ढिस्को खस्दा एकको मृत्यु, दुई जना घाइते
जिल्लाको मंगला गाउँपालिका –२ सल्यानस्थित बाबियाचौरतर्फ जाने भित्रि सडकखण्डमा ग्याभिन जाली भर्ने क्रममा माथिबाट ढिस्को खस्दा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
गाउँपालिकामा प्रथम साहित्यिक महोत्सव
पर्यटन प्रवर्द्धनसँगै स्थानीय कला संस्कृति र साहित्यको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव २०८२ शनिबार जानकी गाउँपालिकामा सुरु भएको छ।
दमौली–केशवटार सडकको गुँदीखण्डमा कालोपत्रे
तनहुँको सदरमुकाम दमौलीबाट व्यास नगरपालिका वडा नम्बर १४ को केशवटार जोड्ने सडकको स्तरोन्नतिसँगै स्थानीयवासीमा खुसीयाली छाएको छ ।
अध्यक्ष ओलीको पक्षमा एमालेको अपिल
नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओलीलाई मत हाल्नुपर्ने ३० कारण अघि सारेको छ। पार्टीको झापा नं ५ क्षेत्रीय कमिटीले प्रकाशन गरेको अपिलमा राष्ट्रिय स्वाधिनताको रक्षादेखि शिक्षक दरवन्दी मिलानसम्मका विषयहरु समेटिएको छ।
चन्द्रगढी बिमानस्थल सेनाको सुरक्षामा
झापामा निर्वाचन नजिकिँदै जाँदा थप सुरक्षा ब्यवस्था कडा पारिएको छ । यसैक्रममा झापामा शीर्ष नेताहरूको आवत–जावत बढेपछि चन्द्रगढी विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।
कञ्चनपुरमा अनुगमनकर्तालाई तालिम
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षाका लागि अनुगमनकर्तालाई तालिम प्रदान गरिएको जनाएको छ ।
वरिष्ठ पत्रकार शर्मालाई गोतामे पत्रकारिता सम्मान
वरिष्ठ पत्रकार तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मालाई “गोतामे पत्रकारिता स्वर्ण पदक” ले सम्मान गरिएको छ । शर्मालाई एक तोला सुनको तक्मासहितको पदक प्रदान गरिएको हो ।
सेना दिवसमा एकता दौड प्रतियोगिता
महाशिवरात्री तथा २६३ औं नेपाली सेना दिवसको अवसरमा आज धनगढीमा एकता दौड कार्यक्रम सम्पन्न गरिएको छ ।
चिया उद्योगलाई आधुनिक र प्रतिस्पर्धी बनाउने चीनको नयाँ रणनीति
चीनले २०३० सम्म आफ्नो चिया उद्योगलाई कुल १.५ लाख करोड युआनको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ । यसका लागि देशका पाँच सरकारी विभागले नयाँ मार्गनिर्देशन जारी गरेका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यी बिच भेटवार्ता
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यी बिच भेटवार्ता भएको जनाइएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सामाजिक सञ्जाल एक्स मार्फत उनीहरूको भेटवार्ताको बारेमा जानकारी दिनु भएको हो ।
युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै
रुसले युक्रेनको दक्षिणी क्षेत्र ओडेसामा गरेको रातभरको ड्रोन आक्रमणमा एक आवासीय भवनमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।
सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख
युरोपले आफ्नो सुरक्षाको लागि थप जिम्मेवारी लिनुपर्ने युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयनले शनिबार म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा बताउनु भएको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा सार्थक तुल्याउने एमालेको लक्ष्य
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सार्थक तुल्याउँदै स्वाधीन, समुन्नत र समाजवाद उन्मुख अर्थतन्त्रका आधारमा समान अवसरसहित न्यायपूर्ण समाज निर्माणलाई केन्द्रमा राखेको बताएको छ ।
नयाँ चरणको त्रिपाक्षीय वार्ता फेब्रुअरी १७-१८ मा हुने
युक्रेन, संयुक्त राज्य अमेरिका र रूस बिचको त्रिपक्षीय वार्ताको अर्को चरण जेनेभा, मस्को र किएभमा फेब्रुअरी १७-१८ मा हुने जनाइएको छ ।
बङ्गलादेश: जमातद्वारा चुनावी हार स्वीकार
बङ्गलादेशको राजनीतिक सङ्क्रमणपछि सम्पन्न पहिलो संसदीय निर्वाचनमा पराजित भएको बङ्गलादेश जमात-ए-इस्लामीले अन्ततः नतिजा स्वीकार गरेको घोषणा गरेको छ ।
क्यारेबियनमा अमेरिकी आक्रमण, तीनको मृत्यु
क्यारेबियन सागर क्षेत्रमा लागु औषध तस्करी नियन्त्रण अभियान तीव्र बनाइरहेको अमेरिकी सेनाले अर्को एक कथित तस्करी डुङ्गामाथि घातक आक्रमण गरेको जनाएको छ ।
‘क्षणिक लोकप्रियताले दीर्घकालीन असर पार्छ’
नेकपा (एमाले) का प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले क्षणिक तथा भावनात्मक लोकप्रियताले देशको लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि प्रभाव पार्न सक्ने बताउनुभएको छ।
गोरखापत्रकर्मी श्रेष्ठलाई मातृशोक
गोरखापत्र संस्थानका कर्मचारी राजेन्द्र श्रेष्ठको ममतामयी आमा चिजकुमारी श्रेष्ठको ८२ वर्षको उमेरमा निधन भएको छ। निमोनियाबाट पीडित उहाँको शुक्रबार निधन भएको हो।
मिल्सबेरी काष्ठमण्डप बास्केटबल च्याम्पियन
उत्कृष्ट प्रदर्शन, आत्मविश्वास र सशक्त टिमवर्कका साथ मिल्सबेरीले नवौं काष्ठमण्डप अन्तर ए–लेभल छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
भेनेजुएलामा राजनीतिक दमन अन्त्यतर्फ कदम चाल्दै, १७ कैदी रिहा
भेनेजुएलाका संसद अध्यक्ष होर्जे रोड्रिगेजले शनिबार १७ जना राजनीतिक कैदीलाई रिहा गरिएको घोषणा गर्नु भएको छ । उक्त कदम त्यति बेला आएको हो जब देशको संसदमा ऐतिहासिक राजनीतिक रिहाइ विधेयकको प्रस्तावमा छलफल जारी छ, जसले विपक्षी विरुद्ध अदालतको दमन रोक्ने उद्देश्य राखेको छ ।
विद्यालय भ्यान दुर्घटना : मृत्यु हुने संख्या दुई पुग्यो
विद्यालयको भ्यान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । बिहीबार बागलुङ नगरपालिका वडा ३ हाडेपाखामा विद्यालय भ्यान दुर्घटनामा परेको थियो ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र प्रथम
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तह कार्यसम्पादन मूल्याङ्कनमा मुस्ताङका पाँच स्थानीय तहमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका प्रथम भएको छ ।
मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण
सालझण्डी-ढोरपाटन सडक स्तरोन्नति नभएको लामो समय भयो । स्तरोन्नति नहुँदा यहाँका स्थानीयले लामो समयदेखि सास्ती बेहोर्दै आएका छन् । यसका लागि यहाँका स्थानीयको अर्को समस्या हो, वन्यजन्तु । बँदेल र बाँदरलगायतका वन्यजन्तुका कारण स्थानीय हैरान छन् । जंगलबाट आएर बालीनाली नष्ट गरिदिने भएकाले उनीहरु यो समस्या चाँडो समाधान होस् भन्ने चाहेका छन् ।
सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै
सुडानको कोर्डोफान क्षेत्रमा पछिल्ला दिनमा ड्रोन आक्रमण तीव्र रूपमा बढेका छन् । ती आक्रमणले व्यापारिक सवारी साधन, सञ्चार सञ्जाल तथा यातायात मार्गमा अवरोध पुर्याएको छ, जसका कारण मानवीय सहायता वितरण प्रभावित भएको बताइएको छ ।