ढोरपाटन आरक्षमा बँदेलको सिकार गराइने
वर्षेनी दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको ढोरपाटन सिकार आरक्षमा अबदेखि बँदेलको पनि सिकार गर्न पाइने भएको छ । नेपाली सिकारीलाई लक्षित गरी बँदेल सिकार खुला गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी थालेको हो ।
मौसममा आंशिकदेखि सामान्य बदली
आज मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश सामान्य बदली रही अन्य प्रदेशहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।
आज निजामती दिवस मनाइदै
आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाईदैछ । नेपालमा हरेक वर्ष भदौ २२ गतेको दिनलाई निजामती दिवसको रुपमा मनाइन्छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास समृद्धि र सुशासन’ भन्ने नाराका साथ यस दिवस मनाउन लागिएको हो ।
सरकारले छिट्टै भ्रमण दशक घोषणा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले छिट्टै नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेको बताउनुभयो । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम)ले मङ्गबार काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय पर्यटन सम्मेलन–२०२२ लाई सम्बोधन गर्नुहुँदै पर्यटन मन्त्री श्रेष्ठले सो जानकारी दिनुभएको हो ।
जटायु रेष्टुरेन्टमा २३७ गिद्ध गणना
पूर्वी नवलपरासीको कावासोतीमा रहेको जटायु रेष्टुरेन्टमा २३७ गिद्ध गणना गरिएको छ । नेपालमा पाइने नौ प्रजातिको गिद्ध मध्ये कावासोतीको पिठौलीमा रहेको जटायु रेष्टुरेन्टमा आठ प्रजातिको गिद्ध अवलोकन गर्न सकिन्छ । तर मौसमका कारण अहिले चार प्रजातिको गिद्ध अवलोकन गर्नु सफल भएको जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डिवी चौधरीले बताउनुभयो ।
अवैध संरचना भत्काउने काम कसैले रोक्न सक्दैन : कामपा
काठमाडौं महानगरपालिकाले अवैधरुपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम कसैले रोक्न नसक्ने भन्दै यसलाई निरन्तर अघि बढाउने जनाएको छ ।
एमाले बाँकेद्वारा प्रतिनिधिसभाका तीन वटै क्षेत्रमा नाम सिफारिस
नेकपा (एमाले) बाँकेले जिल्लाका तीन वटै सङ्घीय निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
कतिपयले परिचयपत्र पाउन सकेनन्, कोही पुनः हलिया बने
दास प्रथाको अवशेषको रुपमा रहेको हलिया प्रथा अन्त्य भएको घोषणा भएको १४ वर्ष पूरा भएको छ । सरकारले वि.सं. २०६५ साल भदौ २१ मा १२ वटा जिल्लाहरुमा बधुवा मजदुरका रुपमा रहेका हलियाहरुको मुक्तिको घोषणा गरेको थियो । तर हलिया मुक्तिको १४ वर्ष पूरा भएको भए पनि अझैँसम्म मुक्त हलियाहरुको जीवनस्तरमा सुधार आउन सकेको छैन ।
पर्यटनमा आयाम थप्दै बन्दीपुर
बाह्रै महिना शीतल, चिसो हावापानी । आँखै अगाडि सेताम्मे हिमाल । बिहानै झुल्किने घामको पहिलो प्रहर । समुन्द्री सतहबाट एक हजार ३० मिटर उचाइमा अवस्थित बन्दीपुरको चिनारी हो यो ।