व्यवसायी पौडेलको शव फेला
सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनको खाम्दिमे बजारमा औषधी (मेडिकल) व्यवसाय गर्दै आउनुभएका गौरीमान पौडेलको शव फेला परेको हो ।
पशुपालक किसानलाई सोलार वितरण
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ फावाखोलाको हर्कटे क्षेत्रमा पशुपालन पेसा गर्दै आएका किसानलाई सोलार बत्ती वितरण गरिएको छ ।
करेन्ट लागेर बालिकाको मृत्यु
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका –३ साँघुका साङ्गे शेपाकी ७ वर्षीया छोरी मन्सिरी शेर्पाको करेन्ट लागेर मृत्यु भएको हो ।
राजनीतिमा नयाँ पुस्ता आवश्यक : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीमा नयाँ पुस्तालाई आकर्षण गर्नुपर्ने बताउनुभएको छ ।
ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु
पृथ्वी राजमार्ग हुँदै काठमाडौँतर्फ जाँदै गरेको ग्यास बुलेटको ठक्करबाट सोमबार एक महिलाको मृत्यु भएको छ ।
धनगढीमा सुदूरपश्चिम रोयल्सको र्याली
नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले धनगढीमा आज र्याली प्रदर्शन गरेको छ । रोयल्सले धनगढीको चौराहादेखि रङ्गशालासम्म र्याली प्रदर्शन गरेको हो ।
वर्षदिनभित्रै बन्द हुन्छन् सुपथ मूल्यका पसल
सहकारीले सञ्चालनमा ल्याएका सुपथ मूल्यका पसल एक वर्षभित्रै बन्द हुने गरेका छन् । सहकारीहरूले अनुदान लिएर सञ्चालन ल्याएका सुपथ मूल्यका पसल एक वर्षभित्रै बन्द हुने गरेको हो ।
ग्यास बोकेको गाडीको ठक्करले महिलाको मृत्यु
पृथ्वी राजमार्गको फिस्लिङमा सोमवार दिउँसो ग्यास बोकेको गाडीले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात्री महिलाको मृत्यु भएको छ । ईच्छाकामना गाउँपालिका वडा नम्वर ३ फिस्लिङमा भारतबाट बनेपातर्फ जाँदैगरेको एनएल ०१ एन ०२८० नम्बरको भारतीय ग्यास बुलेटले पैदल यात्रुलाई ठक्कर दिएको हो ।
मुस्ताङमा बढ्यो पर्यटकको चहलपहल, झन्डै दुई अर्बको कारोबार
हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण गर्ने पर्यटकहरूले कात्तिक महिनामा मात्रै सरदर दुई अर्ब हाराहारीको आर्थिक कारोबार गरेका छन् ।
बजार क्षेत्रमा सिसिटिभी जडान गरिँदै
पूर्वी नवलपरासीका मुख्य नाकामा जडान गरिएको ७८ प्रतिशत सिसिटिभी क्यामेरा नचल्ने अवस्थामा छ । सिसिटिभी नचल्दा अनुसन्धानमा असहज भएको प्रहरीले जनाएको छ ।
पूर्व सभामुख ढुङ्गानाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गरेको छ ।
रसियन कम्युनिष्ट पार्टी अध्यक्ष मालिन्कोबिच पोखरामा
रसियन कम्युनिस्ट पार्टीका अध्यक्ष सर्गेई मालिन्कोविच पोखरा आईपुग्नु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को निमन्त्रणामा नेपाल आउनुभएका उहाँसहित तीन सदस्यीय टोली पोखरा आइपुगेको हो ।
नेपाली सेनाको ‘टुर दि बाँके नेशनल पार्क’ अभियान
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपाली सेनाले ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्रा कार्यक्रमको आयोजना गर्ने भएको छ ।
गोरखामा ऐतिहासिक पर्यटन व्यवसायी भेला हुने
गोरखामा ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१ हुने भएको छ । गोरखा नगरपालिका गोरखाले, गोरखामा पर्यटक भित्र्याउन आउँदो पुस २५ गतेदेखि पर्यटन वर्ष घोषणा गरे लगत्तै नेपाल होटेल सङ्घ गोरखाले ऐतिहासिक पर्यटन व्यवसायी भेला आयाेजाना गर्न लागेकाे हो ।
दक्ष जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले लगानी गर्ने : मन्त्री थापा
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यावसायिक सीप रोजगारी र आत्मनिर्भरता तर्फको कदम भएको बताउनुभएको छ।
‘जहाँ मान्छे जसरी गिद्धको उपचार गरिन्छ’
बाहिर सयौँको सङ्ख्यामा रहेका बथानका गिद्ध रुखमा बसिरहेका छन् । कतिबेला सिनो हालिदेलान् र खान पाउँला भनेर कुरिरहेका छन् ।
चेक बाउन्स मुद्दामा लामा पक्राउ
चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका काभ्रेपलान्चोकको तेमाल घर भई हाल काठमाडौँ महानगरपालिका–४ बस्ने सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ ।
आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी
घोडाघोडी ताल क्षेत्रमा आगन्तुक चराहरूको चहलपहल बढेको छ । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराका लागि उपयुक्त वासस्थान मानिन्छ ।
नेपाली माछाले बजार पाएन
भारतीय माछाका कारण नेपाली माछाले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । सिमाबाट भन्सार छलेर आएका माछाका कारण यहाँ उत्पादित माछाले बजार पाउन नसकेको किसानहरुले गुनासो गरेका छन् ।
त्रिभुवन राजपथमा ट्रक दुर्घटना : चालकसहित तीन घाइते
त्रिभुवन राजपथ सडक अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ९ स्थित महाभीर खोल्सामा ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
‘सुरक्षित कर्णाली विशेष अभियान’ एक अनुकरणीय प्रयास
सूचना र प्रविधिको तीव्र विकास भइरहेका बेला पनि कर्णालीलाई दूरी र भूगोलका हिसाबले निकै जटिल एवं कठिन क्षेत्रका रुपमा हेर्ने गरिन्छ । दुःख, कष्ट, गरिबी, अशिक्षा र भोकको पर्यायका रुपमा उदाहरण दिँदा काठमाडौँको कर्णाली, सुर्खेतको कर्णाली, बाँकेको कर्णाली, पोखराको कर्णाली भनिन्छ ।
तेस्रोलिङ्गी माझी मृत फेला
हेटौँडा उपमहानगरपालिका –४ स्थित कमलडाँडामा एक जना तेस्रोलिङ्गी मृत अवस्थामा फेला परेका छन् । हेटौँडा –४ कमलडाँडास्थित उषा लामाको घरमा डेरा गरी बस्ने भगवती भन्ने इन्द्रबहादुर माझी (तेस्रोलिङ्गी) आइतबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बसको ठक्करबाट बालिकाको मृत्यु : स्थानीयद्वारा बसमा आगजनी
सुनसरीको इटहरीमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
सत्यवतीमा ३२ लाख ८१ हजार भेटी सङ्कलन
चिच्याएर वर माग्ने मेला सकिएपछि भेटी गणना सुरु गरिएको छ । पाल्पाको तिनाउ –४, सत्यवतीमा कात्तिक २७ गतेदेखि ३० गतेसम्म लागेको वर माग्ने मेलामा भक्तजनले मन्दिरमा चढाएका भेटी गणना सुरु गरिएको सत्यवती मन्दिर तथा ताल व्यवस्थापन समितिले जनाएको छ ।