स्थानीय सरकारलाई अधिकार दिएमात्र देशको प्रगति हुन्छ : राज्यमन्त्री
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले स्थानीय सरकारलाई संविधानले तोकिएको अधिकार दिएमात्र देशको प्रगति हुने बताउनुभएको छ ।
भारतीय सेनाध्यक्षद्वारा जङ्गी अड्डामा सम्मान निरीक्षण
भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गर्नुभएको छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय नेपाल भ्रमणमा रहनुभएका सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो ।
क्यासिनो सञ्चालनमा कडाइ
जथाभावी रूपमा जुवाघर (क्यासिनो) सञ्चालन हुन थालेपछि सरकारले यसको दर्ता एवं सञ्चालनमा कडाइ गरेको छ। क्यासिनो सञ्चालन गर्न इजाजत प्राप्त कम्पनीले अब एउटा मात्र क्यासिनो सञ्चालन गर्न पाउने भएका छन्। केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७९ अन्तर्गत पर्यटन ऐन, २०३५ लाई संशोधन गर्दै सरकारले कुनै कम्पनीले एकभन्दा बढी क्यासिनो सञ्चालन गरेको भेटिए छ महिनाभित्र एउटा इजाजत रद्द गर्ने भएको छ।
काठमाडौं ७ मा मुक्ति प्रधान सिफारिस
नेकपा (माओवादी केन्द्र) को काठमाडौंको संघीय निर्वाचन क्षेत्र नम्बर ७ मा मुक्ति प्रधानको नाम सिफारिस भएको छ । माओवादीको काठमाडौं क्षेत्र नम्बर ७ का इन्चार्ज दीपक सिलवाल (रुपेश) ले आइतबार एक भेलागरी प्रत्यक्षतर्फ प्रधान र संघीय समानुपातिकमा धनलाल महर्जनको नाम सिफारिस भएको जानकारी दिनुभयो ।
दार्चुला एमालेबाट ठगुन्ना सर्वसम्मत सिफारिस
नेकपा (एमाले) दार्चुलाबाट प्रतिनिधिसभा उम्मेदवारमा गणेशसिंह ठगुन्नाको नाम सर्वसम्मत सिफारिस भएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ठगुन्नाको नाम एकल सिफारिस गरिएको एमाले दार्चुलाका उपसचिव एबम् प्रचार विभाग प्रमुख खडक वडालले जानकारी दिनुभयो ।
माओवादी र एकीकृत समाजवादीको साझा चुनावी घोषणापत्र बन्दै
सत्ता साझेदार दलहरु नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच आगामी निर्वाचनका लागि साझा घोषणापत्र निर्माण गर्ने छलफल चलेको छ । मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दलका नेता एवम् अन्य उम्मेदवार सिफारिस गर्नेक्रम जारी छ । पछिल्लो समय नेताहरुले निर्वाचन तयारीमा सक्रियता बढाएका छन् ।
महानगरका समस्याको दिगो समाधान नभए अन्यत्र मोडिदैनौँ : प्रमुख साह
काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहले महानगरका समस्याको दीगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नरहेको बताउनुभएको छ । आइतबार महानगर प्रमुखको कार्यभार सम्हालेको एक सय दिनको अवधिमा नागरिकलाई आशा जगाउने कामको सुरुवात गरेको बताउनुभएको छ ।
वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्नुपर्छ : श्रममन्त्री कुँवर
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्ने बताउनुभएको छ ।
भारतीय सेनाध्यक्ष पाँडे आज नेपाल आउनुहुँदै
भारतीय सेनाध्यक्ष जनरल मनोज पाँडे आज (आइतबार) नेपाल आउँदै हुनुहुन्छ । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतीय सेनाध्यक्ष पाँडे आज अपराह्न नेपाल आउन लाग्नुभएको हो ।