भेरी नदीमा दुई जना बेपत्ता
सुर्खेतमा पिकनिक खान गएका दुई जना भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका –३ का १८ वर्षीय दीपक थापा र १८ वर्षीय चन्द्र बिसी रहनुभएको छ ।
कृषिसँगै विकासका मुद्दा प्राथमिकतामा
सप्तरीबाट चुनावी मैदानमा उत्रिएका प्रायजसो उम्मेद्वारले कृषि क्षेत्रको विकास र अन्य विकासका मुद्दालाई आफ्नो चुनावी एजेण्डामा प्राथमिकतामा राखेका छन् ।
गृहमन्त्रीको निर्देशनपछि कालीकोट विष्फोटका घाइतेको हेलिकोप्टरबाट उद्धार
गृहमन्त्री बालकृष्ण खाणले कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा विष्फोटनमा परी गम्भीर घाइते भएकाको उद्धार तथा उपचारमा कुनै कमी हुन नदिन गृह प्रशासनलाई निर्देशन दिनुभएको छ ।
पोखरेलको संयोजकत्वमा महोत्तरी घटना छानबिन समिति गठन
महोत्तरीको भंगाहा नगरपालिका वडा नं ८ मा कात्तिक १० गते भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा सो दिन छठ पर्वको अवसरमा आयोजित कलश यात्राको सिलसिलामा भएको विवादमा असमान्य स्थिति सिर्जना भइ भएको घटनाको छानबिन समिति गठन भएको जानकारी दिइएको छ ।
ताप्लेजुङ थेचम्बुमा महिला मृत फेला
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका –२ थेचम्बुमा शुक्रबार एक महिला मृत फेला परेकी छन् । प्रहरीका अनुसार थेचम्बु श्यामचौकका राजकुमार माबोकी श्रीमती ४७ वर्षीया निर्मला इजम लिम्बू मृत फेला परेकी हुन् ।
नेपाली भाषा, साहित्यको श्रीवृद्धिमा जोशीको योगदान अमूल्य : प्रधानमन्त्री देउवा
शताब्दी पुरुष सत्यमोहन जोशीले खेलेको सिर्जनात्मक भूमिकाको छुट्टै महत्व
उम्मेदवारको चुनिन पाउने अधिकार सुनिश्चित छ : प्रवक्ता पौडेल
निर्वाचन आयोगले उम्मेदवारहरूको चुनिन पाउने अधिकार नै हनन् हुनेगरी सामाजिक सञ्जालको प्रयोग नगर्न सचेत गराएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले समूह नै बनाएर आगामी प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूको चुनिन पाउने अधिकार हनन् हुनेखालका सामग्रीहरू पोष्ट गरिरहे भन्दै आयोगको यस्तो भनाइ आएको हो ।
सञ्चारकर्मी शाक्यलाई पितृशोक
सञ्चारकर्मी ललेन्द्र शाक्यलाई पितृशोक परेको छ । शाक्यका ७६ वर्षको उमेरका पिता धनज्योति शाक्य केही महिनादेखि मिर्गाैला रोगबाट पीडित हुनुहुन्थ्यो ।
निर्माण व्यावसायमा उदाहरणीय सुमन
भवन निर्माणमा पुरुषकै नेतृत्व प्रायःजसो भेटिन्छ । महिला मजदुर वर्गमै सीमित रहन्छन् । संरचना बनाउने जिम्मेवारी पुरुषले नै लिने गर्छन् । तर सुमन खाम्चा मगर भने पूर्वी पाल्पाकै एक्ली महिला निर्माण व्यावसायी हुनुुहुन्छ । अहिले उहाँलाई यस क्षेत्रमा भवन निर्माणको काममा भ्याइनभ्याई छ ।