बेरोजगार युवालाई गाउँमै रोजगारी
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका अधिकांश बेरोजगार युवाले पछिल्लो समय गाउँमै रोजगार पाउन थालेका छन् । यहाँका अधिकांश युवकयुवती पहिला गाउँमा केही गरी खाने काम नमिलेपछि रोजगारी गर्नका लागि भारतका विभिन्न ठाउँमा जाने गरेका थिए ।
प्रदेश सभामा महिला सक्रिय
कर्णाली प्रदेश सभामा महिला प्रदेश सभा सदस्यको सक्रियता बढ्दो छ । प्रदेश सभा बैठकमा होस् या संसदीय समितिमा उहाँहरूको सक्रिय सहभागिता हुने गरेको छ ।
भूकम्पले क्षतिग्रस्त प्रहरी भवन पुनर्निर्माण गरिँदै
भूकम्पले क्षतिग्रत यहाँको जिल्ला प्रहरी कार्यालयको भवन पुनर्निर्माण गर्न लागिएको छ । गत वर्ष कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पले चर्किएर बस्न नमिल्ने भएपछि दातृ निकायको सहयोगमा पुनर्निर्माण गर्न लागिएको हो ।
सेवा प्रवाह गर्न ‘एआई च्याटबोट’
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले ‘एआई च्याटबोट’ प्रयोगमा ल्याउने भएको छ । एकीकृत सेवा प्रवाह सञ्चालन गरेर सेवाग्राहीलाई सहज बनाएको नगरपालिकाले च्याटबोटमार्फत सहज सेवा प्रवाहको तयारी गरेको हो ।
आधारभूत अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चलाउने
दैलेखको राकम आधारभूत अस्पताल अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्ने भएको छ ।
दिक्तेलमा निःशुल्क आँखा शल्यक्रिया शिविर
नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरेको छ । पहिलो दिन शनिबार ३४ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन
वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामी भाषा
कृषि कर्ममा रमाउँदै पदम खत्री
बागलुङ नगरपालिका –९ तित्याङ थापाथरका पदम खत्री कृषि कर्ममा निकै व्यस्त हुनुहुन्छ । खत्रीको दैनिकी बिहान सबेरै उठेर साँझ अबेरसम्म कृषि कर्ममा नै बित्ने गर्छ । समयअनुसार कहिले फलेका तरकारी बिक्रि गर्ने, कहिले तरकारी खेतीमा पलाएका झार गोड्ने त कहिले बजारसम्म पुग्ने गर्नुहुन्छ । उहाँको यही कर्मले नै गाउँमा पौरख पदमको नामले परिचित छन् ।
स्वदेशी उत्पादनलाई प्राथमिकता
संसारलाई सूचना प्रविधिको दृष्टिले साँघुरो बनाएको छ ।
दक्षिण एसियामा मोदीको प्रभाव
नरेन्द्र मोदी पहिलो पटक भारतको प्रधानमन्त्री हुँदा ‘सेन्टर फार द स्ट्रइज आफ डेबलपमेन्ट सोसाइटी’ का निर्देशक तथा भारतका राजनीतिक विश्लेषक सन्जय कुमारले भन्नुभएको थियो, “इन्दिरा गान्धीपछि पहिलो पटक नरेन्द्र मोदी अर्थात् जनताले व्यक्तिको नाममा भोट दिएका हुन् ।”
पानीको सङ्कट निम्तिने खतरा
आज सम्पूर्ण विश्व नै पानीको सङ्कटसँग जुधिरहेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार जीवनको यो सबैभन्दा अपरिहार्य आवश्यकतालाई पूरा गर्न चाँडै नै उपयुक्त किसिमले भगीरथ प्रयत्न गरिएन भने आउँदो समयमा स्थिति अझ विषम र विकराल हुने छ ।
बौद्धिक चेतको खडेरी
जङ्क फुड खाने संस्कार र बच्चालाई जङ्क फुड दिएर गरिने मायालाई डा. अरुणा उप्रेती विषालु मायाको संज्ञा दिनुहुन्छ ।
कुकुरले टोके के गर्ने ?
रेबिज प्राणघातक सरुवा रोग हो । रेबिज विश्वकै एक प्रमुख जनस्वास्थ्य समस्या हो । विश्वमा बर्सेनि करिब ६० हजारभन्दा बढी मानिसको मृत्यु रेबिजको कारण हुने गरेको तथ्याङ्क छ । विश्वमा करिब ९५ प्रतिशत रेबिज रोग कुकुरको टोकाइका कारण हुने गर्छ ।
गजल वाचनको १० औँ शृङ्खला
गजल मञ्च चितवनको आयोजनामा शनिबार भरतपुरमा गजल वाचनको १० औँ शृङ्खला सम्पन्न भएको छ ।
गुणस्तरीय चलचित्र निर्माणमा जोड
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र निर्माण गर्न सके विदेशीभन्दा नेपाली चलचित्र चल्ने बताउनुभएको छ । शनिबार आठौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गतको ‘संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग चलचित्रका कुरा’ विषयक छलफलमा मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो ।
काठमाडौँमा पहिलो पटक रुसी चलचित्र प्रदर्शनी
रुसी चलचित्र दिवसका अवसरमा पहिलो पटक रुसी चलचित्रको प्रदर्शनी सम्पन्न भएको छ । उक्त दिवसमा शनिबार काठमाडौँको छायाँ सेन्टरमा तीन वटा रुसी चलचित्रको प्रदर्शनी गरिएको हो ।
असिनापानीले बाली नष्ट
शुक्रबार मध्यरातमा आएको हावाहुरीसहितको असिनापानीले खाद्यान्न तथा तरकारी बाली नष्ट हुँदा रौतहटको उत्तरी क्षेत्रका किसानले क्षति बेहोर्नु परेको छ । जिल्लाको उत्तरी क्षेत्रमा मात्र परेको असिनापानीले उक्त क्षेत्रका किसानको मकै, गहुँ, मसुरो र तरकारी बाली नष्ट गरी क्षति पु¥याएको हो ।
कोषको दाबी भुक्तानी तेह्र अर्ब
सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झन्डै साढे १३ अर्ब रुपियाँ भुक्तानी गरेको छ ।
लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले तिरे बक्यौता
नवलपरासीको सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापतको बक्यौता महसुल तिर्न सुरु गरेको छ ।
कर्णालीबाट त्रिचालिस हजारलाई श्रम स्वीकृति
कर्णाली प्रदेशमा दुई आर्थिक वर्षमा ४३ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् ।
कृषि उपकरणमा कृषिमन्त्रीकै अविश्वास
कृषि क्षेत्रमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले प्रश्न उठाउनुभएको छ । कृषि मेसिनरी व्यवसायी सङ्घको नवौँ वार्षिक साधारण सभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा उहाँले कृषि क्षेत्रलाई यान्त्रिकीकरण गर्दै लैजानुपर्ने अवस्थामा गुणस्तरीयतामा विश्वस्त हुन सक्ने अवस्था नरहेको बताउनुभएको हो ।
घट्यो बजार अनुगमन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन सङ्ख्या र अनुगमनपछि कैफियत देखिएर जरिबाना गरिने प्रतिष्ठानको सङ्ख्या गत वर्षभन्दा घटेको छ । विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको तुलनामा चालु आव २०८१/८२ को सो अवधिमा बजार अनुगमन र अनुगमनपछि जरिबाना गरिएका व्यावसायिक फर्मको सङ्ख्या घटेको हो ।