• २ फागुन २०८२, शनिबार

चिया उद्योगलाई आधुनिक र प्रतिस्पर्धी बनाउने चीनको नयाँ रणनीति

blog

बेजिङ, फागुन २ गते । चीनले २०३० सम्म आफ्नो चिया उद्योगलाई कुल १.५ लाख करोड युआनको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ । यसका लागि देशका पाँच सरकारी विभागले नयाँ मार्गनिर्देशन जारी गरेका छन् ।

यस योजना अनुसार चिया उद्योगको गुणस्तर र दक्षता सुधार गरिनेछ र उद्योगलाई आधुनिक, वातावरणमैत्री र अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउने प्रयास गरिने छ । २०२८ सम्म प्रमुख चिया उत्पादन क्षेत्रमा निरन्तर प्रगति र गुणस्तर वृद्धिलाई सुनिश्चित गरिने छ । यस अन्तर्गत उत्पादन शृङ्खलामा आधुनिक प्रविधि प्रयोग, विविध उत्पादन विस्तार र उपभोक्तालाई अझ राम्रो सेवा पुर्याउने योजना बनाइएको छ ।

मार्ग निर्देशनले विज्ञान र प्रविधि नवप्रवर्तनलाई बलियो बनाउन, बजारलाई प्रोत्साहन दिन र विशेष उद्योग क्लस्टरको विकास अघि बढाउन जोड दिएको छ । कच्चा चियालाई घरेलु सामग्री, दैनिक उपभोगका उत्पादन, सौन्दर्य प्रसाधन र स्वास्थ्य क्षेत्रमा प्रयोग बढाउने योजना पनि बनाइएको छ । रासस/सिन्ह्वा