चौतारीको महाधिवेशन विराटनगरमा हुँदै
प्रेस चौतारी नेपालको १० औँ महाधिवेशन आइतबार (आज) बाट विराटनगरमा सुरु हुँदै छ ।
प्रभावकारी भएन जिससको काम
जिल्ला समन्वय समिति (जिसस) का प्रमुखहरूले जिसस सञ्चालनका लागि कानुन निर्माणको माग गर्दैमा आठ वर्ष बितेको छ । २०७४ मा पहिलो पटक भएको स्थानीय तहको निर्वाचनपछि जिससको संरचना निर्माण भएदेखि नै जिससका पदाधिकारीले जिसस सञ्चालनका लागि छुट्टै कानुन निर्माणको माग गर्दै आएका छन् ।
घर अभिलेखीकरणमा देखिएन उत्साह
ललितपुर महानगरपालिकाले मापदण्डविपरीत बनेका तथा नक्सापास नभएका घर तथा भवनलाई नियमित र अभिलेखीकरण गर्ने अभियान थालेको एक महिनामा जम्मा ६० घरधनीले सो प्रक्रियाका लागि दर्ता गराएका छन् ।
एमसिसी अगाडि बढाउन अनुमति
अमेरिकी सरकार अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ ।
मध्यसहरमा अर्घेलो र भद्दा संरचना
चक्रपथ सडक अन्तर्गत ललितपुरको ग्वार्को चोकमा सवारीसाधन आवतजावत गर्नका लागि सडकबाट ५.५ मिटर अग्लो संरचना निर्माण भइरहेको छ ।
नियमावली बाझिदा राष्ट्रिय सभाको बैठक प्रभावित
प्रतिनिधि सभा र राष्ट्रिय सभा नियमावलीमा प्रतिस्थापन विधेयकको नामसम्बन्धी व्यवस्था बाझिएपछि राष्ट्रिय सभाको बैठक प्रभावित भएको छ ।
अघि बढ्न सकेन शिक्षा विधेयक
नयाँ संविधान जारी भएको एक दशक बित्न लाग्दासमेत सङ्घीयता अनुकूल शिक्षाको कानुन बन्न सकेको छैन । मुख्य राजनीतिक दल गम्भीर नहुँदा कानुन निर्माणको काम अघि बढ्न नसकेको हो ।
खानेपानीमा ९७ प्रतिशत नेपालीको पहुँच
स्वच्छ र गुणस्तरीय खानेपानीमा मुलुकको २७ प्रतिशत जनसङ्ख्याको पहुँच पुगेको छ । त्यसै गरी आधारभूत खानेपानीमा भने ९७ प्रतिशत नेपालीको पहुँच पुगेको छ ।
पाथीभरा क्षेत्र फेदी बजारमा हिमपात
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा हिमपात भएको छ । शनिबार साँझपख वर्षासँगै पाथीभरा क्षेत्रको फेदीसम्म हिमपात भएको हो ।
स्वास्थ्यकर्मी महासंघ मकवानपुरको अध्यक्षमा चौलागाईं
नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुरको चौथो अधिवेशन हेटौंडामा सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले उत्सव चौलागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
जल संरक्षणका लागि साइकल र्याली
विश्व जल दिवसको अबसरमा शनिबार लमजुङमा साइकल ¥याली आयोजना गरिएको छ । लमजुङ जेसीस–२०२५ को आयोजनामा साइकल र्याली आयोजना गरिएको हो ।
‘बाल शिक्षालाई प्राथमिकता क्षेत्रमा समेटिनुपर्छ’
सभामुख देवराज घिमिरेले बाल शिक्षालाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा समावेश गर्नुपर्ने बताउनुभएको छ । काठमाडौँको राष्ट्रिय मन्टेश्वरी तालिम केन्द्रको २५ औँ वार्षिकोत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
डुबेर बालकको मृत्यु
महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका –४ बस्ने श्रवण यादवको १० वर्षिय छोरा आलोक यादव रहेको प्रहरीले जनाएको छ ।
माओवादी केन्द्र फक्ताङ्लुङकाे तेस्रो अधिवेशन सुरु
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित नेकपा (माओवादी केन्द्र) को तेस्रो पालिका अधिवेशन सुरु भएको छ । गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन गर्नेगरी माओवादी केन्द्रको पालिका अधिवेशन शनिबार सुरु भएको हो ।
सेनाद्वारा माइस्थान मन्दिर हस्तान्तरण
इलामको ऐतिहासिक तथा पुुरानो माइस्थान धार्मिक विकास समितिलाई स्तरोन्नति गरी नेपाली सेनाले मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।
असिना पानीले बाली नष्ट, किसान चिन्तित
शुक्रबार मध्यरातमा आएको हावाहुरीसहितको असिनापानीले खाद्यान्न तथा तरकारी बाली नष्टहुँदा रौतहटको उत्तरीक्षेत्रका किसान चिन्ता व्यक्त गरेका छन् ।
पर्यटकीय गन्तव्य बन्दै पुरन्धारा झरना
बबई गाउँपालिका –५ मा रहेको पुरन्धारा झरना पछिल्लो समय पर्यटकीय केन्द्रका रुपमा विकास भएको छ । हापुरे बजारबाट करिव १० किलोमिटर पश्चिम दक्षिण बबई नदीको छेउमा रहेको झरनाले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ ।
लेखानीलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन महायज्ञ
काठेखोला गाउँपालिका वडा ८ स्थित नर्मदेश्वर शिवालय मन्दिरमा ९ दिनसम्म श्रीमद्देवी भागवत महापुराण नवाह, ज्ञान महायज्ञ सञ्चालन गरिने भएको छ ।
ढुङ्गे औजारको सभ्यता
इतिहासका धेरै घटनाक्रममा दाङ जिल्लाको आफ्नै विशेषता, महत्व र विरासत छ ।
गाउँपालिका अध्यक्षसहित दुई जना प्रहरी नियन्त्रणमा
यहाँको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय विभेदको घटनामा औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र सोही ठाउँका पूर्व वडाध्यक्ष तथा जनमत पार्टीका नेता दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको छ ।
दलितसम्बन्धी घटनाको आयोगद्वारा अनुगमन
सिराहाको औरही गाउँपालिका–५ का दीपक मरिक (डुम) परिवारलाई अन्यत्र सारेको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशको टोलीले स्थलगत अनुगमन गरेको छ ।
तिमी जाऊ अब म फर्किन्नँ (कथा)
उनको मौन अनुहारले भन्दै थियो, “तिमी जाऊ... अब म फर्किन्नँ ।” मैले आँसुको भेल थाम्न सकिनँ । आँखाहरूलाई दुवै हातले छोप्दै बिस्तारै बोलेँ, “सानी तिमी अब कहिल्यै नफर्किने ठाउँमा पुगिसक्यौ । तिमीबिना यहाँ कति अड्न सकूँला र म ।”
गीत
निर्मम प्रश्नहरूले घेरिएको छ जिन्दगी निरुत्तर बनाउने षड्यन्त्रमा फसेको छ जिन्दगी जिन्दगीको अनिश्चित यात्रामा छु, म त्यसको भारी हो कि भरिया हुँ बुझ्न
खेलको निगरानी (कविता)
तिम्रो कुरूप बोली सुनेर मन हैन, लाजले मेरो अनुहार रातो भएको थियो