पूर्व (नवलपुरको) विनयी त्रिवेणी गाउँपालिकाले मोतियाबिन्दु भएका एक सय ६१ जनाको निःशुल्क शल्यक्रिया सुरु गरेको छ ।
ऐरावती आदर्श बहुमुखी क्याम्पसको अध्यक्षमा सोनी
दाङको ऐरावती आदर्श बहुमुखी क्याम्पसको अध्यक्षमा विनोदकुमार सोनी निर्वाचित हुनुभएको छ । गएराति सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सोनीको प्यानल विजय भएको हो ।
अछामबाट ५ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
अछाम जिल्लामा एसइई परीक्षकाो तयारी पुरा भएको छ । बिहिबारबाट सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइईको सम्पूर्ण तयारी पुरा भएको हो ।
बुटवलमा दोस्रो मिडिया सम्मेलन हुने
बुटवलमा दोस्रो मिडिया सम्मेलन हुने भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा मिडिया सम्मेलन हुने भएको हो ।
हेटौँडालाई महिलामैत्री सहरको रुपमा विकास गरिने
विकासको नयाँ नयाँ प्रयोगका क्रममा हेटौँडा उपमहानगर महिलामैत्री सहरको रुपमा विकास गरिने भएको छ ।
ट्रयाक खुलेको साढे दुई दशकपछि सडक स्तरोन्नति
बागलुङ बजारसँग जोडिएको मुलपानी–दानबिसौना सडक स्तरोन्नति गर्न थालिएको दुई दशक भएपछि सडकको सतरोन्नति सुरु गरिएको छ ।
नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी
नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको सम्पूर्ण प्यानलनै विजयी भएको छ ।
सिरिजङ्घा पर्यटन महोत्सव हुने
ताप्लेजुङमा आगामी वैशाखमा सिरिजङ्घा पर्यटन महोत्सव आयोजना हुने भएको छ ।
लहानमा नेविसंघको प्यानल विजयी
सम्पन्न स्वतन्त्र विधार्थी युनिययनको निर्वाचनमा लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पस लहानमा नेपाल विधार्थी संघले तेस्रो पटक प्यानल नै विजयी भएर वर्चश्व कायम गरेको छ ।
कृषि पेशामा जीवन लगाउनुभएका कृषक मोतिलाल
बागलुङ नगरपालिका –३ बोक्सेको गैराका ७६ बर्षीय मोतीलाल सापकोटाको दैनिकी कृषि कर्ममा बित्दछ । बिहान ४ बजे उठ्यो, नित्य कर्म, तरकारीको डोको बोक्यो बागलुङ बजार ल्यायो र बेच्यो । उहाँको यो दैनिकी झैण्डै ४० बर्षदेखि अनवरत छ।
गौतम परिवारद्वारा गाउँमा निःशुल्क स्वास्थ्य शिबिर आयोजना
संयुक्त राष्ट्रसंघका भुतपूर्व सहायक महासचिव कुलचन्द्र गौतमको परिवारले चैत २८ र २९ गते इस्मा गाउँपालिका –६ अमरपुरमा बिशेषज्ञ डाक्टरसहित बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
किर्नाले सताउँदा स्थानीयलाई सास्ती
नवलपरासी पूर्व (नवलपुरको) हुप्सेकोट गाउँपालिकामा रहेका वनहरूमा किर्नाले सताउँदा काम गर्न असहज भएको स्थानीयको गुनासो छ ।
पोखरा नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
पोखराको नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानल विजयी भएको छ ।
जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा नेबिसंघको प्यानल विजयी
रौतहटको जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा मङ्गलबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ ।
सागसब्जी खेतीबाट वार्षिक सात लाख आम्दानी गरिरहेका हिराबहादुर
जिल्लाको भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आवद्ध हुनुहुन्छ । विसं २०५२ मा थानकोटबाट सागसब्जी खेती सुरु गर्नुभएका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती विस्तार गर्नुभएको हो ।
बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे
मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन् । यहाँका अस्पताल, स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका रहेका स्वास्थ्यकर्मीले बताएका छन् ।
अमर क्याम्पसमा गठबन्धनविरुद्ध अनेरास्ववियुको जित
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा प्युठानमा एक्लै चुनाव लडेको अनेरास्ववियुले एउटा क्याम्पसमा जित हासिल गरेको छ । स्वर्गद्वारी नगरपालिकास्थित अमर क्याम्पसमा गठबन्धनलाई पराजित गर्दै अनेरास्ववियुले जित हासिल गरेको हो ।
चतुर्भुजेश्वर सभापतिमा अनेरास्ववियुका घिमिरे बिजयी
सर्लाहीको हरिवनस्थित चतुर्भूजेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका हिमाल घिमिरे निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेविसङ्घको संयुक्त प्यानलबाट सभापतिका उम्मेदवार घिमिरे प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
‘सुपर जोन र जोन कार्यक्रम’ले उत्पादन बढायो
कैलालीमा गहुँको सुपर जोन र चैते धानको जोन कार्यक्रमले उत्पादन बढाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित सुपर जोन र जोन कार्यक्रमले गहुँ र चैते धानको उत्पादन बढाएको हो ।
काठको मुढा लागेर बृद्धको मृत्यु
गोरखामा काठको मुढा लागेर एक बृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारपाक सुलीकोट गाउँपालिका –४ टुकराङका ६९ बर्षिया बिमायाँ बराम भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो ।