• २ फागुन २०८२, शनिबार

गोरखापत्रकर्मी श्रेष्ठलाई मातृशोक

blog

गोरखापत्र संस्थानका कर्मचारी राजेन्द्र श्रेष्ठको ममतामयी आमा मृतक चिजकुमारी श्रेष्ठ ।

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन २ गते । गोरखापत्र संस्थानका कर्मचारी राजेन्द्र श्रेष्ठको ममतामयी आमा चिजकुमारी श्रेष्ठको ८२ वर्षको उमेरमा निधन भएको छ। निमोनियाबाट पीडित उहाँको शुक्रबार निधन भएको हो। 

मुना मासिक पत्रिकाको कम्प्यूटर अपरेटर राजेन्द्र श्रेष्ठका अनुसार लमजुङ स्थायी बासिन्दा मृतक श्रेष्ठको तीन छोरी र एक छोरा हुनुहुन्छ। मृतक श्रेष्ठको शुक्रबार नै अन्तिम संस्कार गरिएको छोरा श्रेष्ठले बताउनुभयो ।